२५६४ औँ बुद्धजयन्तीको अवसरमा द ग्रेट कम्प्यासन प्रोजेक्ट र बुद्ध अनुवाद समितिले संयुक्तरुपमा गोकर्णेश्वस नगरपालिकामा ३०७ जनालाई खाना खुवाएका छन् । लकडाउनका कारण खाद्यान्नको समस्या भोगिरहेकाहरुलाई सहयोग पुगोस् भनेर बिहानको खाना खुवाएको बुद्धवचन अनुवाद समितिका संयोजक टीका शेर्पाले बताए । दुबै संस्थाले नगरपालिकाको वार्ड न ८ स्थित कृष्णमन्दिर, बेसीगाउँमा खाना खुवाएको हो । गोकर्णेश्वर आसपास बस्ने श्रमिक तथा मजदुरहरु सहभागि भई खाना खाएका थिए । कार्यक्रममा बुद्धजयन्तीको शुभकामना सहित विश्व शान्ति र भाइचाराको वृद्धिको कामना पनि गरिएको थियो ।
Read MoreCategory: Featured
२५६४औं बुद्ध जयन्ती : राजकुमार शिद्धार्थदेखि बुद्धसम्मको यात्रा
चोग डीबी गुरुङ २५६४औं बुद्ध जयन्तीको पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ! अहिले सम्पूर्ण विश्व कोरोनाको कहरबाट पिडित भएका छन् । जनजीवन अशान्त भएका छन् । यस्तो दुःखत घडिमा सम्पूर्ण मानवलाई तथागतले रोग–प्रतिरोधात्मक क्षमता प्रदान गरुन् । ‘नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस ।’ ‘इतिपिसो भगवा अरहम् विज्जचरण सम्पन्न सुगतो लोकविदो अनुत्तरो पुरिसद्धम शारथी शास्त देवमनुसानो बुद्ध भगवती ।’ अर्थात भगवान बुद्धको जन्म ६२३ इसापूर्व लुम्बिनी शालाबागमा महामाया देवीको कोखबाट भएको थियो । उनी कपिलबस्तुका शाक्य वंशका राजा शुद्धोधनका पुत्र थिए । उनले…
Read Moreबुद्धजयन्तीको महत्व र अहिलेको कठिन परिस्थितिमा कसरी मनाउने ?
सांगे लेग्देन गुरुङ (भूपेन) यहाँ पाच विषयमा चर्चा गरेको छु । कृपया कुनै कमीकमजोरी भएमा प्रतिक्रिया गरिदिनु होला । १) बुद्धपूर्णिमाको महत्त्व २) बुद्धजयन्ती नेपाल र राष्ट्रसंघले मनाउन सुरुवात ३) बुद्ध धर्म र महिमा ४ यो विपत्तिको अवस्थामा कसरी बुद्ध पूर्णिमा मनाउने ५) प्रसंग बुद्ध धर्मको त्रिकालको सम्पूर्ण बुद्धबोधिसत्व र मेरो मूलगुरु श्रद्धेय खेन्पो साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको चरणगमन, हामी सबै प्राणीमा बुद्धताको हेतु भएरै पनि राग, द्वेष, अविद्या, ईर्ष्या, अहंले ग्रसित भई सांसारीक प्राणी हुन बाध्य छौँ । यस्तो क्लेशबाट शीघ्र मुक्त हुँदै परमसत्य बोधार्थ सदैव गुरुप्रति सदमार्गको अपेक्षा…
Read Moreसोलुखुम्बुमा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युव छ्योर्तेन) निर्माण (फोटो फिचर)
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युब छ्योर्तेन) निर्माण गरिएको छ । गाउँपालिकाको वार्ड नं १ को खिरौलेगाउँमा उक्त बोधिचैत्य गत माघमा निर्माण सम्पन्न भएको हो । स्थानीबासीको सक्रियतामा निर्मित बोधिचैत्य ५५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । बोधिचैत्यको निर्माणसँगै उक्त स्थान जिल्लाकै महत्वपुर्ण धार्मिक क्षेत्र र पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयले विश्वास गरेका छन् । फोटो सौजन्यः आचार्य सार्की शेर्पा
Read Moreगौतम बुद्धका गुरुहरू
बसन्त महर्जन गौतम बुद्ध ई.पू. ५२८ को वैशाख पूर्णिमाका दिन उरुबेलामा बुद्धत्व प्राप्त गरी धर्मचक्र प्रवत्र्तनका लागि सारनाथतर्फ जाँदै गर्दा गया र बोधिवृक्षको बीच बाटोमा उपक नामका आजीवकसँग भेट भएको थियो । उनी नाङ्गा साधु थिए । बुद्धको मुखमुद्रा अचम्म लाग्दो गरी तेजिलो र आकर्षक जीउडाल देखेर उपकले सोधेका थिए, ‘‘तिम्रा इन्द्रियहरू अति परिशुद्ध छन् । तिम्रो छवि वर्ण अति चम्किलो छ । कसको उद्देश्यले तिमी प्रव्रजित भएका हौ ? तिम्रा गुरु को हुन् ? कसको धर्म तिमी रुचाउछौ ?’’ उपकको सोधाइ थियो– गुरुको नाम के हो ? गौतम बुद्धले…
Read Moreबुद्धजयन्तीमा लुम्बिनीमा हुने सबै कार्यक्रम स्थगित, विश्वशान्तिको कामना गर्दै २५६४ दीप प्रज्ज्वलन गरिने
कोरोना भाइरस (कोभिड १९) कारणले २५६४ औं बुद्ध जयन्तीमा लुम्बिनीमा हुने सबै कार्यक्रम स्थगित भएको छ । सबै कार्यक्रम स्थगित भएपछि बुद्ध जयन्तीमा लुम्बिनीमा भिक्षु भिक्षुणी तथा लामा गुरुमाहरुबाट विश्व शान्तिको कामना गर्दै पाठपूजासहित २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ । २५६४ औं बुद्ध जयन्तीमा नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तीको मुहान भन्ने नाराका साथ २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनलाई अन्तराष्ट्रिय प्रतिनिधिहरूको सहभागिता गराई भव्यताका साथ मनाउन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६।१०।२० मा बसेको बैठकले निर्णय गरेको थियो । तर विश्वभर…
Read Moreकोरोना भाइरसका कारण यो वर्ष बुद्धजयन्तीमा ललितपुरको रुद्रवर्ण महाविहारमा बुद्ध पूजा मात्र हुने
नेपालको लुम्बिनीमा सम्पूर्ण सत्व प्राणिहरुको कल्याणार्थ जन्मेका महाकारुणिक महामानव शाक्यमुनी सिद्धार्थ गौतम बुद्धको जन्म, सम्बोधिज्ञान लाभ र महापरिनिर्वाणको त्रि–संयोग भएको पवित्र दिन बैशाख पूर्णिमाको पावन अवसरमा ललितपुर महानगरमा ६८ वर्ष देखि निरन्तर रुपमा विभिन्न धार्मिक कार्यक्रमहरुको आयोजना गरी बुद्ध जयन्ती मनाउँदै आइरहेकोमा यो बर्ष सिमित रुपमा मात्र मनाइने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । २५६४ औं बुद्धजयन्ती मूल समारोह समिति ललितपुरले जारी गरेको विज्ञप्ति अनुसार, लिच्छवी राजा शिवदेव प्रथमद्वारा प्रतिस्थापित कलात्मक एवं पौराणिक, ऐतिहासिक ललितपुर महानगरको महत्वपूर्ण यस शिवदेव संस्कारित ओंकुलि श्री रुद्रवर्ण महाविहार, ओकुबाहाःमा २५६४औं बुद्ध जयन्ती समारोह आयोजना…
Read Moreयो वर्ष बुद्धजयन्तीमा वृहत कार्यक्रम नगर्ने नेपाल बौद्ध महासंघको निर्णय
कोरोना भाइरसका कारण नेपाल सहित विश्व नै आक्रान्त बनेका कारण नेपाल बौद्ध महासंघले यो वर्ष बुद्ध जयन्तीमा वृहत कार्यक्रम नगर्ने भएको छ । महासंघले विज्ञप्ती जारी गर्दै आउँदै गरेको २५६४ औँ बुद्धजयन्ती वृहतरुपमा कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीबाट जोगिन विश्वभर नै अधिकांस मुलुकमा लकडाउन गरिएको र नेपाल सरकारको निर्देशन अनुसार भिडभाड गरेर सभा-सम्मेलन गर्न रोक लगाइएका कारण र महामारी फैलिन नदिन महासंघले बुद्धजयन्तीमा विशेष कार्यक्रम नगर्ने भएको हो । महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाद्वारा प्रेशित विज्ञप्तीमा विभिन्न गुम्बा, विहार, बौद्ध संघसंस्थाहरुलाई पनि सरकारको निर्देशन अनुसार…
Read Moreबुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा बौद्ध महायान केन्द्रको ५० हजार सहयोग
नेपाल बौद्ध महायान केन्द्र गुम्बाले बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनले समस्यामा परेको सर्वसाधारणलाई सहयोग गर्न नगरपालिकाले स्थापना गरेको कोषमा गुम्बाले सहयोग गरेको हो । नेपाल बौद्ध महायान केन्द्र गुम्बा बुढानिलकण्ठ-११ का प्रतिनिधिले सहयोग रकम नगर प्रमुख उद्धव खरेललाई हस्तान्तरण गरेका थिए । विपत्तिको बेला सहयोग रकम प्रदान गरेर गुम्बाले ठूलो सहयोग गरेको भन्दै नगरप्रमुख खरेलले धन्यवाद ज्ञापन गरे ।
Read Moreबुद्ध चेतना, पर्यावरण र मानव
प्रा.डा. गोपी उप्रेती जीवन बच्ने र मर्ने त्रासदीपूर्ण परिवेशमा हामी बाँचिरहेका छौं। बाँच्नका लागि हरसम्भव उपाय अपनाएर सुरक्षित हुने कोसिस गरिरहेका छौं। अहिले मानव समाजले सामना गर्नुपरेको अस्तित्वको संकट पनि प्रकृतिसँगको मानवको असन्तुलित सम्बन्धको कारणले नै भएको हो। मानवको पर्यावरण प्रणाली र अन्य जीव प्राणीसँगको सम्बन्धको प्रकृति, उसको खानपिन र सामाजिक संस्कृति इत्यादिले सिर्जना गरेको संकट हो। पशुपन्छी तथा अन्य जीवबाट मानवमा संक्रमण भएका रोग मानवले पर्यावरण प्रणालीमा ल्याएको विचलनका कारणले भएका तथ्य प्रकाशमा आएका छन्। हामी सबैलाई थाहा छ, हामीले एक दिन यस धर्तीबाट बिदा लिनुपर्छ। तर जब अप्रत्याशित…
Read More