नेपाल, भारत र तिब्बत बाहेक रुसमा पनि प्राचीन समयदेखि नै बौद्ध धर्म पुगिसकेको ऐतिहासिक अभिलेख पाइन्छ । ऐतिहासिककालदेखि नै बौद्ध धर्मको विस्तार भएका कारण रुसमा बौद्ध धर्मलाई प्राचीन धार्मिक संस्कार र ऐतिहासिक सम्पदाको रुपमा लिइन्छ । रुसमा विद्यमान विभिन्न धर्म तथा सम्प्रदायसँगै बौद्ध धर्म पनि रुसभरि नै फैलिएको छ । रुसका धेरै आदिवासी बौद्ध धर्म र संस्कारको पालना गर्छन् । पूर्वी एसियाली देशहरुसँग जोडिएका कारण रुसको साइवेरीयामा सर्वप्रथम बौद्ध धर्मको विस्तार भएको थियो । साइवेरीयामा महायानी बौद्ध मध्ये गेलुक्पा परम्पराको अनुशरण गर्नेको बाहुल्यता बढि छ । यसबाहेक अन्य परम्पराको अनुशरण…
Read MoreCategory: Featured
अफ्रिकनहरुले किन अपनाउन थाले बौद्ध धर्म ?
कैयौं शताब्दी देखि (१९/२०) औं शताब्दीसम्मका केही परिवर्तनमा देखा परेका पश्चिमी धर्म अनुसरण गर्दै आएका अफ्रिकनहरू धार्मिक, राजनीतिक तथा विविध विषयमा विभेदीकरणमा परेका कालाजति अहिलेको समयमा पुर्वीय धर्म अनुसरण गर्नु थालेका छन् । पुर्वीय धर्म भित्रपनि बौद्ध धर्ममा उनीहरुको धेरै अभिरुचि रहेको देखिन्छ । राजनीतिक र धार्मिकरुपमा पनि विभेदमा परेका अफ्रिकीहरू अहिले खोज अध्ययन अनुसन्धान गर्दै सत्यताको पक्षमा र राजनीतिक र धार्मिकरुपमा पनि धेरै अगाडि बढिसकेको देखिन्छ । अफ्रिकान धर्म अनुसन्धानकर्ता जेनिसर जर्क भन्छन् “हामी राजनीतिमा र धर्ममा वर्णको आधारले हेर्ने र रङ्गभेदका आधारमा काला र सेताको जातिमा वर्गीकरण गर्दिने…
Read Moreपरित्राण पाठ भनेको के हो ? परित्राण पाठ किन गरिन्छ ?
बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठ परित्राण पाठ हो । परित्राण पाठ (सुत्र) बिश्व भरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । यो अभ्यास विशेष गरि पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ । यो पाठ स्वयम् तथागत गौतम बुद्धले विभिन्न समय, विभिन्न अवस्थामा पाठ गर्नु भएको थियो । परित्राण पाठमा गरिने पाठ (सुत्रहरु मध्ये अधिकाश सुत्रहरु बुद्धका आधारभूत उपदेश (शिक्षाहरु) हरुबाट छानी–छानी लिइएको छ । यो परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति…
Read Moreयसकारण नेपाल बौद्ध धर्मको मुख्य श्रोत
बौद्ध धर्मलाई पालि र संस्कृत भाषामा लेखिएका ग्रन्थका आधारमा न विभाजन गर्ने गरिन्छ । पाली र संस्कृत भाषामा लेखिएका पुस्तकबाहेक नेपाल बौद्ध धर्मका लागि सबैभन्दा ठूलो स्रोत हो । अझ भनौँ– काठमाडौँ उपत्यका । यहाँ धेरै संख्यामा महायानी बौद्ध ग्रन्थ सुरक्षित छन् भन्ने तथ्य बाहिर आएको पनि केही सय वर्ष मात्र भयो । यसअघि काठमाडौँ उपत्यका बौद्ध धर्मको खास श्रोत हो भन्ने खासै थाहा थिएन । यसको श्रेय राणा शासनमा नेपाल आएका बेलायती ब्रायन हड्सनलाई जान्छ । उनले नै पहिलो पल्ट यसबारे पश्चिममा जानकारीमा ल्याए । त्यतिबेला यसले बौद्ध धर्मको…
Read Moreधार्मिक सहिष्णुताका प्रतिक : मास्टर कर्मा तान्पाई ग्लाजेन रिन्पोछे
सुरज खड्का बौद्ध जगतका एक सुप्रशिद्ध धर्मगुरु रिन्पोछे कर्मा तान्पाई ग्याल्जेनको यही २८ नोभेम्बरमा युरोपको हंगेरीमा परिनिर्वाण भएको छ । बौद्ध धर्मप्रतिको उनको ज्ञान र निष्ठाले अभिप्रेरित हुँदै आएका नेपाल लगायत विश्वका विभिन्न स्थानमा रहेका उनका शिष्यहरुले उनको परिनिर्वाणपछि अभाव महशुष गरिरहेका छन् । र, हरेक भेटमा ‘जय हो’ भन्ने उनको थेगो सम्भवत उनलाई नजिकबाट भेट्नेहरुले सधै स्मरण गरि रहने छन् । को हुन् कर्मा तान्पाई ग्याल्जेन ? आचार्य कर्मा तान्पाई ग्याल्जेनको जन्म तिब्बतको कैलाशमा भएको थियो । अति नै पवित्र धार्मिकस्थलमा भएको जन्मका कारण पनि हुन सक्छ सानै उमेरदेखि उनमा…
Read Moreजुममा गुञ्जियो धम्मचक्क सुत्र पाठ, विश्वका १४ भन्दा बढि देशका भिक्षु तथा उपासक सहभागि
सोमबार विश्वका विभिन्न मुलुकमा रहेका भिक्षु, भिक्षुणी, उपासक तथा उपासिकाद्वारा एक साथ धम्मचक्क सुत्र पाठ गरिएको छ । कात्तिक शुक्ल पूर्णिमाको अवसर पारेर विश्वभरका बौद्ध धर्मगुरु तथा अनुयायीहरुले सुत्रपाठ गरेका हुन् । बौद्ध धर्मावलम्वीका लागी यो पूर्णिमा अत्यन्तै महत्वपुर्ण रहेको छ । यसै दिन गौतम बुद्धले ५ जना ब्राह्मण भिक्षुलाई धम्मचक्क सुत्र देशना गर्नु भएको थियो । वर्ल्ड एलायन्स अफ बुद्धिजमले आयोजना गरेको कार्यक्रममा नेपाल सहित थाइल्याण्ड, म्यानमार, श्रीलंका, अमेरिका, भारत लगायतका १४ भन्दा बढि मुलुकका भिक्षु, भिक्षुणी तथा अनुयायी सहभागि थिए । नेपालबाट भिक्षु तपस्सी धम्म, भिक्षु बोधिज्ञान लगायत…
Read Moreमास्टर कर्मा तान्पाई ग्याल्जेनको परिनिर्वाण
काठमाडौँको जोरपाटी सुन्दरटोलस्थि डुब्छेन छ्योलिङ (सेतो) गुम्बाका प्रमुख कर्मा तान्पाई ग्याल्जेनको निधन भएको छ । उनको निधन भएको समाचार सुन्दा निकै दुख लागेको बताउँदै कमलशीला इन्स्टिच्यूटको फेसबुक पेजमा उक्त इन्स्टिच्यूटमा प्रमुख प्रशिक्षक आचार्य लामा केल्जांग र आचार्य लामा सोनामले उल्लेख गरेका छन् । पछिल्लो धर्मदेशनाका क्रममा हंगेरीमा रहेका कर्मा तान्पाईको उतै निधन भएको हो । बौद्ध धर्मको प्रवर्धनमा उल्लेखनीय योगदान दिदै आएका कर्मा तान्पाई धार्मिक सद्भावनाका लागी उद्धाहरणीय धर्मगुरु थिए । उनले विश्वका विभिन्न शक्तिशाली तथा चर्चित व्यक्तिहरुलाई समेत प्रत्यक्ष भेटेर बौद्ध ज्ञान बाढ्ने गरेका थिए ।
Read Moreस्वयम्भू क्षेत्रका बौद्ध सम्पदा नहटाउन आग्रह, जवरजस्ती गरिए आन्दोलन गर्ने बौद्धमार्गीको चेतावनी
सडक विभागले चक्रपथ विस्तारको दोस्रो चरणमा स्वयम्भू क्षेत्रको बुद्धपार्कभित्र रहेका केही बौद्ध धार्मिक सम्पदा भत्काउन लागेको भन्दै बौद्ध धर्मावलम्वी आक्रोशित बनेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै सम्पदा भत्काउने कार्य विरुद्ध आन्दोलन गर्न स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔ अभियान गठन गरिएको समेत जानकारी दिइयो । आचार्य नुर्बु शेर्पाको संयोजकत्वमा मंसिर ५ गते बौद्ध धर्म सम्बन्धित विभिन्न धार्मिक संगठनको उपस्थितिमा स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियान गठन गरिएको हो । कलंकीदेखि चावहिलसम्मको सडक विस्तारको क्रममा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुप (साङ्गे तोङ्कु)…
Read Moreपोखराको धर्मशिला विहारमा कथिन चिवर दान सम्पन्न, विहार निर्माणका लागी २ लाख सहयोय प्राप्त
पोखरा ३, नदिपुरस्थित धर्मशिला बुद्ध विहारमा आज कथिन चिवर दान कार्यक्रम गरिएको छ । कथिन चिवर दान कार्यक्रममा सहभागि हुन काठमाडौँको विश्व शान्ति विहारका प्रमुख भिक्षु बोधिज्ञान सहित ७ जना भिक्षुको समूह पोखरा पुगेका थियो । धर्मशिला बुद्ध विहारका भिक्षु धज्जवन्तो वर्षावास बसेका थिए । असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म वर्षावास बस्ने भिक्षुहरुलाई वर्षावास सकिएपछि कथिन चिवर दान गर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार धर्मशिला बुद्ध विहारमा शनिबार चिवर दान कार्यक्रम गरिएको हो । चिवर दान कार्यक्रमको दाता पोखरा निवासी सुजन वज्रचार्य र संगीता वज्राचार्य रहेका थिए । धर्मशिला…
Read Moreबौद्ध धर्ममा पञ्चशीलको महत्व र उदारता
बौद्ध धर्ममा पञ्चशीलको एकदमै ठूलो महत्व छ । पञ्चशील बौद्ध धर्मको आधारभुत पाँच शीलहरुको संग्रह हो । अंगुत्तरनिकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा पञ्चशीलको वर्णन गरिएको छ । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापद भनिएको १० शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशील बौद्ध धर्म प्रवेश गर्ने प्रवेशद्वारको रुपमा लिइन्छ । पञ्चशीलमा बुद्धको मार्गमा हिड्नका लागि प्राणी हिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा अरुले नदिएको नलिने, झुठो नबोल्ने, आफ्नो पति वा पत्नी बाहेक अरुसँग नलाग्ने (भिक्षुहरुले कोहीसँग पनि व्यभिचार नगर्ने) प्रण लिइन्छ…
Read More