अन्तर्राष्ट्रिय बुद्ध परियती उदय बिहार पोखरा रानिपौवामा आज भाद्र ७ गते श्रध्देय गुरु गेसे लोप्साङ दावाज्युले बुद्ध धर्मका महत्वका सम्बन्धमा सारगर्भित धर्मदेशना दिनुभयो । बौद्ध कसलाई भन्ने ? कसरी शुद्ध बौद्ध हुन सकिन्छ ? बुद्ध धर्ममा त्रिरत्नको ज्ञान र अभ्यास, चारआर्यसत्य, अस्टाङ्गिक मार्ग, प्रतित्यसमुत्पादको महत्व आदि विषयमा चर्चा गर्नु भएको थियो ।


