भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति राखिने भएको छ । म्यान्मारमा निर्मित १ हजार ८ सय केजी तौल भएको मूर्ति स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा राख्न लागिएको हो । म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले फाउन्डेसनलाई २ करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति सहयोगस्वरूप दिएको थियो । नेपाल सरकारसँग समन्वय गरेर मूर्ति भैरहवा विमानस्थलमा राख्न लागिएको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलमा मूर्ति स्थापनासँगै शान्तिका प्रतीक भगवान् गौतमबुद्धका माध्यमबाट नेपाललाई विश्वभर प्रचारप्रसार गर्न थप सहयोग पुग्ने उनले बताए । उनका अनुसार मूर्ति म्यान्मारबाट हङकङ–कोलकाता हुँदै नेपाल…
Read MoreCategory: Featured
मायादेवी मन्दिर खुल्यो
साढे ३ महिनापछि मुलुकको प्रमुख पर्यटकीय गन्तब्य लुम्बिनीस्थित मायादेवी मन्दिर पर्यटकका लागि बिहीवारबाट खुला गरिएको छ । मन्दिर खुलैसँगै बिहानै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमतीसहित आएर पूजाआजा गरेका थिए । मन्दिर खोलिएसँगै आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ । बिहीबार मात्रै ५ सय बढी पर्यटकले मन्दिर अवलोकन गरेका छन् । केन्द्रीय नहरमा डुंगा संचालन भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश गर्न दिईएकोछ । दर्शकहरूलाइ डेढ-डेढ मिटरको दुरीमा उभिन लगाई लाईन लगाएर ज्वरो नापेर भित्र पठाउने गरिएको छ । मास्क अनिवार्य गरिएको छ । मन्दिर,…
Read Moreम्यानमारमा पक्राउ परेका भिक्षु रिहा
म्यानमारको सेनाले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ । राष्ट्रवादी र मुस्लिमविरोधीको रुपमा चिनिएका उनलाई यसअघिको सरकारले राजद्रोहको मुद्दा लगाएको थियो । विराथु यसअघि पनि सेनाको समर्थकको रुपमा चिनिन्थे । विराथुलाई ‘बुद्धिस्ट बिल लादेन’को उपमा दिइएको थियो । उनले मुस्लिम समुदाय विशेषगरी रोहिंग्यालाई लक्षित गरेर दिने गरेको भाषणको कारण उनलाई उक्त उपमा दिइएको थियो । उनले पछिल्ला केही वर्षमा सैन्य गतिविधिको समर्थन र आङ साङ सुकीलगायतका नेताको विरोध गर्दै आएका थिए । २०१९ मा उनी सरकारविरुद्ध घृणा तथा अपमान फैलाएको आरोपमा पक्राउ परेका थिए । त्यसयता उनीमाथिको मुद्दामा…
Read Moreबुद्धलाई बुझ्ने कसरी ?
भिक्षु कश्यप बुद्धलाई भगवान मानिन्छ। भगवान शब्दका कारण ‘अनिश्वरवादी’ बुद्धलाई किन भगवान भनियो भनेर शंका उत्पन्न हुन सक्छ। खासमा बौद्धकालमा भगवान शब्दको अर्थ ‘सृष्टिकर्ता ईश्वर’ भन्नेमा प्रयोग हुन्थेन। पाली भाषामा ‘भग्गो ति रागो भगवा, भग्गो ति दोसो भगवा, भग्गो ति मोहो भगवा’ अर्थात् जसले राग, द्वेष र मोह भगाउन वा हराउन सक्यो, त्यो नै भगवान भन्ने अर्थमा यो शब्द प्रयोग हुन्थ्यो। आज पनि बुद्धलाई भगवान भनेर सम्बोधन गरिने यही अर्थमा हो, न कि सृष्टिकर्ता ईश्वर मानेर। बुद्धको नाम सिद्धार्थ थियो, गौतम गोत्र। सिद्धार्थ गौतमका बुबा शुद्धोधन तथा आमा महामाया थिए,…
Read Moreलण्डनमा बन्यो नेपाली बौद्ध गुम्बा
लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार ६६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताए । कूल दुई लाख ८३ हजार ५०० पाउण्डमा खरिद गरिएको उक्त गुम्बाको भवनका लागि संस्थाले उठाएको रकममा थप अपुग भए पनि केही ऋण लिएर पूरा गरिएको बुद्धिष्ट सेन्टरले जनाएको छ । सन् २०१६ मा स्थापना गरेको यो संस्थामा स्थापना गर्दा केवल २१ जनाबाट गरिएको थियो तर हाल यस संस्थामा ४५१ जना आजीवन सदस्य र १४१…
Read Moreवि.सि.सि. लण्डन ब्राञ्चको आयोजनामा तेर्तोन नाम्खा ड्रिम्ड रिन्पोछेको प्रवचन सेप्टेम्बर ५ हुँदै
बुद्धिष्ट कम्यूनिटी लण्डनको आयोजनामा फेब्रुअरी २७ देखि सुरु भएको भर्च्युयल धर्मदेसना र लुंग यही सेप्टेम्बर ५ मा समापन हुँदैछ । समापन कार्यक्रम बेलायतको लण्डनबाट तेर्तोन नाम्खा ड्रिम्ड रिन्पोछे ज्यूबाट प्रवचन आयोजना हुनेछ । सुरु भएयता हरेक २ हप्ताको फरकमा हुँदै आएको कार्यक्रममा नेपालको पोखरा, काठमाडौँ, भारतको सिक्किम र सिंगापुरबाट रिन्पोछे, खेन्पो र धर्मगुरुहरु सहभागि भई भर्च्युयल प्रवचन धर्मदेशना दिनु भएको थियो । अहिलेसम्म १३ पटक भइसकेको धर्मदेशना लण्डनबाट समापन हुँदैछ । समापन कार्यक्रमको नेपाल बुद्धिष्ट न्यूजको अफिसियल फेसबुक र युट्युव च्यानल Nb Tv बाट प्रत्यक्ष प्रशारण हुनेछ । कार्यक्रम जुममार्फत…
Read Moreबौद्ध भावना केन्द्रमा बुद्ध मूर्ति अनावरण
काठमाडौंको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको अनावरण गरिएको छ। केही दिन अघि केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहेका बुद्धको प्रतिमा अनावरण गरिएको हो। प्रतिस्थापित प्रतिमा बाबुकाजी शाक्यको परिवारले आफ्ना दिवंगत मातापिता, श्रीमती र छोराका नाममा दान गरेका हुन्। प्रतिमा प्रतिस्थापनका अवसरमा भिक्षु इन्दक स्थवीरले शील प्रदान गरेका थिए। भने भिक्षु संघबाट बुद्धाभिषेक ९मंगल पाठ० र बुद्ध पूजा गरिएको थियो। भिक्षु ञाणाबुध स्थविरले उपदेश दिएका थिए। यो भवन बनाउन महानगरले करीव ४ करोड रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। केन्द्रका अध्यक्ष प्रत्येक रत्न ताम्रकारका अनुसार भवन निर्माणको काम…
Read More‘वी ह्याभ अ ड्रिम’का लागि विश्वका २०१ युवामा छानिए नेपाली लामा वाङचुक
किमोलुङ फाउण्डेसनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामा वर्ल्ड ड्रिम प्रोजेक्टले विश्वभरका युवाहरुको सपना समेटेर प्रकाशन गरिने पुस्तक वी ह्याभ अ ड्रिममा छनौट भएका छन् । विश्वभरका २ सय १ देशका २ सय १ युवाका सपना समेटिने क्रममा नेपालमा लामा छनौट भएका हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा आफुले गर्न चाहेको कामको विवरणलाई उक्त पूस्तकमा समेटिएको छ । उनले आफ्नो स्वस्थ र सुखी नेपालको परिकल्पना प्रस्तुत गरेका छन् । लामाको वर्ल्ड ड्रिम प्रोजेक्टसँगको सम्बन्ध २०१४ मा आयरल्याण्डमा भएको वन योङ कन्फ्रेन्समा युवा सद्भावना दुतको रुपमा जाने क्रममा भएको हो । कन्फ्रेन्समा…
Read Moreनाग र गौतम बुद्ध सम्बन्धी यो धार्मिक प्रसंग
बोधगयामा बुद्धले बैशाख पूर्णिमा तिथिमा बुद्धत्व ज्ञान प्राप्त गरेपछि त्यहीँ सात स्थानमा १ हप्ताको दरले सात हप्ता बिताउनु भएको थियो । छैटौं हप्ता मुचलिन्द बृक्षमुनी बस्नुहुँदा ठूलो हावाहुरी असिना पानी आएको थियो । त्यस बेला बुद्धको ध्यान भङ्ग नहोस् भनी मुचलिन्द नामक नागराजाले आफ्नो फणा फिजाई छाता ओढाएर बुद्धको रक्षा गरेको थियो । एक समय सर्पको टोकाइबाट एक भिक्षुको मरण भएपछि बुद्धले पनि सर्प जातीको भय र टोकाईबाट रक्षा हुन चार नागराजाहरुलाई मैत्री पुर्याउनु खन्ध सुत्र पाठ गरिरहनु भनी भिक्षुहरुलाई उपदेश दिनु भएको छ । खन्ध सूत्रको केही अंश हेरौंः…
Read Moreबौद्ध तीर्थस्थल परिक्रमा (कोरा) गर्दा हुने फाइदाहरु
बौद्धधर्मलम्विहरु बिहान ,दिउसो वा बेलुका सधै स्वयम्भु ,बौद्ध वा अन्य स्थलहरुमा रहेको बुद्धिस्ट चैत्य ,मानीहरुमा परिक्रम गर्नेको संख्या बाक्लो देखिन्छ । यसै परिक्रम गर्दा महायाना बौद्ध सुत्र अनुसार निम्न लाभहरु प्राप्त गर्न सकिन्छ । [१] छ्योर्तेन परिक्रमा गर्नार्ले, सयौं कल्प सम्म पनि, कहिल्यै अन्धा, रोगी र असफल नभई, काय अथवा शरीर पनि परि शुद्ध हुनेछ । [२] छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भइ सम्पत्ति पनि प्रसस्त हुनेछ,धनको लोभ नगरी धनको दान गर्नेछ,दान आधिमा बहादुरी हुनेछ । [३] छ्योर्तेन परिक्रमा गर्नाले, मन मोहक भइ हेर्दामा राम्रो देखिनेछ, राम्रो रुप देख्दा खुसी हुनेछ, प्रसस्त सम्पत्ति…
Read More