नेपाल बुद्ध धर्म सेवा, हिमाली शेर्पा समाज तथा सृजनशील आमा समूहद्वारा विश्व शान्तिको कामना गर्दै काठमाडौँको स्वयम्भूमा श्रद्धेय बौद्ध धर्मगुरु कुंगा रिन्पोछेज्यूको समुपस्थितिमा प्रथम बज्रगुरु थ्युङ्गूर २०७५ (दश करोड बज्रगुरु जप) भइरहेको छ ।

चैत २ गतेदेखि सुरु भएको बज्रगुरु जप भोली शनिबार समापन हुँदैछ । बज्रगुरु जप समापनसँगै सोही दिन परेको विश्व मौसम दिवसलाई लक्षित गरेर स्वयम्भू महाचैत्य परिसरमा स्वयम्भू सरसफाई र परिक्रमा कार्यक्रम पनि आयोजना गरिने नेपाल बुद्ध धर्म सेवा संघका सभापतिा साङ्बो शेर्पाले बताए ।


