ललितपुरमा धर्म वांगचुक गुम्बा उद्घाटन

एक सय आठ गुम्बा निर्माणमा जुटेको नेपाल बुद्धिष्ट एसोसियसनले हालै ललितपुरमा अर्को एउटा गुम्बा निर्माण सम्पन्न गरेको छ । ललितपुरको महांकाल गाउँपालिकाको मणिखेलमा रहेको सो धर्म वांगचुक गुम्बा निर्माण कार्य सम्पन्न गरी केही दिन अघि औपचारिक उद्घाटन गरिएको छ ।

मणिखेल गाउँका स्थानीयको अनुरोध अनुसार उक्त गुम्बा निर्माण गरिएको नेपाल बुद्धिष्ट एसोसियसनले जनाएको छ । साढे दुई महिनामा निर्माण सम्पन्न भएको गुम्बाको उद्घाटन छोग्याल रिम्पोछेले गर्नु भएको थियो ।

गुम्बा मणिखेलको मात्रै नभई वरिपरिकै गाउँका लागि धार्मिक केन्द्र बन्ने स्थानीयको भनाई छ ।

Share

Related posts