हेटौडा उपमहानगरपालिकामा रहेको हर्नामाडी गुम्बाडाँडा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल हो । प्रदेश ३ को राजधानी हेटौडाबाट जम्मा १७ किलोमिटरको दुरीमा रहेको यस स्थानमा रहेको हर्नामाडी गुम्बाडाँडामा बुद्ध मुर्ति निर्माण गरिने भएको छ ।समन्वय समिति निर्माण गरी मुर्ति निर्माणलाई तिव्रता दिइएको छ ।
बुद्ध मुर्ति निर्माणको आवश्यकता किन ?
केही वर्षयता नेपालका ग्रामीण क्षेत्र धर्म परिवर्तनको चपेटामा छन् । त्यस क्षेत्रमा रहेको अशिक्षा, गरिवी लगायतका विषयलाई आधार बनाउँदै अहिले धर्म परिवर्तन गराउने कार्य निकै वृद्धि भएको छ । यही कुरालाई ध्यानमा राख्दै हर्नामाडी क्षेत्रका अगुवाहरुको सहकार्यमा प्राचीन गुम्बाडाँडामा बुद्धको मुर्ति निर्माण गरी आफ्नो परम्परागत संस्कृति र धर्मप्रति सर्वसाधारणलाई संवेदनशिल बनाउने अभियान अन्तर्गत मुर्ति निर्माण गरिन लागिएको हो । मुर्ति निर्माणसँगै बौद्ध धर्मको प्रभाव बढ्न गई धर्म परिवर्तनमा कमि आउने आउने अपेक्षा मुर्ति निर्माणमा संलग्नहरुले लिएका छन् ।
बुद्ध मुर्तिको निर्माणको लागत
२५ फिट अग्लो बुद्ध मुर्ति निर्माणको अनुमानित लागत ४५ लाख रुपैयाँ रहेको छ । यसमा ढुवानी, जडान तथा अन्य विविध खर्च १५ लाख रुपैयाँ समेत गरी मुर्ति पूर्णरुपमा निर्माण सम्पन्न हुन ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

