मन्त्रीपरिषद् बैठकको बुधवारको निर्णय अनुसार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा खेन्पो गेशे थुप्तेन जिक्डोल (फूपू छेम्बे शेर्पा) नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले उनलाई पाँच वर्षका लागी अध्यक्षमा नियुक्त गरेको हो । खेन्पो जिक्डोल नेपाल बौद्ध महासंघका पूर्वअध्यक्ष हुन् ।
नेपालभरीको बौद्ध गुम्बाहरु तथा विहारहरुको संरक्षण, सम्वद्र्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्नका लागी नेपाल सरकारले २०३६ सालमा उच्चस्तरीय गुम्बा तथा लामा व्यवस्था समितिको रुपमा स्थापना गरेको थियो । समय परिवर्तनसँगै सापेक्षरुपमा अझ व्यवस्थित र प्रभावकारी ढंगले बौद्ध धर्म र दर्शनको विकासमा सहयोग पुर्याउन यो समिति २०६६ सालमा नयाँ गठन आदेश, २०६६ पारित भई बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा बिकास समितिको रुपमा ससंचालित रहेको छ ।