अक्षोभ्य बुद्ध : अटल ज्ञान र करुणाका प्रतीक

बौद्ध धर्ममा पञ्चबुद्धमध्ये एक मानिने अक्षोभ्य बुद्धलाई अचल मन, गहिरो ज्ञान र शान्त चेतनाको प्रतीकका रूपमा सम्मान गरिन्छ । संस्कृत शब्द “अक्षोभ्य” को अर्थ “जसलाई विचलित गर्न सकिँदैन” भन्ने हुन्छ । बौद्ध परम्पराअनुसार उहाँले क्रोध, द्वेष र अशान्तिलाई ज्ञान र करुणामा रूपान्तरण गर्ने शक्तिको प्रतिनिधित्व गर्नुहुन्छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार अक्षोभ्य बुद्धलाई पूर्व दिशाका अधिष्ठाता बुद्ध मानिन्छ । उहाँको वर्ण प्रायः नीलो रंगमा चित्रण गरिन्छ । जसले आकाशजस्तै विशालता र निर्मल चेतनालाई जनाउँछ । मूर्ति तथा थाङ्का चित्रहरूमा उहाँलाई भूमिस्पर्श मुद्रा (हातले पृथ्वी छोएको आसन) मा देखाइन्छ । यो…

Read More