काभ्रे जिल्लाको रोशी गाउँपालिकामा माघ २२ गते आइतवार एक विशेष बौद्ध कार्यक्रम आयोजना गरि छेवाङ प्रदान गरिएको छ । रोशी गाउँपालिकाको वडा नं ११ स्थित कालोढुंगा, डम्फुपार्कमा परम पावन धर्मगुरु टुल्कु लोब्साङ नाम्ग्याल रिन्पोचेले छेवाङ (आयू अभिषेक) र शरण गमनको शिल प्रदान गर्नु भयो । कार्यक्रममा करिब १ हजार स्थानीय सहभागि थिए । कार्यक्रमको आयोजक टाशी चुम्लाखाङ गुम्बा अध्ययन केन्द्र रहेको छ । उक्त कार्यक्रमलाई हिमालयन बौद्ध सम्भोटा लिपी प्रशिक्षण केन्द्रले समन्वय गरेको हो । त्यस्तै सहयोगीका रुपमा रोशी गाउँपालिका रहेको थियो ।
Read MoreMonth: February 2023
बुद्धको सन्देश बाँड्न लुम्बिनीदेखि कुशीनगरसम्म साइकल यात्रा
गौतम बुद्धको सन्देशसहित शुक्रबारदेखि लुम्बिनीदेखि कुशीनगरसम्मको तीनदिने साईकल यात्रा सुरु भएको छ । बौद्ध परिपथ साईकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट साईकल यात्रा सुुरु भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले साईकल यात्राको शुुभारम्भ गरेका हुन । उक्त अवसरमा बोल्दै कोषका उपाध्यक्ष भिक्षुु मैत्तयले लुम्बिनीदेखि कुशीनगरसम्म बुुद्धको सन्देश बोकेर साईकल यात्रा गरिनुु निकै सकारात्मक रहेको बताए । उनले भगवान बुुद्धले आफ्नो जीवनकालमा लामो यात्रा गरेको प्रसंग उल्लेख गर्दै बुद्ध जन्मस्थल हुँदै गरिने साईकल यात्राले बुद्ध सन्देश दिने विश्वास व्यक्त…
Read Moreशनिवार राणा रिन्पोचेले अभिताम बुद्धको अभिषेक दिने
ललितपुरको हःखा टोलमा धम्मसाकच्छा संघको आयोजनामा अमिताभ बुद्धको अभिषेक कार्यक्रम हुने भएको छ । आउँदो शनिवार हुने कार्यक्रममा आचार्य महायोगी श्रीधर राणा रिन्पोचेले अभिताभ बुद्धको अभिषेक प्रदान गर्दै हुनुहुन्छ । अभिषेक कार्यक्रम माघ २८ गते शनिवार हुँदैछ । विहान ११ः३० देखि १ बजेसम्म भिक्षु मञ्जुघोषले कार्यक्रमको परिचय दिनु हुनेछ । त्यसपछि अभिषेक कार्यक्रम सुरु हुने बताइएको छ ।
Read Moreकाठमाडौँका बौद्धमार्गी कालभैरव पछाडि किन टेक्दैनन् ?
कालभैरवको मूर्तिलाई काठमाडौँ उपत्यकामा न्यायको प्रतिकको रुपमा लिइन्छ । प्राचीनकालदेखि नै यो मूर्तिलाई न्याय निसाफ गर्ने देवताको रुपमा लिइदै आएको छ । काठमाडौँभित्र रहेका विभिन्न धार्मिक सम्पदामध्ये कालभैरवको मूर्ति प्रति बौद्ध धर्मावलम्वीको पनि अगाध आस्था रहेको छ । तर काठमाडौंका गुभाजु, बज्राचार्य, शाक्य लगायत बौद्ध धर्मावलम्बीहरू कालभैरव प्रदक्षिणा गर्दा अरू मन्दिरमा जस्तो ठ्याक्कै पछाडिबाट घुम्दैनन् । बरू पछाडिको डबलीमाथि चढेर प्रदक्षिणा पूरा गर्छन् । ‘जंगबहादुर राणाको पालामा यही कालभैरवको मूर्तिपछाडि बौद्ध धर्मका थुप्रै ग्रन्थ र थ्यासफूः (पुराना पाण्डुलिपि) जलाएर नष्ट गरिएको कारणले बौद्ध धर्ममा आस्था राख्नेहरूले कालभैरव मूर्ति पछाडिको भुइँ…
Read Moreआधुनिक युगमा बुद्ध धर्मको उपादेयता
केही दिनअघिको कुरा हो, फेसबुक चलाउँदै गर्दा बुद्ध स्प्रिच्युयल लाइफ शीर्षक अन्तर्गत एकजना पत्रकार महोदय र अस्ट्रेलियाली बौद्ध भिक्षुको अन्तर्वार्ताको केही अंश पढ्ने मौका पाएँ। अन्तर्वार्ता घतलाग्दो छ। पढ्दा अनौठो, उच्छृखल वा अशोभनीय जस्तो लागे पनि यो बुद्ध धर्मको संवेदनशीलता, स्वरूप र गहनतालाई जागृत गर्ने खालको छ। अन्तर्वार्तामा बौद्ध भिक्षुलाई प्रश्न सोधिएको रहेछ–बुद्ध धर्मको पवित्र ग्रन्थ त्रिपिटक च्यातचुत पारी चर्पीको नालमा फ्याँकिदियो भने तपाईँ के गर्नुहुन्छ? बौद्ध भिक्षु एकक्षण मौन रहनुभयो। अनि शान्त भावले जवाफ दिनुभयो–सर्वप्रथमत चर्पीको नाल बन्द होला भनेर नाल सफा गर्नेतिर लाग्नेछु। अन्तर्वार्ताको पृष्ठमा लेखिएको छ। भिक्षुको…
Read More