एकदिने समथ र विपश्यना ध्यान सम्पन्न

धर्मगुरु आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा एकदिवसीय समथ तथा विपश्यपना ध्यान सम्पन्न भएको छ । आइतवार काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा भएको ध्यान कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो । ध्यान साधनामा सहभागि धर्मावलम्वीले कार्यक्रम एकदमै उपलव्धिमूलक रहेको बताए । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा वज्रधार लघु प्रार्थना, परिणाम्न प्रणिधान, बुद्धका १२ चरित्र स्तुति, सर्वज्ञ पाँचौ श्यामरपाद्वारा रचित सुदूर गुरु अध्येषणा लगायत पाठ गरिएको थियो । धर्मगुरु आचार्य कर्मा साङ्बोले प्रत्येक महिनाको पूर्णिमा दिन ध्यान कार्यक्रम गर्ने गरी गत महिनादेखि समथ तथा विपश्यपना ध्यान सुरु…

Read More

स्वयम्भू महाचैत्य जीर्णोद्धारको सय वर्ष

हिमेश | नेपाल संवत् ११४२ सुरु भएसँगै काठमाडौंसँग जोडिएको एउटा महत्त्वपूर्ण घटनाले सय वर्ष पूरा गरेको छ । आजभन्दा सय वर्ष अगाडि एउटा यस्तो काम सुरु भएको थियो, जसले तत्कालीन सर्वसाधारणदेखि शासक अनि विदेशी धेरैको ध्यान खिचेको थियो । र, यो थियो– स्वयम्भू महाचैत्यको आधिकारिक जीर्णोद्धार । काठमाडौं उपत्यकाको बौद्ध धार्मिक इतिहासको परम्पराअनुसार स्वयम्भू महाचैत्यको यो १४ औं जीर्णोद्धार थियो । चौथो शताब्दीमा निर्माण भएको विश्वास गरिएको स्वयम्भू महाचैत्यको यो नै अन्तिम जीर्णोद्धार हो । पछिल्लो भूकम्पपछि भने स्वयम्भू महाचैत्यमा मर्मतको काम मात्र भएको थियो । नेपाल संवत् १०३८ बाट सुरु भएको त्यो जीर्णोद्धार तीन वर्षपछि…

Read More

लुम्बिनीमा बज्रयान विहारको उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्- बुद्धदर्शन विश्वमा छरिएको छ

लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गरेकी छन् । विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन् । ‘म एउटै कुरा भन्छु, गौतम बुद्दको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ । त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’ उनले विश्वमा कुनै पनि देशले…

Read More

बौद्ध स्थल रहेका ४ नगरपालिका र स्पेनको काथेरेस नगरबीच भगिनी सम्बन्ध

स्पेनको काथेरेस नगरसहित रुपन्देही र कपिलवस्तु र नवलपरासीका गरी विभिन्न ४ नगरबीच भगिनी सम्बन्ध कायम भएको छ । स्पेन सरकारको काथेरेस नगरपालिका, काथेरेस प्रादेशिक सरकार संस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय र कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकाबीच आज कपिलवस्तुको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनको काथेरेस प्रादेशिक सरकारका प्रतिनिधीहरुको रोहवरमा दुवै देशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुबीच सहमति पत्रमा हस्ताक्षर भएको हो…

Read More

विमानस्थलमा राख्न बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्ध मूर्ति ल्याइयो

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नका लागि बहुमूल्य धातु‘ ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति ल्याइएको छ । स्पेनबाट म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार हुँदै बुद्ध मूर्ति नेपाल ल्याइएको हो । मूर्तिको भन्सार महशुल १ लाख ५७ हजार ५ सय ८३ रुपैयाँ लागेको छ । बुद्धमूर्ति म्यान्मारको खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको थियो भने फाउण्डेसनले नेपाल सरकारलाई दिएको हो । करिब २ अर्ब ५० करोड लागतमा ६ महिना लगाएर भिक्षुहरुले यस मुर्तिलाई कुदेका थिए । मूर्ति शनिबार भन्सार परिसरबाट निकालेर भैरहवा बजार परिक्रमा गराएर लुम्बिनी परिपथ…

Read More

बौद्ध सम्पदा ध्वस्त पारे पाकिस्तानसँगको सम्बन्ध बिग्रन्छः श्रीलंका

श्रीलंकाले पाकिस्तानको बौद्ध सम्पदा विनाश गर्ने अभियानले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएको छ। पाकिस्तानका ऐतिहासिक कालदेखिका बौद्ध स्थलहरु गुम्बा, स्तूप, बुद्धका मूर्ति, विशेष गरी स्वात उपत्यकामा रहेका संरचनाहरु भत्काइको खबर सार्वजनिक भएपछि श्रीलंका आक्रोशित बनेको हो। चिनियाँ अनुदानमा बन्‍न लागेको दीमेर-भासा बाँध परियोजनाको जलविद्युत संयन्त्र निर्माण गर्नुपर्ने भन्दै उक्त क्षेत्रका संरचनाहरु भत्काउन लागिएको र पाकिस्तान प्रशासित काश्मीर (पीओके) को गिलगट-बाल्टिस्तान क्षेत्रमा रहेका ३० हजार बौद्ध मूलका शिलालेख र हस्तकलाहरु पनि विनाश गरिएको समाचारमा जनाइएको छ। २०२० मा, पाकिस्तानको उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा केही पाकिस्तानी जनताले १७ सय…

Read More

बंगलादेशले लुम्बिनीमा बौद्ध बिहार बनाउने, तीन वर्षमा बनिसक्ने

९२ प्रतिशत मुस्लिम धर्मालम्बी भएको बंगलादेशले नेपालसँगको सम्बन्ध बलियो बनाउन लुम्बिनीमा बौद्ध बिहार बनाउने भएको छ । सांस्कृतिक पर्यटनको प्रवर्द्धन र नेपालसंगको सम्बन्ध बलियो बनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध बिहार बनाउनेगरी लुम्बिनी बिकास कोषसंग सम्झौता गरेको बंगालादेशका अधिकारीले जनाएका छन् । बंगलादेश सरकारले लुम्बिनीमा बौद्ध बिहार बनाउने भएसंगै लुम्बिनीमा विहार निर्माण गर्ने देशहरुको संख्या १८ पुगेको छ । शनिबारको सम्झौताअनुसार लुम्बिनीको पश्चिमी क्षेत्रमा रहेको ८०–८० मिटर क्षेत्रफलको जग्गामा बौद्ध बिहार बनाउने गरी नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको…

Read More

७० वर्षको उमेरमा जटिल भन्तेको निधन

अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय विहारका सस्थापक भन्ते जटिल बुधवार निधन भएको छ । म्यानमारको मचिनामा जटिलाराम विहारमा श्रद्देय जटिल महास्थविर बेलुका ७ः१५ बजे निधन भएको हो । जटिल भन्तेको बि.स. २००८ साल चैत २ गते म्यानमारको मोगोगमा जन्म भएको थियो । बि.स.२०५१÷१२÷२७ गते सोमबार बौद्ध धर्मको प्रबज्जा तथा उपसम्पदा दीक्षा ग्रहण गर्नुभएका भन्तेले म्यानमार र नेपालमा बौद्ध धर्मको शिक्षामा विशेष योगदान पुर्याउनु भएको छ । जटिल भन्तेले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिको वडा नंबर ४ स्थित डिंगरनगरमा रहेको अन्तराष्ट्रिय उदय परियत्ती विहारको स्थापना वि.सं. २०५८ सालमा गर्नु भएको हो । जटिल…

Read More

लोप हुने खतरामा बुद्धभूमि लुम्बिनीका सम्पदा

रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिका–१२, निपनिया–बन्जरैयामा रहेका पुरातात्विक सम्पदा नदीमा बिलय हुँदै गएका छन् । सिद्धार्थ गौतम बुद्ध जन्मनुभन्दा करिब ७ सय वर्ष पहिलाको मानव बस्ती भएको अनुमान गरिएको पुरातात्विक क्षेत्रका सम्पदाहरु संरक्षण अभावमा नदीमा बग्दै गएका हुन् । बर्सेनि बर्खे भेलमा ऐतिहासिक र बुद्ध जीवनीमा मेल खाने सम्पदा बगिरहँदासमेत यसको संरक्षणमा भने कसैको चासो गएको छैन । सन् १९६४ मा भारतका विश्वविख्यात पुरातत्वशास्त्री एसपी देवले यस क्षेत्रको अध्ययन गरेका थिए । त्यतीबेला सिद्धार्थ गौतम बुद्ध जन्मुनभन्दा ६–७ सय वर्ष पहिलाको मानवबस्ती भएको अनुमान गरिएको थियो । त्यसयता पुरातत्व विभागले र…

Read More

गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलाकता आइपुग्यो

File Photo

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो। ‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो। फाउन्डेसनलाई नेपाल सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने हाम्रो योजना हो,’ फाउन्डेसनका महासचिव गिरीले अनलाइनखबरलाई भने । गिरिका अनुसार १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।’ बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको हो,’ उनले भने। कागाजी प्रक्रिया मिलाएर दुई…

Read More