विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले अमेरिकामा १०८ दिन लगाएर ३ हजार ७ सय किलोमिटर पदयात्रा गरेका भियतनामी बौद्ध भिक्षु पन्याकर नेतृत्वको टोली यतिबेला नेपालमा छ । ‘वाक फर पिस’ नाम दिइएको अभियानअन्तर्गत १८ जना भिक्षु तथा उपासक–उपासिकाको टोलीले बुद्ध जन्मस्थल लुम्बिनीदेखि काठमाडौंसम्म विभिन्न बौद्ध सम्पदास्थलको भ्रमण गरिरहेको छ । टोलीले आइतवार लुम्बिनीस्थित अखण्ड शान्ति द्वीपबाट मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गर्दै पूजा–आराधना गरेको थियो । त्यसपछि काठमाडौं आइपुगेको टोलीले सोमबार बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती विहार तथा ऐतिहासिक आनन्दकुटी विहारको अवलोकन गरेको छ । यो टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटवार्ता गरेको छ…
Read MoreDay: June 15, 2026
काठमाडौँ बौद्ध स्तूप परिसरमा एक लाख दीप प्रज्वलन तथा प्रणिधान सम्पन्न
काठमाडौँ । बौद्ध स्तूप परिसरमा हिजो आइतवार साँझ एक भव्य एवं आध्यात्मिक वातावरणबीच १,००,००० (एक लाख) दीप प्रज्वलन धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ । हिमाली बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा “सबै प्राणीहरूको हित, शान्ति र कल्याण” का लागि विशेष प्रार्थना तथा प्रणिधान गरिएको थियो । कार्यक्रम साँझ ५ः०० बजेदेखि ८ः०० बजेसम्म सञ्चालन भएको थियो । सो कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । स्तूप परिसरलाई दीपहरूको उज्यालोले झिलिमिली बनाउँदै सम्पूर्ण वातावरण आध्यात्मिक ऊर्जा र श्रद्धाले भरिएको देखिन्थ्यो । कार्यक्रममा केन्द्रका…
Read More