रुपन्देहीको उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सम्पन्न (फोटो फिचर)

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सम्पन्न भएको छ । गत असोज १५ गतेदेखि सुरु भएको प्रवज्या आइतबार सम्पन्न भएको हो । प्रवज्यामा करिब ८० जना सहभागि भएको विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए ।

प्रवज्याका सहभागिलाई विशेष कार्यक्रम गर्दै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । १० दिने दुर्लभ प्रवज्यामा असोज १५ गतेदेखि २५ गतेसम्म श्रामणेर प्रवज्या, १६ गते उपसम्पदा भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्रा लगायतका विविध गतिविधि गरिएको थियो ।

Photo Courtesy : Ven Gyanendra 

Share

Related posts

Leave a Comment