ललितपुरको हःखा टोलमा धम्मसाकच्छा संघको आयोजनामा अमिताभ बुद्धको अभिषेक कार्यक्रम हुने भएको छ । आउँदो शनिवार हुने कार्यक्रममा आचार्य महायोगी श्रीधर राणा रिन्पोचेले अभिताभ बुद्धको अभिषेक प्रदान गर्दै हुनुहुन्छ ।
अभिषेक कार्यक्रम माघ २८ गते शनिवार हुँदैछ । विहान ११ः३० देखि १ बजेसम्म भिक्षु मञ्जुघोषले कार्यक्रमको परिचय दिनु हुनेछ । त्यसपछि अभिषेक कार्यक्रम सुरु हुने बताइएको छ ।

