‘गोल्डेन टेम्पल’ का नामले प्रसिद्ध हिरण्यवर्ण महाविहारको पुनर्निर्माणका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाटनवासीबीच विवाद सिर्जना भएको छ । झन्डै २ हजार वर्ष पुरानो हिरण्यवर्ण महाविहारको निर्माणमा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीले ठूलो परिमाणमा सुन चन्दा दिएको इतिहास छ । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि रेक्टोफिटिङका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाठनवासीबीच विवाद सिर्जना भएको हो । महाविहारको शाक्यमुनि बुद्धको मन्दिर परिसरको पाँचवटै देव–घर प्रबलीकरण प्रविधिको प्रयोग गरी मजबुत बनाउन लागिएको हिरण्यवर्ण महाविहार सुधार समितिले जनाएको छ । ऐतिहासिक दृष्टिले मात्र नभई मूर्त, अर्मूत…
Read MoreCategory: Featured
काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको प्राचीन सम्बन्ध
काठमाडौँ उपत्यका बौद्ध धर्मको विस्तार, अभ्यास र संरक्षणाका लागि परापुर्वकालदेखि नै महत्वपुर्ण रहँदै आएको छ । यहाँ रहेका बौद्धनाथ, स्वयम्भूनाथ लगायत टोल टोलमा रहेका विहार तथा वहिल अनि काठमाडौँबासीको दैनिक जीवनसँग जोडिएको बौद्ध संस्कार यसका उद्धाहरण हुन् । उपत्यकाको प्राचीन इतिहास धार्मिक ग्रन्थ तथा वंशावलीहरुमा आधारित छ । काठमाडौँको इतिहासको जानकारी दिने धार्मिक ग्रन्थहरुमध्ये स्वयम्भू पुराण पनि प्रमुख हो । स्वयम्भू पुराण अनुसार काठमाडौँ उपत्यका प्राचीन समयमा एक दह थियो । दहको नाम नागदह थियो । उक्त दहमा महाचीनका बुद्ध धर्मका बोधिसत्व मञ्जुश्रीले अलौकिक रश्मी देखेर मानव वस्ती बसाउने निर्णय…
Read Moreनेपालमा थेरवादी विहार
मुनीन्द्ररत्न वज्राचार्य रगत–मासुले बनेको मानव शरीरको रक्षा गर्न अन्न, वस्त्र र आवास आदिको आवश्यक छ भन्ने कुरालाई गौतमबुद्धले पनि भन्नुभएको छ । मानव शरीर रक्षानिम्ति आवासीय आवश्यकताको सत्यलाई बुझाउन बुद्धले विहार दानको पुण्य कार्यको अनुमोदन गर्नुभयो । बुद्धका पालामा पनि विहार रहेको कुरा धेरै सूत्रमा उल्लेख छ । विहार भन्नाले बस्ने क्रिया अर्थात् आराम लिने, ज्ञान लिने केन्द्रका रूपमा बोध हुन्छ । त्यो बेला बौद्ध विहारहरूलाई गन्धकुटी पनि भन्ने गरिन्थ्यो । त्यो बेलाका प्रसिद्ध बौद्ध विहार अर्थात् गन्धकुटीहरूमा वेणुवन, जीवक आम्रवन, जेतवन, पूर्वाराम, राजकाराम, निग्रोधराम, कालखेमकाराम, अम्बपालीवन, घोषिकाराम, कुक्कुराम, कालकाराम,…
Read Moreलुम्बिनी विकास गुरूयोजनाः ४४ वर्षअघि काम सुरु, ८० प्रतिशतमै ठप्प
निश्चित समयमा काम सक्ने भनेर सुरू भएका विकास आयोजनाले समय समयमा आफ्ना प्रगति विवरण सार्वजनिक गर्छन्। काम रोकिएको छैन भने केही न केही प्रतिशत प्रगति थपिएकै हुन्छ। लुम्बिनी विकास गुरूयोजनाको निर्माण प्रगति भने सात वर्षपछि एउटै प्रतिशतमा अड्किएको छ। लुम्बिनी विकास कोषले सात वर्षदेखि वर्षेनी यो गुरूयोजनाको प्रगति विवरण सार्वजनिक गर्दा ८० प्रतिशत सम्पन्न भइसकेको विवरण दिन्छ। २०७१ साल बुद्ध जयन्तीको अवसरमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्याङ्बोले लुम्बिनी विकास गुरूयोजनाको काम ८० प्रतिशत पूरा भएको प्रतिवेदन सार्वजनिक गरेका थिए। कार्यक्रममै १५ वर्षमा पूरा गर्ने गरी…
Read Moreबौद्ध चैत्य र स्तुप परिक्रमा गर्दै मनाइने गुँला पर्व सुरु
एक महिनासम्म नुन र तामसी भोजन परित्याग गरेर बौद्ध स्तुप र चैत्य परिक्रमा गरी मनाइने गुँलापर्व सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलका अनुसार सो पर्व सुरु भए पनि स्वयम्भूमा बाजागाजासहित संस्थागत रूपमा आउन प्रतिबन्ध गरिएको छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले तोेकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र स्वयम्भू परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य मापदण्ड पालना गर्ने अनुशासित भक्तजनलाई स्वयम्भू महाचैत्य परिक्रमाका लागि प्रवेश अनुमति दिइएको बताइएको छ । काठमाडौँ उपत्यकामा रहेका चैत्य बहाः बहीमा पनि स्थानीयले भीडभाड हुन नदिन आवश्यक व्यवस्थापन गरिरहेको ओमबहालस्थित…
Read Moreबौद्ध सभ्यता र सिन्धु उपत्यका
रघु परियार सिन्धु घाँटी सभ्यताको व्यवस्थित खोजी तथा अनुसन्धानको काम हुँदा भारतीय पुरातत्व विभागका महानिर्देशक थिए– जोन मार्सल। मोहनजोदडोको एल एरियामा अवस्थित सभा भवनको बनावटलाई लिएर उनले बौद्ध चैत्यजस्तो बताएका थिए। जुन चैत्य जहाँ बौद्ध भिक्षुहरू लामो पंक्ति बनाएर ध्यान गर्दछन्। सिन्धुघाँटी सभ्यताका हडप्पा तथा मोहनजोदडो नगरलाई हेर्दा त्यहाँ बसोबासको क्षेत्र तथा धार्मिक क्षेत्र छुट्टाछुट्टै अवस्थित रहेको पाउँछौं। कपिलवस्तुको बनावटलाई हेर्ने हो भने पनि हामी यस्तै पाउन सक्छौं। बुद्धको घर गनवरिया क्षेत्रमा थियो भने पिपरहवामा धार्मिक क्षेत्र। जस्लाई पुरातत्वविद्हरूले स्तूपक्षेत्र बताएका थिए। सिन्धु घाँटी सभ्यताबाट प्राप्त पीपलको पातको चिन्ह र…
Read Moreकीर्तिपुरको अनौठो बौद्ध चैत्य
काठमाडौं । कीर्तिपुरको पुरानो बस्ती मच्छेगाउँ । मत्छेनारायण लगायतका धार्मिक स्थलहरू रहेको यस ठाउँमा गाईपालक गोपालीहरूको प्रचिनकालदेखि बसोबास रहँदै आएको छ । यहाँ नेपालको अन्य ठाउँमा नभएको बौद्ध चैत्यसमेत छ । चैत्यभित्र अर्को चैत्य रहनु नै यसको मुख्य विशेषता हो । गोपालीहरूको पुर्ख्यौली थलो मच्छेगाउँ, जहाँ प्राचिनकालदेखि विभिन्न समुदायको बसोबास रहँदै आएको छ । हाल यहाँ विशेष गरी गोपाली, मानन्धर र ज्यापु लगायतका समुदाय बस्ने गर्दछन् । नरहरिपुर र मीनतीर्थ पनि भनिने यहाँ मत्च्छेनारायणको प्रसिद्ध धार्मिक स्थल छ । यही परिसरमा एउटा अनौठो बौद्ध चैत्यसमेत रहेको छ । मानन्धर दिदी–बहिनीले…
Read Moreबागलुङमा ५ महिनामै पूनःनिर्माण भयो गुम्बा
पुनःनिर्माण थालेको बौद्व गुम्बा पाँच महिनामै सम्पन्न गरिएको छ । भूकम्पले क्षति पुर्याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित शान्ति बौद्ध बिहार गुम्बा पुनःनिर्माण प्रारम्भ गरेको पाँच महिनामै सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालयले जनाएको छ । विसं २०७२ को भूकम्पले क्षति पु¥याएको उक्त बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न शुरु गरेको थियो । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति बौद्व बिहारको साझेदारीमा पुनःनिर्माण गरिएको हो । विसं २०६२ मा स्थापना गरिएको उक्त गुम्बा २०७० मा विधिवत दर्ता भएर सञ्चालनमा आए पनि २०७२ को भूकम्पले क्षति पुर्याएको…
Read Moreश्रीलंकामा मारिएका ३१ बौद्ध भिक्षुसम्बन्धी मुद्दामा छानविन सुरु
श्रीलंकाको उच्च न्यायालयले सन् १९८७ मा लिबरेशन टाइगर्स अफ तमिल (लिट्टे) द्वारा हत्या गरिएका बौद्ध भिक्षुहरुको विषयमा जाँच सुरु गरेको छ । लिट्टेद्वारा त्यतिबेला बसमा हमला गर्दा ३१ जनाको हत्या भएको थियो । मंगलवार देखि सुरु भएको जाँच प्रक्रियामा श्रीलंकाका महान्यायाधिवक्ताका अधिवक्ताले न्यायालयमा दिएको जानकारी अनुसार उक्त घटनामा बाँचेका भिक्षु अनदौलपोथा बुद्धसाराले घटनाको बारेमा जाँचबुझ गर्न माग गरेका हुन् । अल्पसंख्यक तमिल पृथकतावादीलले पूर्वी र उत्तरी प्रान्तमा छुट्टै देशको माग गर्दै पूर्वी अम्परा जिल्लाको अर्नाथलावामा २ जुन, १९८७ मा आक्रमण गरेका थिए । बसमा ३३ भिक्षु र ३ सर्वसाधारण सवार…
Read Moreबौद्ध स्तुपा पार्क नमोबुद्धको आकर्षण बन्दै
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्कले यस क्षेत्रकै आकर्षण बढाएको छ। सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब रु ७६ लाखको लागतमा धार्मिक प्रवर्द्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो ।पार्कमा बनाइएका वज्रपाणी बुद्ध, गुरु रिन्पोछेका आकर्षक मूर्तिहरुले यहाँ पुग्ने जोकोहीको मन जित्ने गरेको छ ।
Read More