शेछेन राब्जाम रिन्पोछे भुटानको ऐतिहासिक १०८ स्तूप प्रतिष्ठा समारोहमा सहभागी हुनुहुने

भुटानको गेलेफु माइन्डफुलनेस सिटीमा आगामी नोभेम्बर १–४ सम्म आयोजना हुने १०८ जाङ्छुब स्तूपको स्थापना तथा प्रतिष्ठा समारोहमा परमपूज्य शेछेन राब्जाम रिन्पोछे सहभागी हुनुहुने भएको छ।

परमपूज्य दिल्गो ख्येन्चे रिन्पोछेका नाति तथा आध्यात्मिक उत्तराधिकारी राब्जाम रिन्पोछे बौद्ध शिक्षा, साधना र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुनुहुन्छ।

उहाँले समारोहमा अन्य बौद्ध गुरुहरूसँगै विश्वशान्ति र सम्पूर्ण प्राणीको कल्याणका लागि प्रार्थना तथा आशीर्वाद प्रदान गर्नुहुनेछ।

Share

Related posts

Leave a Comment