काग्यु परम्पराः ध्यान र साधनाको मार्गदर्शन गर्दै आएको प्राचीन बौद्ध अभ्यास

काग्यू हिमाली (तिब्बती) बौद्ध धर्मका चार प्रमुख परम्परामध्ये एक महत्वपूर्ण परम्परा हो । जसलाई “मौखिक परम्परा” वा “गुरुदेखि शिष्यसम्म प्रत्यक्ष रूपमा हस्तान्तरण हुने शिक्षा” को परम्परा भनेर चिनिन्छ । यसको इतिहास ११औँ शताब्दीसम्म पुग्छ र यो परम्परा महायोगी नारोपा र तिलोपाबाट शुरु भई तिब्बती अनुवादक मारपा लोचवामार्फत् तिब्बतमा फैलिएको मानिन्छ । काग्यु परम्पराका सबैभन्दा प्रसिद्ध गुरु मिलारेपा मानिन्छन् । कठोर ध्यान साधना, त्याग र आध्यात्मिक उपलब्धिका कारण मिलारेपाको नाम आज पनि बौद्ध जगतमा सम्मानपूर्वक लिइन्छ । उनका शिष्य गम्पोपाले काग्यु शिक्षालाई व्यवस्थित गर्दै विभिन्न शाखाहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए…

Read More

न्यिङ्मा परम्पराः हिमाली बौद्ध धर्मको प्राचीन आध्यात्मिक विरासत

न्यिङ्मा हिमाली (तिब्बती) बौद्ध धर्मको सबैभन्दा पुरानो परम्परा मानिन्छ । यसको स्थापना ८औँ शताब्दीमा पद्मसम्भव र शान्तरक्षित लगायतका महान आचार्यहरूको योगदानबाट भएको हो । न्यिङ्मा शब्दको अर्थ “पुरानो” हो । यसले यो परम्पराको ऐतिहासिक र आध्यात्मिक गहिराइलाई प्रतिबिम्बित गर्दछ । न्यिङ्मा परम्पराले बुद्धका शिक्षालाई ध्यान, करुणा र प्रज्ञामार्फत जीवनमा उतार्ने कुरामा विशेष जोड दिन्छ । यस परम्पराको प्रमुख विशेषता “जोगचेन” (महासम्पूर्णता) साधना हो । यसले मानिसको मूल चेतना स्वभावतः शुद्ध र जागृत रहेको शिक्षा दिन्छ । अनुयायीहरूका अनुसार जोगचेन अभ्यासले आत्मज्ञान र मुक्ति प्राप्त गर्न मार्गदर्शन प्रदान गर्दछ । नेपालका…

Read More

बौद्ध रेपा कलेजको स्नातकोत्तर पाठ्यक्रम विकासबारे महत्वपूर्ण छलफल

काठमाडौं । श्रद्धेय गुरु छोग्याल रिन्पोछे ज्यूको अगुवाइमा बौद्ध रेपा कलेजको स्नातकोत्तर तहको पाठ्यक्रम (Curriculum) विकाससम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ । छलफलमा खेन्पो, लोपेन तथा कलेजका प्राध्यापकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बौद्ध शिक्षालाई आधुनिक शैक्षिक मापदण्डअनुसार एकेडेमिक स्वरूप प्रदान गर्दै यसको मौलिक गुम्बा परम्परा र आध्यात्मिक सारलाई संरक्षण गर्ने विषयमा व्यापक विचार–विमर्श गरिएको थियो । सहभागीहरूले बौद्ध दर्शन, इतिहास, तर्कशास्त्र, मनोविज्ञान तथा समकालीन अनुसन्धानलाई समेटेर उच्चस्तरीय शैक्षिक पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । छलफलका क्रममा विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी ध्यान, मनन, साधना तथा नैतिक जीवनशैलीसँग…

Read More

श्याल्पा तेन्जिन रिन्पोछे द्वारा धर्मदेशना (प्रवचन) कार्यक्रम २०८३ भव्य रूपमा उद्घाटन

थेगसुम छोयफेलिङ गुम्बा, स्वयम्भू, काठमाडौंनेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति द्वारा आयोजित धर्मदेशना (प्रवचन) कार्यक्रम २०८३ भव्य रूपमा सञ्चालन भइरहेको छ। यो कार्यक्रम दुई दिनका लागि आयोजना गरिएको हो। कार्यक्रमको पहिलो दिन मिति २०८३/०२/०१ मा सफलतापूर्वक सम्पन्न भएको छ। बिहान ८:०० बजे सुरु भएको उक्त कार्यक्रममा समितिका अध्यक्ष खेन्पो मुरी निग्मा कुन्क्याप रोकायाज्यू को सभाध्यक्षतामा विविध विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा परम पूज्यनीय श्याल्पा तेन्जिन रिन्पोछे, कार्यकारी निर्देशक सुरज घिमिरे, समितिका सदस्य नीर बहादुर घलान (आचार्य छेवाङ्ग रिग्जीन)ज्यू,…

Read More

Dilgo Khyentse Yangsi Rinpoche’s First Film | करुणा मायाको प्रिमियर सम्पन्न

Dilgo Khyentse Yangsi Rinpoche ले निर्माण गर्नु भएको पहिलो चलचित्रको विशेष प्रदर्शन २०२६ मे ५ गते साँझ ५ बजे चाबहिलस्थित एफक्यूब सिनेमाज्मा सम्पन्न भएको छ। नेवारी र तिब्बती समुदायको सांस्कृतिक परिवेशमा आधारित उक्त चलचित्रले परिवारभित्रको प्रेम, करुणा, आपसी समझदारी तथा देशप्रेमको सन्देश दिएको छ । चलचित्रमा समाजमा मानवीय सम्बन्धको महत्वलाई संवेदनशील ढंगले चित्रण गरिएको दर्शकहरू बताउँछन् । चलचित्र प्रदर्शनपछि रिन्पोछेले यो आफ्नो पहिलो चलचित्र भएकाले आफूले सक्दो मेहनत गरेको बताउनुभयो । उहाँले आगामी दिनमा अझ बढी समय, ऊर्जा र अनुभव लगानी गर्दै अझ उत्कृष्ट चलचित्र निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त…

Read More

बुद्धत्वको यात्रा: बोधिसत्त्वका १० भूमि र पारमिताहरूको रहस्य

बुद्धत्वको यात्रा: बोधिसत्त्वका १० भूमिहरूको रहस्य के तपाईँले कहिल्यै सोच्नुभएको छ, एक सामान्य मानिस कसरी ‘बुद्ध’ बन्छ? बौद्ध दर्शनमा यो कुनै चमत्कार होइन, बरु एक व्यवस्थित र चरणबद्ध आध्यात्मिक विकासक्रम हो। आउनुहोस्, महायान बौद्ध धर्मको सबैभन्दा महत्त्वपूर्ण नक्सा ‘दश बोधिसत्त्व भूमि’ को यात्रामा निस्कौँ। महायान बौद्ध परम्परामा ‘दशभूमिक सूत्र’ को स्थान अत्यन्त उच्च छ। आचार्य असंग र धर्मरक्ष जस्ता विद्वानहरूले हजारौँ वर्ष पहिले व्याख्या गरेको यो मार्ग, आज पनि उत्तिकै प्रासंगिक छ। यो केवल सिद्धान्त होइन, यो मनलाई रूपान्तरण गर्ने वैज्ञानिक विधि हो। साधारण मानिस देखि ‘आर्य’ सम्मको फड्को बुद्धत्वको…

Read More

बौद्ध मार्गमा ‘यान’ र यसका विविध शाखाहरू

बौद्ध मार्गमा ‘यान’ र यसका विविध शाखाहरू बौद्ध धर्म र दर्शनको गहिरो अध्ययन गर्दा हामीले बारम्बार सुन्ने एउटा महत्त्वपूर्ण शब्द हो– ‘यान’। सामान्य अर्थमा यान भन्नाले एउटा वाहन वा सवारी साधनलाई बुझिन्छ। जसरी एउटा डुङ्गाले मानिसलाई नदीको एक किनारबाट अर्को किनारसम्म पुर्‍याउँछ, त्यसरी नै बौद्ध धर्ममा ‘यान’ ले मानिसलाई संसार रूपी दुःख र अज्ञानताको सागरबाट तारेर निर्वाणको सुरक्षित किनारसम्म पुर्‍याउने काम गर्छ। भगवान बुद्धले मानिसहरूको मानसिक क्षमता, बुझ्ने शक्ति र उनीहरूको रुचि अनुसार फरक–फरक उपदेश दिनुभएको थियो। बुद्धको यही ‘उपाय-कौशल’ (सिपालु विधि) लाई नै विभिन्न यानका रूपमा वर्गीकरण गरिएको हो।…

Read More

मनको यात्रा: शमथ ध्यानका ९ चरण र प्राचीन रहस्य

मनको यात्रा: शमथ ध्यानका ९ चरण र प्राचीन थाङ्काको पूर्ण व्याख्या मनको यात्रा: शमथ ध्यानका ९ चरण र प्राचीन रहस्य अशान्त मनबाट पूर्ण समाधिसम्मको यात्रा देखाउने बौद्ध ‘शमथ’ मार्गचित्रको विस्तृत व्याख्या हाम्रो मन आकाशजस्तै विशाल छ, तर बादलजस्तै विचारहरूले यसलाई सधैं ढाकिरहेको हुन्छ। के तपाईंले कहिल्यै महसुस गर्नुभएको छ—ध्यान गर्न बस्दा मन झन् धेरै भागदौड गर्छ? यो केवल तपाईंको समस्या होइन। यो मानव मनको स्वभाव हो। शताब्दीयौं अघि, बौद्ध विद्वानहरूले मनको यो अस्थिरतालाई बुझेर त्यसलाई वशमा ल्याउने वैज्ञानिक विधि विकास गरे, जसलाई ‘शमथ’ (शान्त वा स्थिर हुनु) भनिन्छ। माथि देखाइएको…

Read More

गुम्बाविरुद्ध जथाभावी अभिव्यक्ति दिनेहरुलाई कारबाही गर्न नेपाल बौद्ध महासंघको माग, गृहमन्त्रीलाई ज्ञापनपत्र

नेपाल बौद्ध महासंघले शुक्रवार गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष ध्यानार्षणसहित ज्ञापनपत्र बुझाउँदै गुम्बा तथा विहारहरुमाथि हाल फैलाइएका अधारहिन आरोपहरुको सत्यता पुष्टि गर्न गृहमन्त्रालयलाई चुनौति दिएको छ । महासंघका अध्यक्ष नुर्बु थुन्डुप शेर्पा (गेसे थुप्तेन जिन्पा), निवर्तमान अध्यक्ष आचार्य नुर्बु शेर्पा लगायतको टोलीले धार्मिक सद्भाव बिथोल्ने किशिमका दुष्प्रचार रोक्न र यस्ता गतिविधिहरुमा संलग्नप्रति कानूनी कारबाही गर्न समेत गृहमन्त्री अर्याललाई ध्यानाकर्षण गराएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बौद्ध समुदायप्रति लक्षित गर्दैै केही व्यक्तिहरुले अभिव्यक्ति दिइरहेका छन् । गुम्बाभित्र हातहतियार लगायत राखिने गरेको राप्रपा नेता ज्ञानेन्द्र शाही, युवराज संग्रौला, भरत दाहाल…

Read More

ल्हाबब् दुईछेन: बुद्धको पुनरागमन र १० करोड गुणा पुण्य कमाउने दिन

ल्हाबब् दुईछेन: तुषित लोकबाट बुद्धको पुनरागमन र करोडौं गुणा पुण्यको रहस्य ल्हाबब् दुईछेन: तुषित देवलोकबाट बुद्धको पुनरागमन र करोडौं गुणा पुण्यको रहस्य के तपाईंलाई थाहा छ, बौद्ध धर्ममा यस्ता केही विशेष दिनहरू छन् जसमा गरिएको सानोभन्दा सानो पुण्य कर्मको फल पनि करोडौं गुणा बढेर आउँछ? यस्तै एक महान र पवित्र दिन हो ल्हाबाद दुछेन (ལྷ་བབས་དུས་ཆེན་)। यो दिन बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्वपूर्ण छ, किनकि यही दिन भगवान् बुद्ध देवताहरूको लोकबाट पृथ्वीमा धर्मको प्रकाश छर्न फिर्ता आउनुभएको थियो। ल्हाबाद दुछेन तिब्बती भाषाको शब्द हो, जसको अर्थ हुन्छ, “देवलोकबाट अवतरण भएको महान्…

Read More