इजरेलमा बुद्धजयन्ती भव्यरुपमा मनाउने तयारी, सुपरमंक पनि प्रदर्शन गरिने

इजरायलमा रहेका नेपाली समुदायले आउँदै गरेको बुद्धजयन्ती भव्य रुपमा मनाउने तयारी गरिरहेका छन् । २५६३ औँ बुद्धजयन्ती मनाउनका लागि इजरायलको तेल अविभमा सम्पुर्ण तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ ।

बुद्धजयन्तीको अवसरमा पूजापाठ, धर्मदेशना, बुद्ध र बुद्ध धर्मको महत्वका बारेमा छलफल विमर्स गरिने छ । इजरालयस्थित नेपाली राजदुतावासको मूल आयोजनामा त्यहाँ रहेका नेपाली सम्बन्ध विभिन्न संघसंगठनले कार्यक्रम गर्न लागेका हुन् ।

सोही अवसरमा बौद्ध दर्शनमा आधारित रहेर निर्माण गरिएको सर्टफिल्म सुपरमंक पनि प्रदर्शन गरिने भएको छ । भिक्षु सेनांग ग्याम्जो निर्देशित सुपरमंकमा भिक्षुको करुणा र द्वन्दकालिन परिवेशलाई चित्रण गरिएको छ ।

Share

Related posts