पोखरामा अमिताभ बुद्धको अभिषेक गराउँदै राणा रिन्पोछे

प्रशिद्ध बौद्ध धर्मगुरु विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोचे धार्मिक गतिविधिका क्रममा यतिबेला पोखरामा हुनुहुन्छ । आज उहाँले पोखरा आसपासमा रहेका बौद्धमार्गीहरुलाई अमिताभ बुद्धको अभिषेक गराउने कार्यक्रम रहेको छ । अभिषेकसँगै त्यसका साधना विधिहरु पनि उहाँले आज प्रदान गर्दै हुनुहुन्छ । अभिषेक र साधना विधि नेपाली भाषामै हुने भएकाले त्यसको पुण्यलाभ लिन विशेष आग्रह गरिएको छ । अमिताभ बुद्धको अभिषेक र साधना विधि मृत्युको समय अत्यन्तै उपयोगि मानिन्छ ।

पोखराको ड्यामसाइडस्थित ड्रागन होटलमा हुने अभिषेक कार्यक्रम दिउँसो १ः३० बजेदेखि सुरु हुँदैछ । २२ वर्षभन्दा बढि समय गुफाबास बसेर बौद्ध धर्म, ध्यान र दर्शनको गहिरो साधना गर्नु भएका राणा रिन्पोचेले नेपाली भाषामार्फत् बौद्ध धर्मलाई आम मानिससमक्ष पु¥याउन अतुलनिय योगदान दिदै आउनु भएको छ ।

Share

Related posts

Leave a Comment