२५६३ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो

२५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम मनाइएको छ । बुद्ध जयन्ती मनाउने क्रममा काठमाडौँको बौद्धमा पनि विभिन्न कार्यक्रमको गरिएको छ । बौद्ध धर्मावलम्वीले विशेष पूजापाठ, सांस्कृतिक झाँकी तथा र्याली गरेर बुद्ध जयन्ती मनाएका छन् । बौद्धमार्गी शेर्पा, तामाङ, गुरुङ तथा ह्योल्मो लगायतका समुदायका धर्मावलम्बी विहानैदेखि बौद्ध, चावहिल लगायतका स्थानमा रहेका स्तुपमा र्याली सहित पुगेका थिए । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए ।…

Read More

यसरी मनाए सिन्धुपाल्चोकका शेर्पाले बुद्ध जयन्ती

२५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम मनाइएको छ । यसैक्रममा सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौँमा स्थायी तथा अस्थायी रुपमा बसिरहेका शेर्पा समुदायले पनि विशेष कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाएका छन् । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको संयोजनमा आयोजना भएको बुद्ध जयन्ती कार्यक्रममा करिब २ सयको संख्यामा शेर्पा समुदायका उपस्थित भएका थिए । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको बौद्धस्थित कार्यालयमा विशेष पूजापाठ तथा विश्व शान्तिको कामना गरिएको थियो । पूजापाठ सम्पन्न गरे पछि झाँकीसहित र्याली आयोजना गरिएको थियो । बौद्धबाट सुरु भएको र्याली चावहिलस्थित चारुमती बौद्ध विहार र कुटुबहालस्थित प्राचीन बुद्ध मुर्तिको दर्शन…

Read More

लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरै, अझै बनेन पर्यटक अड्याउने रणनीति

जापानी नागरिक प्रा.केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए । मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यतिबेलै आत्मसात् गर्दै आफ्नो घरबास दिएका थिए । स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक (अस्पताल) निर्माण गर्ने योजना गुरुयोजनामा समावेश गरियो । तर चार दशक बित्दा पनि ती संरचना बनेको छैन । लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन् । योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला…

Read More

बुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै उहाँले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको उल्लेख गर्नुभएको छ । राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “यस महत्वपूर्ण अवसरमा समृद्ध नेपाल…

Read More

२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै

२५६३ औँ बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् । इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार त्यागेर दरबारबाट ज्ञानको खोजीमा निस्किएका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इशापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन…

Read More

गौतम बुद्ध विश्व सामु गौरवको सत्पात्र : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध विश्व सामु गौरवका सत्पात्र भएको बताएका छन् । २५ सय ६३औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सन्देशमा प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरे । ‘संसारमा दुःख छ र दुःख हटाउने सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए,‘ प्रधानमन्त्री ओलीले भने, ‘जातीय भेदभाव र छुवाछुत प्रथाको विरोध गरे, समानताको सिद्धान्तको प्रतिपादन…

Read More

गौतम बुद्धको क्रिडास्थल तथा सुद्धोधनको प्राचीन दरबारमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गरेका छन् । उनले अवलोकनका क्रममा तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताए । प्रधानमन्त्री ओलीले तिलौराकोटको अवलोकन पश्चात् पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्राथमिकता दिने उल्लेख गरे । ओलीले तिलौराकोट क्षेत्रको अवलोकनका अवसरमा तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासको ढोका खुलेको समेत बताए । प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम र २५६३औँ बुद्धजन्ती कार्यत्रममा लुम्बिनी आएका प्रधानमन्त्री ओलीले भ्रमणकै क्रममा तिलौराकोटको पनि अवलोकन…

Read More

बुद्ध जयन्तीको महत्व के छ ?

चार असङ्ख्य एक लाख कल्प वेसाखमास (बैशाख महिना) पूर्णिमा को दिन आरम्भ बोधिसत्व सिद्धार्थ कुमारको जन्म भएको पावन दिवस हो। त्यसै दिनलाई आधार लिएर सम्पूर्ण बौद्धमार्गीहरु ले बुद्ध जयन्ती भनेर पनि यस पावन दिनमा उपोसथ (उपवास-व्रत) धारण गर्दै साधारण कल्याण जन उपासक उपासिका (मानिष) हरु ले पनि सक्दो मुताबिक उत्तम पञ्चशील, अष्टसील धारण गरेर दान, सील, भावना प्रति को तपस्या अभ्यास आचारण गर्ने गर्दछन्। नेपाली : “बुद्ध पुर्णिमा” Buddha Purnima, बुद्ध जयन्ति Buddha Jayanti, अथवा “वैशाख पूर्णिमा” Vaisākh Pūrṇimā म्यानमार : ကဆုန္လျပည့္ ဗုဒၶေန႔ “Full Moon Day of Kason Month, Buddha…

Read More

लुम्बिनी भ्रमण वर्षको उत्कर्ष

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाउने निधो गरेपछि त्यसैका लागि दरिलो आधार तयार पार्न लुम्बिनी भ्रमण वर्षको तयारीमा लाग्यो ५ नम्बर प्रदेशको सरकार पनि । २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेर । ०७६ सालको बुद्धपूर्णिमा आँगनमै आइसक्यो । भ्रमण वर्षको आकर्षणको उत्कर्ष हो यो । आँगनमा आएको बुद्धपूर्णिमालाई सहर्ष स्वागत एवं सत्कार गर्न, उल्लासपूर्वक मनाउन र सहभागिता जनाउन ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भनिएको छ । प्रचार प्रसार पनि खुब गरिएको छ । राम्रो काम हो यो । तर …, राम्रो काम गर्दा समय…

Read More

इजरेलमा बुद्धजयन्ती भव्यरुपमा मनाउने तयारी, सुपरमंक पनि प्रदर्शन गरिने

इजरायलमा रहेका नेपाली समुदायले आउँदै गरेको बुद्धजयन्ती भव्य रुपमा मनाउने तयारी गरिरहेका छन् । २५६३ औँ बुद्धजयन्ती मनाउनका लागि इजरायलको तेल अविभमा सम्पुर्ण तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ । बुद्धजयन्तीको अवसरमा पूजापाठ, धर्मदेशना, बुद्ध र बुद्ध धर्मको महत्वका बारेमा छलफल विमर्स गरिने छ । इजरालयस्थित नेपाली राजदुतावासको मूल आयोजनामा त्यहाँ रहेका नेपाली सम्बन्ध विभिन्न संघसंगठनले कार्यक्रम गर्न लागेका हुन् । सोही अवसरमा बौद्ध दर्शनमा आधारित रहेर निर्माण गरिएको सर्टफिल्म सुपरमंक पनि प्रदर्शन गरिने भएको छ । भिक्षु सेनांग ग्याम्जो निर्देशित सुपरमंकमा भिक्षुको करुणा र द्वन्दकालिन परिवेशलाई चित्रण गरिएको…

Read More