नेपालमा जापानी भिक्षुले किन आत्मदाह गर्न खोजेका थिए ?

होमनाथ दाहाल
राजा महेन्द्रको शासनकालको उत्तरार्धमा राष्ट्रसंघका महासचिव उथान्त नेपाल भ्रमणमा आए। नेपाल भ्रमणका अवसरमा बौद्ध धर्मावलम्बी ऊ थान्तले लुम्बिनी भ्रमण गरे। भ्रमणको अवसरमा अशोक स्तम्भ, मायादेवी मन्दिरको उनले दर्शन गरे त्यतिबेलासम्म लुम्बिनीको खास विकास भएको थिएन, त्यहाँ बञ्जरभूमि थियो। भेटिकनमा क्रिस्चियनको र मक्कामदिनामा इस्लाम धार्मिक स्थलहरूको विकास भएको, हिन्दु धर्मको पनि ठाउुठाउुमा मन्दिरमा पूजाअर्चना हुने र मेला लाग्ने गर्छ। हिन्दु, इस्लाम र क्रिस्चियन धर्मजतिकै महत्व राख्ने अझ शान्ति र अहिंसालाई विशेष महत्व दिने बौद्ध धर्मको उद्गमस्थलमा विकास निर्माणको खास काम भएको नदेखेपछि ऊ थान्तले राजा महेन्द्रसुग कुरा गरे लुम्बिनीको विकास गरेर विश्वका झण्डै एक अर्ब बुद्धिस्टहरूको आस्थाको केन्द्र लुम्बिनीलाई बनाउन। ऊ थान्तको त्यो पवित्र भावनासुग सहमत भएर राजा महेन्द्र र ऊ थान्तका बीचमा संयुक्त राष्ट्रसंघको सहयोगमा समग्र लुम्बिनीको विकास गर्न गुरुयोजना बनाउने निर्णय भयो।

न्युयोर्कमा फर्केपछि ऊ थान्तले सुप्रसिद्ध वास्तुविद् जापानी नागरिक टाँगेसुग कुरा गरे। स्वयं पनि बुद्ध धर्मावलम्बी टाँगेले ऊ थान्तको प्रस्ताव सहर्ष स्वीकार गरेर लुम्बिनीको गुरुयोजना बनाउन तयार भए। बौद्ध धर्मप्रति आस्थावान् टाँगे विनाविलम्ब नेपाल आएर लुम्बिनीको गुरुयोजना बनाउन सुरु गरे। यसैबीच २०२८ सालमा राजा महेन्द्रको हृदयाघातबाट निधन भयो।

महेन्द्रको निधनपछि राजा भएका वीरेन्द्रले पनि विस्तृत लुम्बिनी विकास परिकल्पनालाई प्राथमिकताका साथ अघि बढाए। त्रिभुवनका निजी सचिव लोकदर्शन बज्राचार्य जसलाई राजा महेन्द्रले ०१७ साल पुस १ गतेपछि खोसिदिएका थिए, तिनै लोकदर्शनको अध्यक्षतामा लुम्बिनी विकास समिति गठन गरे वीरेन्द्रले जसमा अधिकांश काठमाडौंका बौद्धधर्मालम्बी सदस्य थिए।

वीरेन्द्र राजा भएपछि धार्मिक स्थलहरूको विकास र शिक्षा विकासमा परिवर्तन गर्न तथाकथित नयाँ शिक्षा योजना ल्याइयो। धार्मिक स्थलहरूको विकास गर्न ल्याइएको नीतिमा अब बौद्ध धर्म सम्बन्धमा जे जति विकास गर्ने हो लुम्बिनीमा मात्र गर्न पाउने र हिन्दु धर्मका मन्दिर अधिकांश ठाउुमा जीर्ण भएको हुँदा कसैले मन्दिर बनाउन चाहन्छ भने पुरानै ठाउँमा बनाउनुपर्ने नयाँ ठाउुमा बनाउन नपाउने गरी नीति ल्याइयो। १० वर्षको अभ्यासबाट पञ्चायत व्यवस्थाप्रति जनताको वितृष्णा फैलिसकेको थियो, पञ्चायत इतरबाट मात्र होइन पञ्चायतभित्र पनि असन्तुष्टि सुरु भएको थियो।

बेलायतमा अध्ययन गरेका वीरेन्द्र प्रजातान्त्रिक प्रणालीतर्फ जान्छन् भन्ने आशा लिएका प्रजातन्त्रवादीहरू र एकथरि पञ्चको अपेक्षाविपरीत वीरेन्द्र त्यही सडेगलेको पञ्चायतमा रमाउन थाले। महेन्द्रले प्रारम्भ गरेको निर्दलीयतामा अझ कठोर संशोधन गरेर पञ्चायतलाई एकदलीय बनाउनतर्फ लागे। पञ्चायतविरुद्धमा पैदा भएको आक्रोश नयाँ शिक्षा योजनामा खनियो। पञ्चायतइतरको राजनीतिक शक्ति यसै पनि असन्तुष्ट थियो देशका बुद्धिजीवी शिक्षाप्रेमी पनि नियन्त्रणमुखी नयाु शिक्षा योजनाबाट असन्तुष्ट भएर नयाँ भनिएको शिक्षा नीति एक दशक नपुग्दै खारेज भयो।

बौद्ध धर्ममा आस्था राख्ने स्वदेश र विदेशका बुद्ध धर्मावलम्बी भने राष्ट्र संघका महासचिव उ थान्तको अग्रसरतामा विश्व सम्पदामा परेको लुम्बिनीको विकास हुन्छ भन्नेमा आशावादी भए। जनस्तरबाट पनि लुम्बिनीको विकासमा सक्रिय हुन थालियो, बुद्धिष्टहरूको जनभावनाको सम्मान गर्दै मेरो सम्पादनमा प्रकाशित राष्ट्र पुकारको बौद्ध धर्म विशेषाङ्क प्रकाशित गर्न विभिन्न बुद्धिजीवीहरूसुग सम्पर्क गर्दा पुरातत्व अनुसन्धानदाता बुद्धिजीवी भुवनलाल प्रधानले अनुसन्धानमूलक, लेख लेखे। लुम्बिनी नै गौतम बुद्धको जन्मथलो हो भनेर जर्मन वास्तुविद् अनुसन्धानदाता डा. हुररले भारतमा अंग्रेज शासन हुँदा नै लुम्बिनीको भ्रमण गरे। अशोक स्तम्भमा लेखिएको शीलास्तम्भ ब्राह्मी लिपिमा थियो। शिलालेखमा भएको ब्राह्मी लिपि पढ्न सक्ने नेपाली वा भारतीय नभएकाले अशोक स्तम्भमा लेखिएको अक्षरको फोटो खिचेर जर्मनीमा लगेर पढ्दा गौतम बुद्धको जन्मस्थल र त्यो नजिकैको मन्दिर मायादेवीको हो भन्ने प्रमाणित भएको पहिलो पटक जर्मन विद्वान डा. हुररले पत्ता लगाएको भुवनलाल प्रधानले राष्ट्र पुकारमा लेखेका थिए। लुम्बिनीको विकास गर्न समिति गठन भएको र जनस्तरबाट पनि चासो देखाउन थालेपछि विकास समितिका सदस्यहरू र काठमाडौं उपत्यकामा रहेका बुद्ध धर्म अनुयायी सक्रिय भएर जनस्तरबाट पनि लुम्बिनीको विकासमा सक्रिय हुन थाले।

लुम्बिनीको विकासमा जनस्तरबाट के गर्न सकिन्छ भन्ने छलफल हुँदा जापानी सम्राटका पनि गुरु ‘फुजी गुरु’ विश्वमा बुद्ध धर्मको विकास र प्रचार प्रसारमा सक्रिय छन् उनकै अग्रसरतामा भारतको उडिसामा बौद्ध स्तुप बनाउन र त्यहाँको समग्र विकासमा ठूलो लगानी गरेका छन् भन्ने जानकारी भएपछि लुम्बिनीको विकासमा पनि फुजी गुरुको सहयोग लिन बौद्ध धर्मावलम्बीको एक प्रतिनिधिमण्डल जापान गयो। फुजी गुरुलाई लुम्बिनीको गुरुयोजनामा जापानी वास्तुविद् टाँगे संलग्न छन् भन्ने जानकारी भएकाले नेपाल भ्रमण गरेर लुम्बिनीको विकासमा सहयोग गर्ने आश्वासन दिए।

नेपालको प्रतिनिधिमण्डल फर्केपछि फुजी गुरु नेपाल आए। लुम्बिनी क्षेत्रको भ्रमण गर्दा त्यहाुको हावापानी र वातावरणले गुरुजी लुम्बिनीको विकासमा खास उत्साहित भएनन्। लुम्बिनीपछि उनलाई पोखरा लगियो पोखराको हावापानी, हिमाल, ताल र प्राकृतिक दृश्यबाट प्रभावी भएर लुम्बिनीमा होइन पोखरामा बौद्ध विहारको विकासमा लगानी गर्न इच्छुक रहेको फुजी गुरुले अनुयायीहरूलाई भनेपछि पोखरामा लगानीको वातावरण कसरी बनाउने भन्नेमा बौद्धधर्मावलम्बीबीच छलफल हुँदा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको मन्त्रीमण्डलका सदस्य मीनबहादुर गुरुङ आफ्नो निजी स्वामित्वमा रहेको पोखराको प्रसिद्ध फेवातालसुग जोडिएको जमिन विहार बनाउन दिन तयार भए। फुजी गुरुलाई जग्गा देखाउुदा उनी खुसी भएर सुन्दर पोखरामा भव्य बौद्ध विहार बनाउन लगानी गर्न तयार भए। प्रश्न उठ्यो कसरी विहार बनाउने ? किनकि राजा वीरेन्द्रको कडा निर्देशन थियो, लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन गर्न अब बौद्ध धर्मको जति विहार बन्छन् ती लुम्बिनीमा मात्र बनाउने राजाको कडा निर्देशन थियो।

फुजी गुरु लुम्बिनीमा लगानी गर्न नचाहने राजाको निर्देशन लुम्बिनीभन्दा अन्यत्र विकास गर्न नपाउने भन्ने भएपछि अब कसरी अघि बढ्ने बुद्धिष्टहरूका बीच व्यापक छलफल भयो। छलफलमा मीनबहादुरजी पनि संलग्न हुनुहुन्थ्यो। बौद्ध धर्मप्रति आस्थावान मीनबहादुरजीले उपाय निकाल्नुभयो। राजाको निर्देशन सार्वजनिक ठाउुमा बनाउन नपाउने हो भने ‘धर्मप्रति व्यक्तिको आस्था रहने भएकाले आफ्नो निजी सम्पत्तिमा विकास गर्न नपाउने भन्ने होइन, मेरो निजी जग्गा दिन तयार छु यदि फुजी गुरु त्यहाँ बौद्ध विहार बनाउन सहयोग गर्न तयार छन् भने’ भनी मीनबहादुरले प्रस्ताव राखे। मीनबहादुरको प्रस्ताव गुरुले तुरुन्तै स्वीकार गरे। गुरुजी लगानी गर्न तयार भएपछि उनी नेपालमा भएका बेला नै सानो गुम्बा बनाएर यसमा बुद्धको मूर्ति राखिहाल्ने त्यसपछि गुरुयोजनाअनुसार विहार निर्माण गर्ने भन्ने भयो। दिनरात गरेर सानो विहार बनाइयो र गौतम बुद्धको मूर्ति स्थापना गरियो। गुरुजी जापान फर्के।

सानो विहार भए पनि प्रशासनले थाहा नपाउने कुरा भएन अञ्चलाधीशको तर्फबाट यो कुरा दरबारमा जाहेर भयो। सुरुदेखि नै यसमा मीनबहादुर संलग्न भएकाले यो सब काम कांग्रेसले गरेको भन्ने अर्थ लगाएर अञ्चलाधीशले दरबारमा जाहेर गरे। पोखरामा विहार बनाउन लागेकै बेला राजा भएका वीरेन्द्रलाई हौस्याइरहेका थिए, ‘सरकारबाट ऐतिहासिक निर्णय लिइबक्सियोस्’ सरकारको कदमलाई कांग्रेसबाट चुनौती भयो भन्ने निष्कर्ष निकालेर राजाको निर्णय कार्यान्वयन हुन नदिन दरबारियाले वीरेन्द्रलाई उक्साए।

भर्खर राजा भएका वीरेन्द्रले पनि दायावाया नसोची त्यो गुम्बा फोडिदिनु भन्ने निर्देशन पोखरा अञ्चलाधीश कार्यालयलाई गयो। राजाको आदेश भनेर रातको समयमा सेना गयो र गुम्बा भत्कायो। बुद्धको मूर्ति तोडफोड भयो यो सब काम गर्ने मीनबहादुर गुरुङ हो भनी मीनबहादुरलाई सुरक्षा कानुनअन्तर्गत पक्राउ गरियो। यो खबर राष्ट्र पुकारमा छापियो। फुजी गुरु जस्ता विश्व प्रसिद्ध व्यक्तिको सहयोगमा बन्न लागेको विहार सेना लगाएर भत्काइदिएकोमा बौद्ध धर्म अनुयायीहरू असन्तुष्ट भए। राजाको हुकुमबाट यो सब काम भएको भन्ने हल्ला चलाइयो। राजा भएपछि वीरेन्द्रले गरेको यो पहिलो निर्णयको विरोध गर्न सक्ने कसले ? भित्रभित्रै जति मुर्मुरिए पनि सार्वजनिक रूपमा कसैले विरोध गर्न सकेनन्।

यो घटना भएको केही समयपछि जापानबाट आएका भिक्षुहरू आफ्नै भेषभूषा र जापानी भाषामा केही भन्दै राजदरबारको ढोकाअघि ढ्याङ्ग्रो बजाउुदै घुमिरहेका हुन्थे, तिनको भाषा कसैले बुझ्दैनथ्यो, राजदरबारपछि ती भिक्षु हनुमानढोकासम्म ढ्याङ्ग्रो ठटाउुदै घुमिरहेका हुन्थे। जापानी भाषा नबुझ्ने र भिक्षुका रूपमा हिुड्ने हुँदा कसैले विशेष ध्यान पनि दिएका थिएनन्।

भिक्षुहरू त्यसरी दरबारवरिपरि ढ्याङ्ग्रो ठटाएर हिुडेको करिब एक महिनापछि राजालाई सम्बोधन गरेर फुजी गुरुले पठाएको चिठी आयो। चिठीमा लेखिएको थियो, ‘तिम्रो सेनाले पोखरामा बन्न थालेको भगवान् बुद्धको गुम्बा भत्काउनुका साथै भगवान् बुद्धको मूर्ति बुटले हिर्काएर फोडिदिए। भगवान्को ठूलो अपमान भयो। भगवान्लाई दुःख भयो। तिमीले यसमा माफी माग्नुपर्छ अन्यथा तिम्रो दरबारवरिपरि घुम्ने ती भिक्षुहरूले दरबारको ढोकामा आत्मदाह गर्नेछन्’ भन्दै राजा वीरेन्द्रलाई सम्बोधन गरेको फुजी गुरुको चिठी आयो।’

नेपाल र जापानबीचको सम्बन्ध आत्मीय थियो। त्यसमा पनि जापानी विद्वान् टाँगेले तयार पारेको गुरुयोजनाअनुसार लुम्बिनीको विकास हुनुपर्छ भनी राष्ट्रसंघअन्तर्गतको युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखेको थियो, यस्तो संवेदनशील विषयमा फुजी गुरुजीका चेलाहरूले आत्मदाह गरे भने नेपालको बदनाम हुनुका साथै लुम्बिनी गुरुयोजना अलपत्र पर्ने सम्भावना रहेकाले राजा वीरेन्द्रले आत्तिएर फुजी गुरुसुग माफी मागेको चिठी नेपाल–जापान मैत्री संघका तत्कालीन अध्यक्ष डा. यादवप्रसाद पन्तलाई दिएर जापान पठाए। नेपालस्थित जापानी राजदूतसुग पनि वीरेन्द्रले भेटेर माफी मागे। राजाले माफी नमागेका भए अन्तर्रा्ष्ट्रिय क्षेत्रमा नेपालको ठूलो बद्नाम हुने थियो र लुम्बिनीको विकास पनि अवरुद्ध हुने थियो। वीरेन्द्रले समयमै बुद्धि र्पुयाएकाले यो दुर्घटना हुनबाट नेपाल बच्यो।

राजा वीरेन्द्र सोझा थिए, तर उनकी पत्नी ऐश्वर्य जिद्दी स्वभावकी थिइन्। वीरेन्द्र राजा भएपछि समाज कल्याण परिषद्को संरक्षक भएर ऐश्वर्यले सामाजिक संघसंस्था नियन्त्रण गरिन्। अञ्चलाधीशहरूलाई प्रयोग गरेर व्यापारीहरूसुग चन्दा असुल गर्न थालेपछि व्यापारी असन्तुष्ट भए। नेपालमा हिन्दु धर्मबाहेक अन्य धर्मलाई प्रोत्साहन दिनु हुँदैन भन्दै भारतका आदि शंकराचार्यलाई नेपाल ल्याएर बौद्ध धर्म, हिन्दु धर्मको शाखा हो भन्न लगाउने परिपञ्चमा रानीका चाकडीदारहरू लागेका थिए। त्यसो गरिएमा बौद्ध धर्मावलम्बीहरूबाट विरोध हुने र आत्मदाहसम्म हुने हल्ला चलेपछि शंकराचार्य नेपाल आए पनि उनले बौद्ध धर्मका बारेमा कुनै नकारात्मक टिप्पणी गरेनन्।

राजा भएपछि वीरेन्द्रले धर्मका बारेमा दिएको निर्देशन कार्यान्वयन नगरेर धार्मिक द्वन्द्व हुनबाट नेपाल बच्यो। महेन्द्रको शासनकालको अन्तिम समयमा रौतहट र बारामा हिन्दु–मुस्लिम दंगा भएर ठूलो धनजनको क्षति भएको थियो, राजा वीरेन्द्रले बुद्धि र्पुयाएर फुजी गुरुसुग माफी नमागेका भए जापानी भिक्षुले आत्मदाह गर्ने थिए र त्यस्तो अप्रिय घटना भएको भए लुम्बिनीको विकास अवरुद्ध हुनुका साथै नेपालको ठूलो बदनाम हुने थियो। पञ्चायत व्यवस्था रहुञ्जेल लुम्बिनीको विकासमा खास ध्यान दिइएन। लुम्बिनी विकासका नाममा अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट आएको चन्दा पनि सम्बन्धित व्यक्तिहरूले हिनामिना गरे। जापानका लागि तत्कालीन राजदूतले लुम्बिनी विकास समितिलाई एकजना भक्तले उपहार दिएको गाडी निजी बनाएकोमा उनीमाथि कारबाही भएर अवकाश दिइयो। प्रजातन्त्र आएपछि पनि अन्य सामाजिक संघसंस्थाजस्तै लुम्बिनी पनि दलहरूको भागबण्डामा र्पयो। अहिले लुम्बिनीमा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण भइरहेछ सायद अब लुम्बिनीको विकास हुन्छ कि ? अन्नपुर्ण पोष्टमा प्रकाशित

Share

Related posts

Leave a Comment