जुममा गुञ्जियो धम्मचक्क सुत्र पाठ, विश्वका १४ भन्दा बढि देशका भिक्षु तथा उपासक सहभागि

सोमबार विश्वका विभिन्न मुलुकमा रहेका भिक्षु, भिक्षुणी, उपासक तथा उपासिकाद्वारा एक साथ धम्मचक्क सुत्र पाठ गरिएको छ । कात्तिक शुक्ल पूर्णिमाको अवसर पारेर विश्वभरका बौद्ध धर्मगुरु तथा अनुयायीहरुले सुत्रपाठ गरेका हुन् । बौद्ध धर्मावलम्वीका लागी यो पूर्णिमा अत्यन्तै महत्वपुर्ण रहेको छ । यसै दिन गौतम बुद्धले ५ जना ब्राह्मण भिक्षुलाई धम्मचक्क सुत्र देशना गर्नु भएको थियो ।

वर्ल्ड एलायन्स अफ बुद्धिजमले आयोजना गरेको कार्यक्रममा नेपाल सहित थाइल्याण्ड, म्यानमार, श्रीलंका, अमेरिका, भारत लगायतका १४ भन्दा बढि मुलुकका भिक्षु, भिक्षुणी तथा अनुयायी सहभागि थिए । नेपालबाट भिक्षु तपस्सी धम्म, भिक्षु बोधिज्ञान लगायत सहभागि थिए ।

Share

Related posts

Leave a Comment