विश्वप्रशिद्ध रिन्पोचेबाट पोखरामा गुम्बा रब्ने हुँदै

पोखराको बौद्ध अर्घौ सदन (रामघाट गुम्बा)मा नव निर्मित विशाल गुम्बाको प्राण प्रतिष्ठ (रब्ने) पूजा यही फाल्गुण २३ र २४ गते क्षोठुल दुईक्षेनको विशेष पुण्य तिथि अनुकूलमा विश्व प्रशिद्ध परम पुज्यनिय बौद्ध गुरु सेचेन रबजम रिन्पोछेको बाहुलीबाट गरिने भएको छ । गुम्बामा प्राण प्रतिष्ठा कार्यक्रमका लागि रबजम रिन्पोचे फागुन २२ गते पोखरा पुग्नु हुनेछ । उहाँलाई बाजागाजासहित दीप प्रज्ज्वलन सहित स्वागत गर्ने तयारी गरिएको छ ।

फाल्गुण २३ गते मंगलबार (क्ष्योठुल दुईक्षेन) पूर्णिमाको दिन बिहान ८ः०० बजेदेखि ११ः३० बजेसम्म गुम्बा प्राणप्रतिष्ठा (रब्ने) र १ः०० बजेदेखि ४ः३० बजे सम्मा पुजा बाचन लगायतका कार्यक्रम रहेको छ ।

फाल्गुण २४ गते बुधबार, बिहान ८ः०० बजेदेखि ११ः०० सम्म गणचक्र पुजा, दिउँसो १ः०० बजेदेखि ३ः०० बजे सम्म रिन्पोछे गुरुबाट प्रबचन तथा बुद्ध अमिताभको वाङ (अभिषेक) प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Share

Related posts

Leave a Comment