गौतम बुद्धको सन्देशसहित शुक्रबारदेखि लुम्बिनीदेखि कुशीनगरसम्मको तीनदिने साईकल यात्रा सुरु भएको छ । बौद्ध परिपथ साईकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट साईकल यात्रा सुुरु भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले साईकल यात्राको शुुभारम्भ गरेका हुन ।
उक्त अवसरमा बोल्दै कोषका उपाध्यक्ष भिक्षुु मैत्तयले लुम्बिनीदेखि कुशीनगरसम्म बुुद्धको सन्देश बोकेर साईकल यात्रा गरिनुु निकै सकारात्मक रहेको बताए । उनले भगवान बुुद्धले आफ्नो जीवनकालमा लामो यात्रा गरेको प्रसंग उल्लेख गर्दै बुद्ध जन्मस्थल हुँदै गरिने साईकल यात्राले बुद्ध सन्देश दिने विश्वास व्यक्त गरे ।
साईकल पर्यावरणमैत्री र स्वास्थ्यका हिसाबले उपयुुक्त हुने भएकाले लुम्बिनीमा पनि यसको प्रयोग बढाउने गरी योजना बनाउने उपाध्यक्ष मैत्तयले प्रतिबद्धता जनाए ।
साईकल अभियानकर्मी, बौद्धमार्गी एंव भारतको अनाहदी यात्राका गरी ७० जनाको टोलीले शुक्रबारदेखि आईतबारसम्म तीन दिन साईकलमा यात्रा गर्ने संयोजक उषा तितिक्षुुले जानकारी दिइन् । पञ्चशिल पालना गर्दै हरेक दिन ध्यान, साधनासहित जन्मस्थल लुम्बिनीबाट सुरु भएको यात्रा मावली देवदह, रामग्राम हुँदै कुशीनगरमा पुुगेर समापन गरिने उनले बताइन् ।
साईकल यात्रा शुुभारम्भका अवसरमा नेपाल साईकल सोसाईटीका अध्यक्ष रत्न श्रेष्ठले भगवान बुुद्धको जन्मस्थानबाट बौद्ध परिपथ साईकल यात्रा सुरु गर्न पाएकोमा खुशी व्यक्त गर्दै लुम्बिनीमा पनि साईकलबाट भ्रमण गर्ने व्यवस्था मिलाउन माग गरे ।
शुभारम्भमा प्राध्यापक डा. तारालाल श्रेष्ठ, भारतीय पत्रकार पुुष्पराज शास्त्रीले साईकल यात्राहरु अन्य बेलामा पनि भएको तर बौद्ध परिपथमा ध्यान र साधनासहितको पहिलो साईकल यात्रा भएकाले उत्साहित भएको बताए ।
साईकल यात्रामा पहिलो दिन शुुक्रबार भैरहवा हुँदै, देवदह र रामग्रामसम्मको यात्रा गरिएको छ । त्यस्तै दोस्रो दिन शनिबार रामग्रामबाट महेशपुर नाका हुँदै भारतको महाराजगञ्जमा पुुगेर बास बस्ने र तेस्रो दिन आइतबार महारजगञ्जबाट कुशीनगरमा पुुगेर समापन गरिने कार्यतालिका रहेको छ । साईकल यात्रीहरुले यात्रा सुरु गर्नुअघि मायादेवी मन्दिर अगाडि ध्यान गरेका थिए ।