पञ्चदान
(वज्रयान बौद्ध प्रचलनमा दानपारमिता)
विषय प्रवेश
वज्रयान बौद्ध प्रचलनमा काय, वाक र चित्त शुद्धगर्न महत्वपूर्ण बौद्ध अभ्यास भनेको दशपारमिताको अभ्यासमा अभ्यष्त हुनु हो । जसलाई तथागत चर्या भन्ने गरिन्छ ।
नेपालमण्डलको बौद्ध तथागत चर्यामा, पञ्चदान काय, वाक र चित्तलाई शुद्धगर्ने अभ्यास रहेको छ । तथागत चर्यामा रहेका शाक्य, वज्राचार्यहरुले समेत स्वयम्भू भगवानलाई दीपंकर बुद्धको स्वरुपमा विराजमान गराएर बहाः, बही र स्वयम आफ्नो घरघरमा समेत दानशाला स्थापनागरी दान दिने प्रचलन प्रत्येक युगकोप्रारम्भमा, विविध समयमा हुने गरेको ऐतिहासिक प्रमाण पञ्चदानको समयमा वाचलन गरीने दानगाथाको २७ देखि २९ औं श्लोकमा यसरि उल्लेख गरेका छन् ।
ैकृत श्रावण पूर्वान्हे कृष्णपक्ष त्रयोदशी, माघे पूर्णेपि मध्यान्हे त्रेतानाम युगोदयः ।।२७।। बैशाख शुक्ल सन्ध्यायां द्धापरश्चः तृतियकः ।। कात्र्तिक शुक्ल नवम्वां अद्र्धरात्रो कलियुगः ।।२८।। ऐ ते युगेदय दानं दद्याद्धै द्धिपदीत्तमे ।। सर्वेषां पुण्य संख्यास्ति तेषां संख्या नविद्यते ।।२९।।
अर्थात, प्रत्येक युगको प्रारम्भ हुंदा, पञ्चदान गर्ने प्रचलन चलाएका थिए । यहि पञ्चदानलाई नेपालभाषाको बोलिचालिको भाषामा
पञ्ज्रां भन्ने गरिन्छ ।
दानपारमिता के हो ?
बौद्धधर्ममा दानको अति नै महत्व रहेको छ । अझ भन्ने हो भने वज्रयान बौद्ध प्रचलनमा त झनै महत्व हुने गर्दछ । वज्रयान बौद्धधर्ममा दानलाई सहजता दिनको लागि, दानको समेत विविधीकरण गरेका छन् । यसरी दानलाई विविधीकरण गरे अनुसार,
१) जन्म संस्कारमा दान : जन्म संस्कारमा गरीने दान, जन्म हुंदाको समयमा ग्रहगोचरको आधारमा लेखीएका जातः (चिना)को आधारमा शरीरमा हुन सक्ने ग्रहदोषलाई निवारणको लागि गराईने दान हुने गर्दछ ।
२) मृत्यू संस्कारमा दान : मृत्यू संस्कारमा जीव (ब्यक्ति)को (क) मुत्यु हुंदाको ग्रह नक्षेत्र अनुसारको दान (ख) मृतकको जीवनकालमा ईच्छा गरेका तर जीवनकालमा पूरा गर्न नसकेका र मृत्यु पश्चात गर्ने भनी ईच्छा ब्यक्त गरीएका ब्यक्त ईच्छाका वस्तुहरुको दान (ग) मृतकलाई मनपर्ने र अन्तिम समयमा मृत्यु पूर्व यक्त ईच्छाका वस्तुहरुको दान (घ) संस्कारधर्म अनुसार दानगर्न ब्यवस्था गरिएका दानहरु रहेका छन् ।
३) अभिषेकहरुमा दान : वज्रयान बौद्ध प्रचलनमा प्रदान गरिने तहगत शिक्षा पार गर्न प्रदान गरीने विविध अभिषेकहरु जस्तै (क) ईहिकर्म (ख) बाराह (गुफा) कर्म (ग) प्रब्रज्याभिषेक कर्म (घ) गृहस्थ भिक्षु कर्म (ङ) आचार्याभिषेक कर्म (च) बिबाह कर्म (छ) भिंज्याः जंक्व कर्म आदि रहेको् छन् ।
४) शुभकार्यहरुमा दान : कुनैपनि शुभकार्यहरु सम्पन्न गर्दा स्वेच्छाले गरीने कुनैपनि प्रकारका दानहरु ।
५) ऐच्छीक दानहरु : स्वेच्छाले कुनैपनि समय गरीने दान कार्यहरुका साथै ऐच्छीक सम्यक महादानमा गरीने दान कार्यहरु ।
६) चाडपर्वहरुमा दान : वज्रयान बौद्ध परम्पराका विविध चाडपर्वहरुमा गरीने दान कार्यहरु । जस्तै, ध्यःचाकु सँल्हू (माघे संक्रान्ति)का दिनमा ध्यःचाकु दान, जन्म दिनमा धौबजि दान, यःमरी पुन्हीका दिन यःमरी दान, पञ्चदान आदीमा गरीने अन्नका साथै विविध वस्तुहरुको दान आदि रहेका छन् ।
पर्वदान कति प्रकारका छन् ?
यहाँ पर्वदान भनेर दानपारमितामा आधारित दानहरुलाई मात्र उल्लेख गर्न खोजीएको छ । पर्वदानका बारेमा, कपिशावदान, सर्वानन्द नृप अवदान, अवदान कल्पलताको आधार र दानगाथाको चत्तुर्योगादि पर्वको आधारमा जानकारि प्रस्तुत गरिन्छ ।
(क) कपिशावदानमा उल्लेख भए अनुसारको दान परम्परामा आधारित दान दिने प्रचलन,
ैकृत श्रावण पूर्वान्हे कृष्णपक्ष त्रयोदशी, अर्थात सत्ययुगको प्रारभ्मदेखि प्रचलनमा रहेको दानपरम्परालाई प्रत्येक बर्ष श्रावण कृष्ण द्धादशी अर्थात जुगः चःरेका दिनमा दानशाला स्थापना गरि त्रयोदशीका दिनमा प्रव्रज्याभिषेक प्राप्त शाक्य, वज्राचार्यहरुलाई दान दिने निरन्तरता हालसम्म नि नेपालमण्डलको काठमाण्डौं, ललितपुर (को पुल्चोकदेखि गाबहालसम्म), कीत्र्तिपुर, मध्यपुर, भक्तपुर, बनेपा, धुलिखेल लगाएत उपत्यकाबाट बसाई सरेर पुगेका नेवार वस्तीहरुमा अद्यापि निरन्तर प्रचलनमा रहेका छन् ।
जुगः चःरेका दिनमा, बौद्ध मार्गी जो कोहिले पनि दानशाला स्थापना गरि दिन सक्ने र यसरी प्रदान गरीने दान, प्रव्रजीत शाक्य, वज्राचार्यहरुको जीन संघ र जीन संघका सदस्यहरु शाक्य, वज्राचार्यहरुलाई प्रदान गर्ने गरिन्छ ।
साथैले प्रव्रजीत शाक्य, वज्राचार्यहरुले पनि दानशाला स्थापना गरी दानपारमितामा निरन्तरता दिन दान दिने कार्यमा अभ्यस्त गराएको छ । यसरी प्रदान गरिने दान परम्परालाई पञ्ज्रां (पञ्चदान) भन्ने गरिन्छ । यस पञ्ज्रां (पञ्चदान) यही गुँलागा त्रयोदशी, ने.सं.११३९ (ब्गन। द्दड, द्दण्ज्ञढर२०७६ भाद्र ११) बुधबारका दिन मनाई रहेका छौं ।
(ख) सर्वानन्द नृप अवदानमा आधारित दान परम्परा ललितपुरमा गत गुँलाथ्व अष्टमि (ब्गन। ड, द्दण्ज्ञढर२०७६ श्रावण २३) बिहिबारका दिन सम्पन्न भैसकेको छ । यस दान पम्परालाई यल पञ्चदान भन्ने गरिन्छ । यल पञ्चदान, गुस्तल राज्य (हालको अवस्थामा पाटनको गुईटोल ईलाका)का राजा सर्वानन्दले दीपंकर बुद्ध र उहाँको सर्वसंघलाई दान दिन लागेको, दिपांकर बुद्धले गरीब लक्ष्मी थकूंले आपुले भिक्षाटन गरि ल्याएको वस्तु दिपंकर बुद्धलाई दिएको दानलाई पहिले ग्रहण गरेको र दानको शुद्धताको ज्ञान प्रवाह गरेको बारे शिक्षा प्राप्त हुने गर्दछ ।
दानका प्रकारमा, पञ्चदान के हो ?
माथि उल्लेखीत अवदानहरुका आधारमा,
दान भनेको दशपारमिताको सबैभन्दा पहिले पारमिता नै दानपारमिता हुने गर्दछ । दानपारमितामा आधारित भएर दान दिने क्रममा नै दशपारमिताको दानपारमिता, शीलपारमिता, क्षान्तिपारमिता,वीर्यपारमिता
ध्यानपारमिता, प्रज्ञापारमिता, बलपारमिता, उपायपारमिता, प्रण्धििपारमिता र ज्ञानपारमिताबाट पारंगत हुने अभ्यासहरुमा अभ्यष्ट गराउने प्रकृयागत अभ्यासहरु हुने गर्दछ ।
(क) दानका प्रकारका प्रकारहरुमा,
(१) दान (२) संघदान (३) सज्र्यादान (४) पञ्चदान
(५) नवदान (६) सम्यक महादान (७) ऐच्छिक सम्यक महादान (८) चाडपर्वमा दान (९) जन्म दिनमा दान (१०) संस्कार कार्यमा दान (११) ईच्छादान आदि रहेका छन् ।
(ख) पञ्चदान (पञ्ज्रां) :
ैकृत श्रावण पूर्वान्हे कृष्णपक्ष त्रयोदशी, अर्थात सत्ययुगको प्रारभ्मदेखि प्रचलनमा रहेको प्रत्येक बर्ष श्रावण कृष्ण द्धादशी अर्थात जुगः चःरेका दिनमा दानशाला स्थापना गरि त्रयोदशीका दिनमा प्रव्रज्याभिषेक प्राप्त शाक्य, वज्राचार्यहरुलाई दिने दानलाई पञ्चदान अर्थात पञ्ज्रां भन्ने गरिन्छ ।पञ्चदान अर्थात पञ्ज्रां दान दिंदा, अपनाउनु पर्ने र दिनु पर्ने दानका वस्तुहरु,
१) दानशालाको स्थापना श्रावण कृष्ण द्धादशीका दिन
गर्नुपर्ने ।
२) ैकृत श्रावण पूर्वान्हे कृष्णपक्ष त्रयोदशी, अर्थात सत्ययुग प्रारभ्म भएको दिन जुगः चरेका दिनमा दान दिने ।
३) प्रव्रज्याभिषेक प्राप्त शाक्य, वज्राचार्यहरुलाई दान दिने ।
४) दान दिने वस्तुहरुमा मूलतः धान, गहुं, चामल, नुन र सानो केराउ दिनुपर्ने । समय सापेक्ष र स्थान अनुसार वज्रयान बौद्धधर्म दर्शन अनुसार उपायकौशलता अपनाई प्रतिकको स्वरुपमा दानशालामा स्थापना गरीएको देवता (नयम) र श्रद्धये ज्येष्ठहरुलाई मात्र माथि उल्लेखित वस्तुहरु चढाउने र दान दिएर दान लिन आउने अन्य ब्यक्तिहरुलाई सकेसम्म माथिका वस्तहरु नै दान दिनेतर वस्त वा सामाग्री उपलब्ध हुन नसकेमा अन्य उपयोगी वस्तहरु विशेषत अन्न तथा गेडागुडिका साथै द्रब्य (नगद) दान दिन सकिन्छ ।
५) दान दिने वस्तु शुद्ध कमाईबाट प्राप्त गरी दान दिनु पर्ने ।
६) दान दिने वस्तु आफुले त्यागगर्न सके जति मात्र दान दिनुपर्न ।
७ं) दान दिएपछि घटि वा बढि एिँ भनेर सोच्नु नहुने ।
८) दान दिंदा प्रतियोगीताको भावमा दिन नहुने । अर्थात अरुले भन्दा बढी दिन्छ भनेर दान दिन नहुने । आफ्नै स्वेच्छाले, कसैको बहकाउमा नलागिकन दान दिनु पर्ने । दानका यी नियमहरु सबै दानमा नै लागू हुने गर्दछ ।
(ग) नवदान (नरां) :
सत्ययुग प्रारभ्म भएको जुगः चरे पञ्चदान कै दिन नै स्वयम्भू महाचैत्यको भगवान बुद्धलाई आमन्त्रणगरी थप पाँच सामाग्री सहित दानशाला स्थापनागरि प्रदान गरीने दानलाई नवदान भन्ने गरिन्छ ।
पञ्चदानका सामाग्री धान, चामल, गहुँ, नून र साने केराउ साथमा नवदानमा दान दिने थप सामाग्रीहरुमा गुलःवासः, सियोधागो, कुचो, सख्खरको जूस रहेका छन् ।
(घ) संघदान : प्रव्रजीत हुने आफ्नै महाविहार (बहाः, बही)का प्रव्रज्याभिषेक सम्पन्न जीन संघ सदस्यहरुलाई मात्र प्रदान गरीने दानलाई संघ दान भन्ने गरिन्छ
(ङ) सज्र्यादान : मृतकको नाममा वा जीवित रहंदा स्वयमले जीविको पार्जनलाई आवश्यक सबै वस्तुहरु आफ्ना गुरुवज्राचार्यलाई दिने दान नै सज्र्यादान हो ।
(च) सम्यक महादान र ऐच्छिक सम्यक महादान : प्राचीन गुथिले नियमित माघ १ गतेका दिन प्रदान गरेर आईरहेको सबै आवश्यक वस्तुहरु समेतेर लिन आउने सबै प्रव्रजितहरुलाई प्रदान गरीनेृ उच्चस्तरीए दानलाइलाई सम्यक महादान भनिन्छ भने स्वेच्छाले ब्यक्ति, गुथि वा संस्थाले प्रदान गरीने उच्चस्तरीए माथि कै नियममा रही प्रदान गरीने दानलाई ऐच्छीक सम्यक महादान भनिन्छ ।
सम्यक महादानमा स्वयम्भू भगवानका साथै चार करुणामय, पहिले सम्यक महादान गरेर स्थापना गरीएका दीपंकर बुद्ध, र अन्य बुद्धबोधिसत्वहरु सबैलाई एक बर्ष अगाडी नै ग्वयदाँ चढाएर पूर्व आमन्त्रण गर्नु पर्दछ ।
छ) चाडपर्वमा दान : कुनैपनि चाडपर्वको समयमा खाईने वस्तुहरुलाई नै दिने दान हो ।
ज) जन्म दिन दान : जन्म दिनमा धौबजि दान गरिन्छ । झ) संस्कार कार्यमा दान : दशसंस्कार विधि अनुसार गरीने दान ।
ञ) ईच्छादान : आफ्नो स्वेच्छाले जहिलेपनि, कसैलाई पनि काम लाग्ने वस्तु प्रदान गरेर गरीने दान ।
उपसंहार :
तसर्थ, यसरी माथिका सबै प्रकारका दानहरु गरींदा,
१) आफू स्वयमले दिएको दान दानपारमिताको अभ्यास हो ।
२) नियममा बसेर दिएको दानको समयमा शीलपारमिताको अभ्यास हो ।
३) आफैलाई आवश्यक वस्तु त्याग गरेर दिएको दान क्षान्ति पारमिता हो ।
४) दान दिएको वस्तुले अरुको भलो भएपछि फेरीफेरी दान दिन प्रोत्साहित हुनु वीर्यपारमिता हो ।
५) दान दिएको वस्तुबाट अरुलाई कति फाईदा भयो भनेर सोच्नु ध्यानपारमितामा पर्नु हो ।
६) दान दिएको बारेमा स्वचित्ततामा चिन्तन मनन गर्नु प्रज्ञा पारमिता हो ।
७) बारम्बार दान दिन प्रोत्सासहत हुनु बलपारमिता हो ।
८) विविध उपायहरु अपनाएर दान दिनु उपायपारमितामा पर्नु हो ।
९) यसरी अपनाईएका विविध उपायहरु भनेको आफैले अपनाएका विविध प्रधिधि भएकोले प्रणिधिपारमितामा पर्नु
हो ।
१०) माथिका सबै पारमिताको अवलम्बल गर्दै बोधिज्ञान प्राप्त गर्नु भनेको ज्ञानपारमितामा पर्नु हो ।
यस अर्थमा हामिले जहिले पनि दानगर्दा माथिका सबै ज्ञानहरुलाई चिन्तन मनन गर्दै बुद्ध बोधिसत्वहरुको मार्गमा पर्न र निर्वाण मार्गमा लाग्नको लागि स्वचित्तताका साथ दानपारमितामा अध्यष्ट हुनु पर्दछ ।
भवतु सर्व मंगलम् ।
राजेन्द्रमान वज्राचार्य,
MA, MBA, PG (Buddhism), BL
धर्मगुरु एवं वज्रयान थेरापिष्ट