धरान उपमहानगरपालिका–४ छोटीमोरङस्थित थुम्की डाँडामा ४० फिट अग्लो बुद्धको प्रतिमा स्थापना गरिएको छ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताएका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ४ छोटी मोरङस्थित ४० फिटको बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोमा अहिले आएर लाइट अफ वल्र्ड भनेर संसारले स्विकार्न थालेको बताए । धरान–४ को छोटी मोरङमा निर्माण भएको ४० फिटको बुद्धको प्रतिमा धरानको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रदेश प्रमुखको भनाई थियो ।
सूर्योदय बुद्ध विहारद्वारा ३५ लाख लागतमा निर्माण भएको बुद्धको प्रतिमाले यहाँको पर्यटन प्रवर्द्धनको सुरुवात भएको बताउँदै धरानको जलाधार क्षेत्रको संरक्षण हुने प्रदेश प्रमुखको भनाई थियो । विग थाउजेन्ड बुद्ध भनेर १७५ फिट अग्लो बुद्धको प्रतिमा बन्नुले धरानको पर्यटनमा महत्त्वपूर्ण भूमिका हुने प्रमुखको थप भनाई थियो । ।

