वैरोचन बुद्धः ज्ञान र प्रकाशका प्रतीक

वैरोचन बुद्ध (महावैरोचन) महायान तथा वज्रयान बौद्ध परम्पराका अत्यन्त महत्वपूर्ण बुद्ध मानिन्छन् । उहाँलाई पञ्च बुद्धमध्ये केन्द्रमा रहने बुद्धका रूपमा चित्रण गरिन्छ र सम्पूर्ण ज्ञान तथा सत्यको प्रतीक मानिन्छ । संस्कृत शब्द “वैरोचन” को अर्थ “प्रकाश फैलाउने” वा “उज्यालो पार्ने” हुन्छ । बौद्ध दर्शनमा वैरोचन बुद्धलाई ब्रह्माण्डव्यापी ज्ञानको स्रोत तथा धर्मको मूल स्वरूपका रूपमा सम्मान गरिन्छ । नेपाल, चीन, जापान तथा अन्य महायानी देशहरूमा वैरोचन बुद्धको विशेष पूजा गरिन्छ । विशेष गरी वज्रयान परम्परामा उहाँलाई पञ्च ध्यानी बुद्धहरूको केन्द्रबिन्दु मानिन्छ । मण्डलामा वैरोचन बुद्ध मध्यभागमा विराजमान हुन्छन् भने अन्य चार…

Read More