हिनयानमा अस्टांगिक मार्गलाई उच्च महत्व दिइएको छ, त्यस्तै महायानमा पारमिता मार्गलाई । “पारमिता” शब्द बनिएको छ “परम” बाट, जसको अर्थ हुन्छ सबैभन्दा उच्च अवस्था । पारमिता मुख्य रूपमा छ प्रकारको हुन्छ :-
(१) दान – पारमिता :-
दोस्रो ब्याक्तीको हितको खातिर आफ्नो स्वत्व छोडनुको नाम हुन्छ, दान । दान – पारमिता तीन कुराले हुन्छ :-
(क) जब दानको पात्रको कुनै सिमा रहदैन । प्राणीमात्र दानका पात्र बन्दछ ।
(ख) जब दिने बस्तुको कुनै सिमा नै रहदैन । मनुष्य आफ्नो सम्पुर्ण कुरा अरुको हितको लागी त्याग्न तयार हुन्छ ।
(ग) जब दानको बदलामा केही पनि प्राप्त गर्ने आंकाक्षा रहदैन ।
(२) सिल – पारमिता :-
सिल यानी सदाचार । अहिंसा, सत्य आदि नैतिक नियमको सिखरमा पुर्याउनेको नाम हो, सिल – पारमिता । हिंसा न शरीरद्वारा गर्नु, न वचन बाट, न त मनबाट नै । यसरी नै अन्य नियमहरुको पनि पुर्ण रूपमा पालना हुनु पर्दछ ।
(३) शान्ति- पारमिता :-
शान्ति यानी क्षमा, सहन सिलता । चाहे जतिसुकै जस्तोसुकै कष्ट आउस, धैर्यलाई नछोडनु, बिचलित नहुनु । मृत्यु जस्तो कष्टमा पनि सान्तिपुर्बक त्यसलाई झेल्नु नै शान्ति- पारमिता हो ।
(४) बिर्य – पारमिता :-
बिर्य यानी उत्साह । असुभ/कुकर्मलाई छोडेर सम्पुर्ण उत्साहको साथमा अगाडी बढनुलाई बिर्य पारमिता भनिन्छ ।
(५) ध्यान – पारमिता :-
ध्यान यानी कुनै एक बस्तुमा चित्तलाई एकाग्र बनाउनु । चित्त जब पुर्ण तरिकाले नियन्त्रणमा आउँछ तब ध्यान – पारमिता सिद्ध हुन्छ ।
(६) प्रज्ञा – पारमिता :-
प्रज्ञा यानी सत्यको साक्षात्कार गर्नु । चित्त जब निर्मल हुन्छ । तब प्रज्ञालाई प्राप्त गर्न सकिन्छ । निर्मल चित्तले मात्रै सत्यको दर्शन हुन्छ ।

