छोकी ङिमा रिम्पोचेद्वारा बोधगयामा हजारौलाई बुद्ध प्रार्थना

छोकी ङिमा रिन्पोछे र टुल्कु उर्गेन याङ्सी रिन्पोछेले हिमालय संघ सहित करिब २ हजार भिक्षु, भिक्षुणी तथा उपासकहरुलाई शुक्रवार गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नु स्थान बोधगयामा महाबोधि वृक्ष सामु प्राथना गराउनु भएको छ । रिम्पोचेद्वयको प्रार्थना कार्यक्रममा सहभागि हुन पाउँदा सहभागिहरु निकै हर्षित बनेका छन् ।

प्रार्थनामा सहभागि भएकाहरुले विश्व शान्ति र सत्व ज्ञान प्राप्तिको कामना गरेका छन् । त्यस्तै विहिवारको कार्यक्रममा छोकी ङिमा रिन्पोचे र त्सोङी रिन्पोछेले बुद्ध साधना र हृदय सुत्रको पाठ गराउनु भएको थियो ।

Share

Related posts