काग्यु परम्पराः ध्यान र साधनाको मार्गदर्शन गर्दै आएको प्राचीन बौद्ध अभ्यास

काग्यू हिमाली (तिब्बती) बौद्ध धर्मका चार प्रमुख परम्परामध्ये एक महत्वपूर्ण परम्परा हो । जसलाई “मौखिक परम्परा” वा “गुरुदेखि शिष्यसम्म प्रत्यक्ष रूपमा हस्तान्तरण हुने शिक्षा” को परम्परा भनेर चिनिन्छ । यसको इतिहास ११औँ शताब्दीसम्म पुग्छ र यो परम्परा महायोगी नारोपा र तिलोपाबाट शुरु भई तिब्बती अनुवादक मारपा लोचवामार्फत् तिब्बतमा फैलिएको मानिन्छ । काग्यु परम्पराका सबैभन्दा प्रसिद्ध गुरु मिलारेपा मानिन्छन् । कठोर ध्यान साधना, त्याग र आध्यात्मिक उपलब्धिका कारण मिलारेपाको नाम आज पनि बौद्ध जगतमा सम्मानपूर्वक लिइन्छ । उनका शिष्य गम्पोपाले काग्यु शिक्षालाई व्यवस्थित गर्दै विभिन्न शाखाहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए…

Read More