श्रीलंकाले पाकिस्तानको बौद्ध सम्पदा विनाश गर्ने अभियानले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएको छ। पाकिस्तानका ऐतिहासिक कालदेखिका बौद्ध स्थलहरु गुम्बा, स्तूप, बुद्धका मूर्ति, विशेष गरी स्वात उपत्यकामा रहेका संरचनाहरु भत्काइको खबर सार्वजनिक भएपछि श्रीलंका आक्रोशित बनेको हो। चिनियाँ अनुदानमा बन्न लागेको दीमेर-भासा बाँध परियोजनाको जलविद्युत संयन्त्र निर्माण गर्नुपर्ने भन्दै उक्त क्षेत्रका संरचनाहरु भत्काउन लागिएको र पाकिस्तान प्रशासित काश्मीर (पीओके) को गिलगट-बाल्टिस्तान क्षेत्रमा रहेका ३० हजार बौद्ध मूलका शिलालेख र हस्तकलाहरु पनि विनाश गरिएको समाचारमा जनाइएको छ। २०२० मा, पाकिस्तानको उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा केही पाकिस्तानी जनताले १७ सय…
Read MoreCategory: Featured
बौद्धधर्मको जीवितीकरण
हिरण्यलाल श्रेष्ठ भारतले हालका वर्षमा बौद्धमार्गको पुनः जीवितीकरण गर्ने महत्वाकांक्षी योजना बनाएको छ। आफ्ना केही मजबुत र केही सामान्य शक्तिका साधनस्रोतहरूका साथमा, भारत बौद्ध सांस्कृतिक केन्द्रका लागि चीनसँग र जन्मभूमिका लागि नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ। यो कुरा सन् २०११ मा दिल्लीमा भएको विश्व बौद्धमार्गी सम्मेलन– २०१४ को सेप्टेम्बरमा सम्पन्न अन्तराष्ट्रिय बौद्धमार्गी सम्मेलन र २०१७ मार्चमा सम्पन्न एक्काईसौं शताब्दी अन्तराष्ट्रिय सम्मेलन तथा भारतकै आन्ध्र प्रदेशमा विकसित बौद्धमार्गी करिडरका साथ मोदी सरकारका पालामा राष्ट्रिय शक्ति तथा रणनीति विकासका लागि सांस्कृतिक शक्तिलाई सबलीकरण गर्न भएका प्रयासबाट प्रस्ट हुन्छ। भारतमा विकसित बौद्धमार्गीको लामो इतिहास…
Read Moreबंगलादेशले लुम्बिनीमा बौद्ध बिहार बनाउने, तीन वर्षमा बनिसक्ने
९२ प्रतिशत मुस्लिम धर्मालम्बी भएको बंगलादेशले नेपालसँगको सम्बन्ध बलियो बनाउन लुम्बिनीमा बौद्ध बिहार बनाउने भएको छ । सांस्कृतिक पर्यटनको प्रवर्द्धन र नेपालसंगको सम्बन्ध बलियो बनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध बिहार बनाउनेगरी लुम्बिनी बिकास कोषसंग सम्झौता गरेको बंगालादेशका अधिकारीले जनाएका छन् । बंगलादेश सरकारले लुम्बिनीमा बौद्ध बिहार बनाउने भएसंगै लुम्बिनीमा विहार निर्माण गर्ने देशहरुको संख्या १८ पुगेको छ । शनिबारको सम्झौताअनुसार लुम्बिनीको पश्चिमी क्षेत्रमा रहेको ८०–८० मिटर क्षेत्रफलको जग्गामा बौद्ध बिहार बनाउने गरी नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको…
Read More७० वर्षको उमेरमा जटिल भन्तेको निधन
अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय विहारका सस्थापक भन्ते जटिल बुधवार निधन भएको छ । म्यानमारको मचिनामा जटिलाराम विहारमा श्रद्देय जटिल महास्थविर बेलुका ७ः१५ बजे निधन भएको हो । जटिल भन्तेको बि.स. २००८ साल चैत २ गते म्यानमारको मोगोगमा जन्म भएको थियो । बि.स.२०५१÷१२÷२७ गते सोमबार बौद्ध धर्मको प्रबज्जा तथा उपसम्पदा दीक्षा ग्रहण गर्नुभएका भन्तेले म्यानमार र नेपालमा बौद्ध धर्मको शिक्षामा विशेष योगदान पुर्याउनु भएको छ । जटिल भन्तेले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिको वडा नंबर ४ स्थित डिंगरनगरमा रहेको अन्तराष्ट्रिय उदय परियत्ती विहारको स्थापना वि.सं. २०५८ सालमा गर्नु भएको हो । जटिल…
Read Moreलोप हुने खतरामा बुद्धभूमि लुम्बिनीका सम्पदा
रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिका–१२, निपनिया–बन्जरैयामा रहेका पुरातात्विक सम्पदा नदीमा बिलय हुँदै गएका छन् । सिद्धार्थ गौतम बुद्ध जन्मनुभन्दा करिब ७ सय वर्ष पहिलाको मानव बस्ती भएको अनुमान गरिएको पुरातात्विक क्षेत्रका सम्पदाहरु संरक्षण अभावमा नदीमा बग्दै गएका हुन् । बर्सेनि बर्खे भेलमा ऐतिहासिक र बुद्ध जीवनीमा मेल खाने सम्पदा बगिरहँदासमेत यसको संरक्षणमा भने कसैको चासो गएको छैन । सन् १९६४ मा भारतका विश्वविख्यात पुरातत्वशास्त्री एसपी देवले यस क्षेत्रको अध्ययन गरेका थिए । त्यतीबेला सिद्धार्थ गौतम बुद्ध जन्मुनभन्दा ६–७ सय वर्ष पहिलाको मानवबस्ती भएको अनुमान गरिएको थियो । त्यसयता पुरातत्व विभागले र…
Read Moreगौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलाकता आइपुग्यो
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो। ‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो। फाउन्डेसनलाई नेपाल सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने हाम्रो योजना हो,’ फाउन्डेसनका महासचिव गिरीले अनलाइनखबरलाई भने । गिरिका अनुसार १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।’ बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको हो,’ उनले भने। कागाजी प्रक्रिया मिलाएर दुई…
Read Moreअध्येता वसन्त महर्जनको पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ सार्वजनिक
अध्येता वसन्त महर्जनको पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ प्रकाशित भएको छ। बौद्ध दर्शनका विविध पक्षमा अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आएका महर्जनको यो दशौं कृति हो। यस पुस्तकमा बौद्ध दर्शनका विविध पक्ष र विषयवस्तुको चर्चा, चिन्तन–मनन र विश्लेषण गरिएका ५४ वटा आलेख सङ्गृहीत छन्। शास्त्रीय पद्धति अनुसार नभएर बौद्ध दर्शनलाई सर्वसुलभ बनाउन र सर्वसाधारण माझ सहज चिन्तनको संस्कृति बसाल्न यो पुस्तक लेखिएको महर्जनले बताए। बौद्ध दर्शनको मूलभूत मान्यताका रूपमा लिइने त्रिलक्षण अन्तर्गतको अनित्य, दुःख र अनात्म, प्रतीत्यसमुत्पाद, मध्यम मार्ग, विभिन्न यान र सम्प्रदायको विकास तथा त्यसको तात्पर्यमाथि पुस्तकमा चर्चा गरिएको छ। यसरी…
Read Moreहेलम्बुमा गुम्बा पुनःनिर्माण र ३ महिने बौद्ध शिक्षा गर्दै नेपाल बौद्ध संघ
नेपाल बौद्ध संघले सोमवार हेलम्बु गाउँपालिका वडा नं ६, लामाटोलस्थित ज्याङ्छ्युक सेम्प घ्याङ गुम्बा पुनःनिर्माण तथा ३ महिने बौद्ध शिक्षा सम्भोटा लिपी कक्षा सञ्चालन गरिने भएको छ । गुम्बा पुननिर्माण र कक्षा सञ्चालन नेपाल बौद्ध संघले गर्ने भएको हो । गुम्बाका प्रमुख लामा लाक्पा दोर्जे लामाको अध्यक्षतामा ज्याङ्छ्युक सेम्प घ्याङ गुम्बा पुनःनिर्माण तथा ३ महिने बौद्ध शिक्षा सम्भोटा लिपी कक्षा सञ्चालनको विषमा छलफल भएको छ । सोमवार भएको छलफल कार्यक्रममा नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुर, कार्यक्रम संयोजक काइला लामा सहितका प्रतिनिधि, वडाका प्रतिनिधि, गुम्बाका प्रतिनिधि सहित ६० भन्दा…
Read Moreबुद्ध जन्मस्थलमा शाकाहारी भोजन
बुद्ध जन्मस्थल लुम्बिनीमा शाकाहारी खाना अभियान सुरु भएको छ । लुम्बिनीस्थित राजकीय थाई बिहार परिसरमा निःशुल्क शाकाहारी खाना खुवाउन सुरु गरिएको हो । विश्व प्रकाश प्रतिष्ठान, काठमाडौंले थाई विहारसँगको सहकार्यमा यहाँ निःशुल्क भोजन गराइरहेको प्रष्ठिानका केन्द्रिय सचिव विनोदकाजी तुलाधरले जानकारी दिए । प्रष्ठिानका अनुसार पाँच दिनसम्म शाकाहारी खाना खुवाइने छ । आगन्तुक, भन्ते, कोषका कर्मचारीलाई निःशुल्क भोजनदान गराइरहेको तुलाधरले भने । लुुम्बिनी घुम्न आउनेहरुले पनि यहाँ आएर खाना खान सक्नेछन् । तुलाधरले लुम्बिनी क्षेत्रमा शाकाहारी खानालाई प्रमोसन गर्न सकिए बुद्ध जीवनीले सार्थकता पाउने बताए । बुद्धले शान्ति र अहिंसामा जोड…
Read Moreकारागारका कैदीलाई बुद्ध शिक्षा बाँड्दै विजयरत्न तुलाधार
विभिन्न आपराधिक कृयाकलाप गरी कारागार पुगोकाहरु प्रति समाजको दृष्टिकोण नकरात्मक रहेको पाइन्छ । धेरैले कारागारमा पुगेकाहरुसँगको संवाद र भेटघाटलाई नै पनि अपराधकै संज्ञा दिन पनि पछि पर्दैनन् । तर काठमाडौँका विजयरत्न तुलाधार भने आफ्नो अपराधको आत्मबोध गरेर कैदी जीवन विताइरहका कैदीबन्दीहरुलाई सत्मार्गमा ल्याउने प्रयासमा जुटेका छन् । उनले बौद्ध शिक्षा तथा सामाजिक विकास केन्द्रमार्फत् लामा गुरु र भन्तेहरु लगेर कारागारमा रहेका कैदीहरुलाई समय समयमा बुद्ध शिक्षा दिने व्यवस्था मिलाउँदै आएका छन् । उनले आफ्नो यो अभियान भद्र बन्दि गृहमा सञ्चालन गर्दै आएका छन् । कोरोना संक्रमणका कारण रोकिएको उनको अभियानलाई…
Read More