विश्व शान्ति विहारमा कथिन चिवर दान सम्पन्न, कोभिड १९ का कारण सिमित भिक्षु मात्रै आमन्त्रित

काठमाडौँको मिनभवनस्थित विश्व शान्ति विहारमा यस वर्षको कथिन चिवर दान कार्यक्रम बुधवार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण एकदमै सुरक्षित तवरले सामान्य तरिकाले कथिन चिवर दान कार्यक्रम गरिएको विहारका प्रमुख भिक्षु बोधिज्ञानले बताए । यसपटक चिवर दान सम्पन्न गर्न मलेशियाका दाताहरुले सहयोग गरेका छन् । कोभिड १९ कै कारण यसवर्ष विहार बाहिरबाट भिक्षुहरुलाई आमन्त्रण समेत नगरिएको उनले जानकारी दिए । विहारमै रहेका पनि निकै सिमित भिक्षुहरुलाई मात्रै सहभागि गराई दान कार्यक्रम गरिएको उनले उल्लेख गरे । यो वर्ष विश्व शान्ति विहारका ७ जना भिक्षु तीन महिने वर्षावास बसेका थिए…

Read More

हरेक महिनाको दशमी तिथिमा रिग्जिन दुईपा अर्थात् विद्याधर गणचक्र पूजा गर्दै बि.टि.एम.सी

बुद्धिष्ट टिचिंग एण्ड मेडिटेसन सेन्टरले हरेक महिनाको दशमी तिथिमा एकदिने रिग्जिन दुईपा अर्थात् विद्याधर गणचक्र पूजा आयोजना गर्ने भएको छ । पहिलो पूजा भोली मंसिर ९ गते हुँदैछ । काठमाडौँको किमडोल, स्वयम्भूमा पूजा गरिने बि.टि.एम.सी.का प्रमुख खेन्पो सोनाम गुर्मे तामांगले जानकारी दिदै पूजामा सहभाग हुन आग्रह पनि गरेका छन् । पूजा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । पूजाको धर्म टिभीको अफिसियल फेसबुक पेजबाट लाइभ समेत गरिदैछ । छेच्यू (दशमी) विशेषगरी गुरु पद्मशम्भवको जन्म दिनको पवित्र तिथि भएका कारण हिमाली भेगका बौद्ध धर्मावलम्वीले दशमीको दिन छोग (गणचक्र) पूजा गर्ने…

Read More

पिपली थेरवाद बुद्ध विहारमा कथिन दान सम्पन्न

काठमाडौँको सिफलस्थित पिपली थेरवाद बुद्ध विहारमा कथिन चिवर दान सम्पन्न भएको छ । आइतबार उक्त विहारमा भिक्षु तिस्सलाई दाताहरुले दान गरेका हुन् । भिक्षु तिस्स ३ महिने वर्षावास बसेका थिए । चिवर दान कार्यक्रममा नर बुद्ध विहारका प्रमुख भिक्षु पुण्णले पञ्चशील, सिद्धिपुर बुद्ध विहारका प्रमुख भिक्षु विमलोले धर्मदेशना र चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले कथिन अष्टपरिस्कार वाक्य वचन गरेका थिए । बुद्ध विहारमा भएको उक्त कथिन चिवर दानको दाताहरु गोकर्णेश्वर नगरपालिका दक्षिणढोका निवासी नानीमैया गुरुङ्ग घले र उपासक भरत बहादुर घले परिवार रहेका थिए । कार्यक्रममा गुरुङ्ग, मगर,…

Read More

बौद्ध धर्मको इतिहासको एक खम्बाः फा सियान, जसको कारण बुद्धको जन्मस्थल पत्ता लाग्यो

पुग्न त बौद्ध धर्म सन् ६७ मै चीन पुगिसकेको थियो र विस्तारै लोकप्रिय पनि हुन थालेको थियो । तर लामो समयसम्म यो शुद्ध रूपमा रहेन । शुद्ध रहोस् पनि कसरी र, चीनसँग यो धर्मबारे व्याख्या गर्ने आधिकारिक ग्रन्थ नै थिएन । गौतम बुद्धले के भनेका थिए, त्यसैबारे भ्रम थियो । बौद्ध धर्मको व्याख्या गलत ढंगले भइरहेको थियो । यस्तोमा एकजना चिनियाँ भिक्षु फा सियान (कतिपयले फा हियान पनि भन्ने गर्छन्) निस्के, बौद्ध धार्मिक यात्रामा । कालान्तरमा उनको यात्रा नै बन्यो इतिहासको भरपर्दो स्रोत । अहिले पनि नेपालसँगै भारतीय बौद्ध धर्मको अध्ययन गर्न फाले लेखेको किताबमा भर नपरेर…

Read More

यसकारण भिक्षुहरुले त्रिपिटक लिपिबद्ध गरे

बुद्धले बुद्धत्व प्राप्तिदेखि महापरिनिर्वाणसम्म धर्मसम्बन्धी उपदेश लगातार दिइरहे । बुद्धले उपदेश न कुनै एक खास व्यक्तिलाई मात्र दिएका थिए, न त एक खास स्थान वा खास समुदायलाई । उनले आफूद्वारा स्थापित संघका लागि आवश्यकता अनुसार नियम पनि बनाए । बुद्धको समयसम्म यी सबै उपदेश मौखिक थिए । उनका शिष्यले त्यसलाई कण्ठस्थ पार्थे । भिक्षुहरूमा सबैसँगै मिलेर कण्ठस्थ पार्ने चलन थियो । बुद्धको महापरिनिर्वाणपछि उनका मुख्य–मुख्य शिष्यले सबै उपदेशलाई संग्रहित गर्नु पर्ने आवश्यकता देखे । बुद्धका उपदेशहरु श्रृतिश्रवण परम्परामा मात्रै सिमित राख्दा कालान्तारमा आफु अनुकुल व्याख्या हुने वा सुनाइन सक्ने सम्भावना…

Read More

महास्थिवीर उपालि बौद्ध कालका एक महान आदर्श पात्र

विनयधर उपालि महास्थिवीर उपालि बौद्ध काल का एक महान आदर्श पात्र हुनुहुन्छ। महास्थिवर उपालि बौद्ध धम्मको यो विशिष्टता को घोषणापत्र हुनुहुन्छ कि एक निम्न जाति मा उत्पन्न व्यक्ति पनि भगवान बुद्धको मार्गको अनुसरणगर्दै महामानवको पदलाई प्राप्त गर्नु भएको छ। उपालि भगवान बुद्ध द्वारा स्थापित विनयहरुको श्रेष्ठ विद्वान ज्ञाता हुनु भएको थ्यो। वर्तमान विनय पिटकको संग्रह गर्ने श्रेय उपालि महा स्थविरलाई नै जान्छ। त्यसै कारणले वहाँलाई बौद्ध साहित्यमा विनयधर को नामले सम्मान वर्णन गरीएको छ। महास्थविर उपालि भिक्खुहरु लाई प्रशिक्षित गर्नमा विशेष रूपले पारंगत हुनु हुन्थयो र आफ्नो जीवन को एक…

Read More

ञ्युङ्ने भनेको के हो ?

बौद्ध धर्मभित्रका विभिन्न अभ्यासहरुमध्ये ञ्युङ्ने पनि एक हो । पछिल्ला केही वर्षहरुमा ञ्युङ्ने अभ्यासको क्रम बढ्दै गइरहेको छ । यद्यपी ञ्युङ्ने अभ्यासलाई संस्कारको रुपमा नभई यथार्थको अभ्यासको रुपमा आत्मसात गर्दै जानु पर्ने धर्मगुरुहरु बताउँछन् । ञ्युङ्ने भन्नाले खानापिन कम अथवा त्यागेर पाप नष्ट गरी पूण्यको सञ्चयको अभ्यासमा रहने विधि हो । यो अभ्यासमा रहुञ्जेल बोल्ने र खाने पिउने गरिदैन । ध्यानै ध्यानमा रहेर ञ्युङ्ने अभ्यास गरिन्छ । ञ्युङ्ने गुरुकुलमा गरिने अभ्यास भएकाले गुरु अनुसार पूजापाठ मोन्लम भने केही फरक हुन सक्छ । यद्यपी यसको अभ्यास र अर्थ समग्रमा एउटै हुन्छ…

Read More

चारुमती बुद्ध विहारमा कथिन चिवर दान सम्पन्न, भिक्षु तपस्सी धम्मको २७ औं वर्षावास पुरा

बौद्ध धर्मावलम्वीले अत्यन्तै आदर र श्रद्धापूर्वक गर्ने कथिन चिवर दान काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा सम्पन्न भएको छ । अत्यन्तै नियमपूर्वक ३ महिनाको वर्षावास सम्पन्न गरेका भिक्षुहहरुलाई उपासक तथा उपासिकाको तर्फबाट श्रद्धापूर्वक कथिन चिवर दान गर्ने परम्परा रहेको छ । चारुमती बुद्ध विहारमा पनि हरेक वर्ष कथिन चिवर दान कार्यक्रम हुँदै आएको छ । यस वर्षको चिवर दान मंगलवार सम्पन्न भएको छ । कोरोना महामारीका कारण संक्रमण नफैलियोस् भनेर सिमित उपासक तथा उपासिकाको उपस्थितिमा चिवर दान गरिएको थियो । चारुमति बुद्ध विहार, चाबहिलका प्रमुख भिक्षु श्रद्धेय तपस्सी धम्म महास्थविरले संघ…

Read More

कथिन चिवर दान र यसको महत्व

भिक्षु ज्ञानेन्द्र स्थविर “सद्धम्म कोविद” अध्यक्ष–अ.बु.प.उ.विहार, बुटवल उपसम्पदा भिक्षुहरुलेहरेक बर्ष तीन महिनाको बर्षाबास अधिष्ठान गरि आसार पूर्णिमाको दिन संघउपोसथ गरेबाट सुरुबात भएर आश्विन पूर्णिमासम्ममा विनय पूर्वक सम्पन्न गरेको दिन संघ पवरणा गरेदेखि एक महिनाको अवधिभित्र एउटा विहारमा एकपटक आयोजना गरिने विशेष चीवर दान उत्सवलाई कथिन चीवर दान उत्सब भनिन्छ । पावाकातिंस वर्गी (३०जना) भिक्षुहरु जो आरण्य(जंगल) बासी, पिण्डपात (भिक्षाटन) मात्र गरेर भोजन गर्ने, तीन चीवर मात्र प्रयोग गर्ने विनयधर शीलवान हुनुहुन्थ्यो । पावा महत्वपूर्ण ठाउँ हो । यो हालमा भारतको पूर्बि विहार राज्यमा पर्दछ । यहिँ ठाउँमा पतन्जली योग विद्याका…

Read More

बुद्ध दर्शन एक जीवन पद्धति

ज्ञान मित्र मानिसका दुःख पनि अनेक हुन्छन्। सुख र दुःखको परिभाषा पनि विचित्रकै छ। हुन त आइन्स्टिनपछि सबै कुरा सापेक्ष हुन् भनी पाएको उधारो ज्ञानको दम्भले मानिसलाई स्वयंको बोध र चेतको प्रयोग गर्न दिन्न। उधारो लिएको धनले मात्रै सकस दिने होइन, उधारो ज्ञानले पनि व्यक्तिको चरित्र र व्यक्तित्वमा हीनता एवं परनिर्भरताको छनक दिइरहन्छ। सुख(दुःख सापेक्ष हुन् भनी संसारका कति जना प्राणीले यी प्रति समभाव राख्न सक्छन्? उपदेश दिने कुरामा त जो पनि अत्यन्त प्रवीण हुन्छ तर त्यही परिस्थिति आफूमाथि आइपर्दा उधारो ज्ञान र कुनै श्रमबिना अर्जिएको संयम आवरण छताछुल्ल हुन्छ।…

Read More