यसरी पुरा भएन बुद्धलाई हात्तीले कुल्चाउने देवदत्तको योजना

देबदत्त बुद्धलाई सधैं नै तल देखाउने चेष्टामा लागी रहन्थे । तर उनलाई सधैं निराशा मात्रै हात लाग्थ्यो । एकपटक जब तथागत बुद्ध कपिलवस्तु पुग्नुभयो तब अनेकौं कुलीन शाक्यवंशी राजकुमार वहाँको अनुयायी बने । देवदत्त पनि तिनीहरु मध्येका एक थिए । केही समयपछि देवदत्तले ऋद्धिबल प्राप्त गरे र एकपटक त्यसको प्रदर्शन मगधका भाबी सम्राट अजातशत्रुका समक्ष गरे । त्यहाँ उनी एक शिशुको रूपमा प्रकट भए जसले सर्पको मेखला बाँधेका थिए । त्यो समयबाट अजातशत्रुले उनलाई परम आदरभावले हेर्न थाले । केही दिनपछि देवदत्त मगधबाट फर्किएर संघमा आए तब उनले आफुलाई बुद्धभन्दा…

Read More

सडक विस्तार गर्दा बुद्धपार्कमा रहेका बुद्ध मूर्ति नभत्काइदैनः मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाण्डौ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरुले तपस्या गर्ने भगवान बुद्धको हजार मूर्ति स्तुपा नहटाइने बताएका छन् । मंगलबार स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले सडक विस्तारको क्रममा कम्तिमा पनि स्वयम्भु क्षेत्रमा रहेको भगवान बुद्धको हजार मूर्ति स्तुपा जोगाउनुपर्छ भन्ने बुझाई प्रष्ट भएको बताए । उनले भने, ‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पूरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनुपर्छ भन्ने प्रष्ट भएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू…

Read More

नेपालकै महत्वपुर्ण बौद्ध सम्पदाः हिरण्यवर्ण महाविहार

नेपालका प्राचीन बौद्ध विहारमध्ये हिरण्यवर्ण महाविहार अर्थात् ‘गोल्डेन टेम्पल’ पनि एक महत्वपुर्ण बौद्ध सम्पदा हो । १२ औँ शताव्दिमा यो महाविहार तत्कालिन राजा भाष्करदेव बर्माले निर्माण गर्न लगाएको अभिलेख पाइन्छ । धार्मिक, सांस्कृति तथा ऐतिहासिक महत्व बोकेको यो महाविहार लतिलपुरको प्रमुख पर्यटकीय स्तल पनि हो । यो महाविहार ललितपुरको क्वाबहालमा अवस्थित छ । प्यागोडा शैलीमा निर्मित लोकेश्वर अर्थात् गौतम बुद्धको स्वर्ण जडित महाविहार स्वर्ण जडित भएकै कारण यसको नाम गोल्डेन टेम्पल रहन गएको हो । तिनतल्ले हिरण्यवर्ण महाविहारलाई नेवारीमा क्वाःबहाः भनिन्छ । यस महाबिहारमा भगवान गणेशको बाहन मानिने मुसालाई दिनहुँ…

Read More

कोरोना संक्रमणका कारण बन्द लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागी खुला

कोरोना भाइरसका कारण ८ महिनाभन्दा लामो समयदेखि बन्द रहेको लुम्बिनीस्थित मायादेवी मन्दिर आइतवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । केही दिन अघि लुम्बिनीको परिसरमा सर्वसाधारणका लागि खुला गरिएको थियो । तर आइतवारदेखि भने मायादेवी मन्दिर पनि खुला गरिएको छ । ‘चैत महिनादेखि कोरोना भाइरसका कारणले जनजीवन प्रभावित भएको थियो, धार्मिक र सास्कृतिक केन्द्र पनि बन्द भएको थियो । तर अब भने स्वास्थ्य सुरक्षा पालना गरी खुला गरिएको हो,’ पर्यटनमन्त्री योगेश भट्टराईले भने । मन्दिरमा एकपटकमा ८÷१० जना मात्रै प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ । सरकारले कोरोना भाइरसको महामारी शुरु…

Read More

गौतम बुद्ध र सुदास

गौतम वुद्ध जीवित रहनुहुँदाका समयको कुरा हो । एक पटक तराइको एउटा गाउँमा महात्मा वुद्धको आगमन भएको थियो । त्यसै गाउँको पुछारमा सुदासको एउटा झुप्रो थियो । सुदास एक गरीव चमार थिए । झुप्रोपछाडिको थोरै जमीनमा उनले एउटा पोखरी बनाएका थिए । कमल रोपेका थिए । ससाना माछा पनि पालेका थिए । सुदास प्रत्येक बिहान पोखरीनिर उभिएर भित्र पानीमा खेलिरहेका माछा हेर्थे । एक बिहानको कुरा हो , सुदास सधैं झैं झुप्रापछाडिको पोखरीनिर पुगेकाथिए । पोखरीमा बेमौसममै एउटा कमल फुलिरहेको देखियो । सुदासलाई अचम्म लाग्यो । एक छिन त हेरि…

Read More

धादिङको थेग्पा छेन्पो गुम्बा तथा विहारमा त्रिपिटक पाठ तथा विश्व शान्तिपूजा सुरु

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वार्ड नं ३ धादिङवेसी, सिरानबजारमा रहको थेग्पा छेन्पो गुम्बामा बुद्धवचन (काग्युर) पाठ तथा विश्वशान्ति पूजा सुरु भएको छ । मंसिर २१ गते आइतवारदेखि सुरु भएको पाठमा बुद्धवचन त्रिपिटक १०८ ठेली ग्रन्थ पाठ गरी विश्व शान्ति पूजा भइरहेको छ । त्रिपिटक (काग्युर पाठ) मंसिर २५ गतेसम्म हुन गुम्बाका प्रमुख लामा तेन्जिङ लामाले बताए । कार्यक्रममा त्रिपिटक पाठसँगै होमन जीन्स्रेग यज्ञ, पितृहरुको लागी ङोवा, धर्मचक्र लगायत गरिदैछ । त्यस्तै प्रमुख अतिथि धर्मगुरु खेन्पो पेमा सम्वा लामाबाट २६ गते वाङ अभिषेक प्रदान गरिनेछ । थेग्पा छेन्पो गुम्बा तथा विहार…

Read More

बौद्ध धर्मका पारमिता मार्ग

हिनयानमा अस्टांगिक मार्गलाई उच्च महत्व दिइएको छ, त्यस्तै महायानमा पारमिता मार्गलाई । “पारमिता” शब्द बनिएको छ “परम” बाट, जसको अर्थ हुन्छ सबैभन्दा उच्च अवस्था । पारमिता मुख्य रूपमा छ प्रकारको हुन्छ :- (१) दान – पारमिता :- दोस्रो ब्याक्तीको हितको खातिर आफ्नो स्वत्व छोडनुको नाम हुन्छ, दान । दान – पारमिता तीन कुराले हुन्छ :- (क) जब दानको पात्रको कुनै सिमा रहदैन । प्राणीमात्र दानका पात्र बन्दछ । (ख) जब दिने बस्तुको कुनै सिमा नै रहदैन । मनुष्य आफ्नो सम्पुर्ण कुरा अरुको हितको लागी त्याग्न तयार हुन्छ । (ग) जब…

Read More

रसियामा बौद्ध धर्मको इतिहास

नेपाल, भारत र तिब्बत बाहेक रुसमा पनि प्राचीन समयदेखि नै बौद्ध धर्म पुगिसकेको ऐतिहासिक अभिलेख पाइन्छ । ऐतिहासिककालदेखि नै बौद्ध धर्मको विस्तार भएका कारण रुसमा बौद्ध धर्मलाई प्राचीन धार्मिक संस्कार र ऐतिहासिक सम्पदाको रुपमा लिइन्छ । रुसमा विद्यमान विभिन्न धर्म तथा सम्प्रदायसँगै बौद्ध धर्म पनि रुसभरि नै फैलिएको छ । रुसका धेरै आदिवासी बौद्ध धर्म र संस्कारको पालना गर्छन् । पूर्वी एसियाली देशहरुसँग जोडिएका कारण रुसको साइवेरीयामा सर्वप्रथम बौद्ध धर्मको विस्तार भएको थियो । साइवेरीयामा महायानी बौद्ध मध्ये गेलुक्पा परम्पराको अनुशरण गर्नेको बाहुल्यता बढि छ । यसबाहेक अन्य परम्पराको अनुशरण…

Read More

अफ्रिकनहरुले किन अपनाउन थाले बौद्ध धर्म ?

कैयौं शताब्दी देखि (१९/२०) औं शताब्दीसम्मका केही परिवर्तनमा देखा परेका पश्चिमी धर्म अनुसरण गर्दै आएका अफ्रिकनहरू धार्मिक, राजनीतिक तथा विविध विषयमा विभेदीकरणमा परेका कालाजति अहिलेको समयमा पुर्वीय धर्म अनुसरण गर्नु थालेका छन् । पुर्वीय धर्म भित्रपनि बौद्ध धर्ममा उनीहरुको धेरै अभिरुचि रहेको देखिन्छ । राजनीतिक र धार्मिकरुपमा पनि विभेदमा परेका अफ्रिकीहरू अहिले खोज अध्ययन अनुसन्धान गर्दै सत्यताको पक्षमा र राजनीतिक र धार्मिकरुपमा पनि धेरै अगाडि बढिसकेको देखिन्छ । अफ्रिकान धर्म अनुसन्धानकर्ता जेनिसर जर्क भन्छन् “हामी राजनीतिमा र धर्ममा वर्णको आधारले हेर्ने र रङ्गभेदका आधारमा काला र सेताको जातिमा वर्गीकरण गर्दिने…

Read More

परित्राण पाठ भनेको के हो ? परित्राण पाठ किन गरिन्छ ?

बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठ परित्राण पाठ हो । परित्राण पाठ (सुत्र) बिश्व भरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । यो अभ्यास विशेष गरि पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ । यो पाठ स्वयम् तथागत गौतम बुद्धले विभिन्न समय, विभिन्न अवस्थामा पाठ गर्नु भएको थियो । परित्राण पाठमा गरिने पाठ (सुत्रहरु मध्ये अधिकाश सुत्रहरु बुद्धका आधारभूत उपदेश (शिक्षाहरु) हरुबाट छानी–छानी लिइएको छ । यो परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति…

Read More