ललितपुरमा धर्म वांगचुक गुम्बा उद्घाटन

एक सय आठ गुम्बा निर्माणमा जुटेको नेपाल बुद्धिष्ट एसोसियसनले हालै ललितपुरमा अर्को एउटा गुम्बा निर्माण सम्पन्न गरेको छ । ललितपुरको महांकाल गाउँपालिकाको मणिखेलमा रहेको सो धर्म वांगचुक गुम्बा निर्माण कार्य सम्पन्न गरी केही दिन अघि औपचारिक उद्घाटन गरिएको छ । मणिखेल गाउँका स्थानीयको अनुरोध अनुसार उक्त गुम्बा निर्माण गरिएको नेपाल बुद्धिष्ट एसोसियसनले जनाएको छ । साढे दुई महिनामा निर्माण सम्पन्न भएको गुम्बाको उद्घाटन छोग्याल रिम्पोछेले गर्नु भएको थियो । गुम्बा मणिखेलको मात्रै नभई वरिपरिकै गाउँका लागि धार्मिक केन्द्र बन्ने स्थानीयको भनाई छ ।

Read More

पूर्वमन्त्री दहित बने भिक्षु

अन्य दिनभन्दा फरक थिए । कपाल काटे । दारी खौरिए । थाई भिक्षुबाट चिवर (पहेंलो कपडा) र भिक्षा पात्र ग्रहण गरे । कोठामा गएर बाहिर निस्किँदा उनी पहेंलो वस्त्रमा थिए । गृहस्थ जीवन त्यागेर भिक्षु बने । उनी थिए– पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित । उनीजस्तै ६० थारू समुदायका व्यक्ति सामूहिक रूपमा प्रवज्या लिएर भिक्षु बनेका छन् । प्रवज्या भनेको भिक्षु जीवनमा प्रवेश गर्नु हो । उनीहरू शनिबारबाट प्रवज्या लिइरहेका छन् । थारू बौद्ध समाजद्वारा लुम्बिनीस्थित महाबोधि सोसाइटी अफ इन्डियाको सभाहलमा तीनदिने कार्यक्रम आयोजना गरिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको अनुयायी बन्न कठिन परिश्रम र संघर्षबाट मात्र हुन सकिन्छ ।…

Read More

वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने

कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न चरणमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको छ । वृक्षारोपणको शुभारम्भ कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट वुद्ध जयन्तीकै दिन ४ जेठबाट गर्ने निर्णय गरिएको छ । उक्त दिन एउटा सडकको दुबैतर्फ धुपी वृक्षारोपण गरी सो सडकलाई धुपी नामाकरण गरिनेछ भने अर्को सडकको दुबैतर्फ अशोक वृक्षारोपण गरी सो सडकलाई अशोक मार्ग नामाकरण गरिनेछ । वृक्षारोपणको अत्यन्तै आकर्षक र धार्मिक एबं सांस्कृतिक महत्वको पाटो कुश्मा नगरपालिकाको वडा नम्बर ७ को खरेहामा तयार गरिने “ॐ पार्क“…

Read More

१० वर्षीय अवतारी लामालाई नजिकबाट चिन्नुस्

तेन्जिन शेर्पाको ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका २ रगनीमा २०६५ साल असोज १३ गते जन्म भएको हो । उनका बुबा आङनिमा शेर्पा र आमा दाटी शेर्पा हुन् । उनि ५ वर्ष देखि दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बामा अध्ययन गरिरहेका छन् । आफन्तका अनुसार बाल्यकालमै उनले आफु नोर्बु लामाको पुुनर्जन्म पाएको बताएका थिए । पछि लामा पढ्न थालेका उनले बौद्धिक मान्यता अनुसार पुुनर्जन्म पाएको पुष्टि गरेका छन् । अघिल्लो जन्ममा भए गरेका सबै काम र योजनाबारे बताएपछि उनलाई अवतारी भएको औपचारिक मान्यता दिदै बुधबार गद्दी आरोहण गराईएको छ । अन्य समुदाय र…

Read More

१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण

दश वर्षीय अवतारी लामालाई गद्दी आरोहण गराइएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछेलाई बुधबार काठमाडौँको बौद्धस्थित शेर्पा गुम्बामा विधिपूर्वक गद्दी आरोहण गराइएको हो ।   अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछे ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका २ मा रहेको ङोडुब क्षोलिङ गोन्पाको परम गुरु नोर्बु लामा शेर्पा अवतार हुन् । उनलाई दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बाका प्रमुख खेनटुल ग्याङखाङ रिन्पोछेले गद्दी आरोहण गराएका हुन् । गद्दी आरोहण (ठिदेन) का लागि भारतबाट अवतारी सहितका विशिष्ठ व्यक्तिहरु नेपाल आएका थिए । गद्दी आरोण समारोहमा सहभागि हुन अवतारीका परिवार, ओखलढुंगावासी र बौद्ध…

Read More

गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न

मानव जातिको सुख, शान्ति, आयु, धन, गुण एवम् ज्ञान वृद्धि गर्न र दशाग्रहरी शान्त गर्ने उद्देश्यका साथ गोदावरीस्थित छ्योइकु गोन्पामा एक दिने ठोइमा गणचक्र महापूजा आयोजन गरिएको छ । उक्त महापूजामा सिद्धि र बुद्धत्व प्राप्तिको योग, दशा ग्रह, शान्ति, धन आदि प्राप्तिका लागि निधिरक्षक धर्मपालहरुको पूजा, पाप परिसोधन तथा गणचक्र पूजा लगायतका कार्यक्रम गरिएको थियो । महापूजाको आयोजना विहान ६ देखि बेलुकी ७ बजेसम्म भएको थियो । महायोगको साधनाबाट सिद्धि तथा बुद्धत्व प्राप्तिका लागि योग अभ्यास, पूजापाठ लगायतका विविध कार्यक्रम गरिएको थियो ।

Read More

संघ भनेको के हो ?

बुद्ध धर्ममा संघको ठुलो महत्व छ । बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई त्रिरत्नको रुपमा लिइन्छ । संघका नियमहरु विनयपिटकमा संग्रहित छन् । अंगुत्तरनिकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको परिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भए । संघसम्बन्धी थप जानकारी लोचवा पुण्य प्रसाद पराजुलीबाट

Read More

न्युयोर्कको शेर्पाहरुको बिशाल ल्हासो पूजा

पासाङ् फुटी शेर्पा, न्युयोर्क शेर्पा किदुग अमेरिकाले बसन्त ऋतुको आगमनसंगै धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार ल्हासोल् पर्व भव्यताका मनाएको छ । अप्रिल १४ का दिन न्युयोर्क शहरबाट डेढ घण्टा उत्तरमा पर्ने काग्यु थुप्तेन क्षोलिङ् गुम्बामा उक्त ल्हासोल् पूजा सम्पन्न गरिएको हो । विहानको ९ बजे देखि लामाहरूबाट बिश्व शान्ति पूजा सहित कार्यक्रम शुरु भएको थियो । पुजा कार्यक्रम पछि लामाहरूद्वारा बिश्व शान्ति र प्राणी जगतको कल्याणको लागि विभिन्न धार्मिक नाचहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा शेर्पा कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । त्यसपछि दानव शक्ति माथि देव शक्तिले विजय हासिल…

Read More

Historic Longchen Nyingthik Tsapod Empowerment is going on Shechen Monastery

Third day of the Historic Longchen Nyingthik Tsapod Empowerment by H.H Kyabje Shechen Rabjam Rinpoche at Shechen Monastery Kathmandu. As there are numbers of empowerment to complete each day, Kyabje Shechen Rabjam Rinpoche conferred two initiations today, the actual empowerment of Peaceful and Wrathful Deities known as “Thoroughly Cleansing the Lower Realms.” In addition, both the preparatory and actual empowerment of Yidam Palchen Dupa (Assembly of Herukas) were also given. Longchenpa is the one and only ornament that beautifies the Buddha’s teachings. Jigme Lingpa is the lord of two-fold tradition…

Read More