अमेरिकामा जनवरी ५ देखि बौद्ध दर्शन र ध्यान कक्षा हुँदै

शेर्पा किदुग अमेरिकाको आयोजनामा जनवरी ५ देखि बौद्ध दर्शन र ध्यान सम्बन्धी कक्षा सुरु हुने भएको छ । कक्षा १ महिनासम्म जारी रहने किदुगले जनाएको छ । नेपाली भाषामा गरिने कक्षाका लागि गत डिसेम्बर २२ मा विशेष छलफल गरिए पश्चात जनवरी ५ देखि कक्षा सञ्चालन गरिने निर्णय भएको हो ।

कक्षा अवधिभर विभिन्न अन्तरक्रिया तथा प्रयोगात्मक अभ्यास समेत हुने बताइएको छ । प्रत्येक आइतबार दिउँसो १ः३० देखि ३ः३० सम्म कक्षा सञ्चालन हुनेछ ।

बौद्ध दर्शन अध्ययन गरौं, अन्धबिश्वास र कुरीतिहरुलाई निर्मूल पारौं भन्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको कक्षा शेर्वी रिग्श्युङ् लोप्टामा हुनेछ ।

स्थानः शेर्वी रिकशुङ लोप्टा

𝐒𝐡𝐞𝐫𝐩𝐚 𝐂𝐮𝐥𝐭𝐮𝐫𝐚𝐥 𝐂𝐞𝐧𝐭𝐞𝐫

𝟒𝟏-𝟓𝟖 𝟕𝟑𝐫𝐝 𝐒𝐭𝐫𝐞𝐞𝐭, 𝐖𝐨𝐨𝐝𝐬𝐢𝐝𝐞

Share

Related posts

Leave a Comment