नामसंगीती पाठ सम्पन्न

काठमाडौं गुणाकार महाविहार छुस्या बहालमा परम्परागत बौद्ध धर्म संघको नाम संगीति पाठ तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

आर्य मञ्जुश्री नामसंगीति पर्वको उपलक्ष्यमा नामसंगीति पाठ गरिएको हो । परम्परागत बौद्ध धर्मसंघका सदस्यहरु लगायत काठमाडौंका विभिन्न विहारका नामसंगीति पाठ गर्ने समुहका सदस्यहरुले सामूहिक रुपमा पाठ गरेका थिए । प्रत्येक चैत पूर्णिमा ल्हुति पुन्हीको दिन नामसंगीति पर्व मनाउने र पाठ गर्ने परम्परा बौद्ध समुदायमा रहेको पाइन्छ ।

नाम संगीति पाठ पछि नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष प्रा डा नरेशमान वज्राचार्यले उक्त अवसरमा नाम संगीतिबारे प्रवचन सम्बन्धी प्रवचन दिएका थिए ।

Share

Related posts

Leave a Comment