बौद्धमा १३ औं ञिङ्मा मोन्लाम जारी, पुस २२ गते सकिने

विश्व प्रसिद्ध तथा विश्व सम्पदामा सूचिकृत बौद्ध स्तुप नजिकै रहेको रहेको शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा १३ औँ ञिङ्मा मोन्लाम (प्राणिधान पूजापाठ) जारी छ । मोन्लाम पुष १७ देखि सुरु भएको हो । नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथ चैत्य परिसरमा यो मोन्लम कार्यक्रम आयोजना गर्दै आएको भए तापनि बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गर्नेहरुलाई असहज हुने भएको हुँदा आठौँ मोन्लमदेखि शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा आयोजना गर्न थालेको हो । विभिन्न गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा,…

Read More

पोतला दरबार आजदेखि सर्वसाधारणका लागि खुला

चीनको दक्षिण–पश्चिमी स्वशासित क्षेत्र तिब्बतस्थित ऐतिहासिक पोताला दरबार मङ्गलबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । कोभिड–१९ महामारीका कारण चार महिनाभन्दा बढी समयदेखि दरबार बन्द रहेको थियो । तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबार सर्बसाधारणका लागि खुला भएसँगै यहाँ आउने आगन्तुकहरूले मार्च १५ सम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ । तर भ्रमणका लागि एक दिन अगावै अनलाइन रिजर्भेसन आवश्यक पर्ने राजदरबारको प्रशासनले आइतबार जारी गरेको एक घोषणामा उल्लेख छ । दरबार हरेक दिन बिहान ९ः३० देखि अपराह्न २ः०० बजेसम्म खुला रहनेछ । पोताला महल प्राचीन वास्तुकलाको एक नमूना…

Read More

भिक्षु ज्ञानपूर्णिकको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिने

श्रद्धेय अग्गमहापण्डित धर्मचरिय दिवंगत भिक्षु ज्ञानपूर्णिक महास्थविरको जीवनमा आधारित वृत्तचित्र प्रदर्शन गरिने भएको छ । ९० मिनेट लामो वृत्तचित्र ओभासो फिल्म्सले निर्माण गरेको हो । वृत्तचित्र यही आउँदो पुस ३० गते भोलढोका, पाटनस्थित ज्यापु समाजको हलमा प्रदर्शन गरिदैछ । वृत्तचित्र प्रदर्शनीका लागि विहान ९ र ११ बजे दुई शो राखिएको छ भने अपरान्ह १, ३ र ५ बजे पनि वृत्तचित्र प्रदर्शन गरिने छ । नेपालका सातौ संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको २०७७ साल असार १९ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । ६ मंसीर १९९६ सालमा पाल्पाको तानसेनमा जन्मिएका सूर्यलाल…

Read More

विक्रमशील महाविहार र ठमेलको इतिहास

– भागवतनरसिंह प्रधान काठमाडौं महानगरपालिका– २९, ठमेलको सञ्चय कोष केन्द्रीय कार्यालय र अस्कल क्याम्पस बाटोको पश्चिममा अवस्थित विक्रमशील महाविहार काठमाडौं उपत्यकाको अति प्राचीन् विहारमध्ये गणनामा आउँछ । उपत्यकाको सबैभन्दा पुरानो विहार साँखुको वज्रयोगिनी आसपासमा रहेको गुँ विहार मानिन्छ । विक्रमशील महाविहारको पुरानो भग्नावशेष ठमेल गल्कोपाखा सामाखुसीबाट ब्रिटिस चिहानको पश्चिम सानो बाटिकामा अहिलेसम्म पनि उपलब्ध छ । यहाँस्थित पुरानो विक्रमशील महाविहारलाई सामाखुसीको किनारमा रहेकाले यसलाई सामावही भन्ने चलन थियो । सामाखुसीआसपास हर साल सानो तिनो बाढी आइरहनाले यसलाई ठमेलको हारांम्ह म्ह्या मचाः भनेर जानिन्छ अर्थात् चुलबुले पुरानो सामावही सामाखुसीको बाढीले, भूकम्प…

Read More

छोकी ङिमा रिम्पोचेद्वारा बोधगयामा हजारौलाई बुद्ध प्रार्थना

छोकी ङिमा रिन्पोछे र टुल्कु उर्गेन याङ्सी रिन्पोछेले हिमालय संघ सहित करिब २ हजार भिक्षु, भिक्षुणी तथा उपासकहरुलाई शुक्रवार गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नु स्थान बोधगयामा महाबोधि वृक्ष सामु प्राथना गराउनु भएको छ । रिम्पोचेद्वयको प्रार्थना कार्यक्रममा सहभागि हुन पाउँदा सहभागिहरु निकै हर्षित बनेका छन् । प्रार्थनामा सहभागि भएकाहरुले विश्व शान्ति र सत्व ज्ञान प्राप्तिको कामना गरेका छन् । त्यस्तै विहिवारको कार्यक्रममा छोकी ङिमा रिन्पोचे र त्सोङी रिन्पोछेले बुद्ध साधना र हृदय सुत्रको पाठ गराउनु भएको थियो ।

Read More

तमु ल्होसार मनाइदैं

आज पुस १५, गुरुङ समुदायले शुक्रबार हर्षोल्लासको साथ तमु ल्होसार पर्व मनाउँदैछन् । गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ । यसैगरी, राजधानी तथा देशका अन्य स्थानमा बस्ने गुरुङ समुदायले पनि तमु ल्होसार पर्व मनाउदैछन् । यस्तै, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् । चिनियाँ पात्रो अनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ । यस पटक ‘तो ल्हो’ अर्थात बाघ वर्गको बिदाई गरी ‘हि…

Read More

झापामा एक महिने पुर्वागत (ङोन्डो) अभ्यास सम्पन्न

झापा जिल्ला बुद्ध शान्ति नगर गाँउपालिका टिमाईस्थित पल्युल देक्षेन छ्योलिङ गुम्बामा पेनोर रिन्पोछे बौद्ध धर्मालम्बी समाज नेपालको आयोजनमा बिश्व प्रशिद्ध परम पुज्यनिय गुरुवर महामहोपाध्यय खेनक्षेन नम्डोल छिरिङ रिन्पोछे ज्युको मुखारबिन्दुबाट बरिष्ठ गुरुहरु भिक्षु ,भिक्षुणी, उपासक तथा उपासिका गरि ३०० जनाले मंसिर १४ गतेदेखि पौष १४ गते अबिछिन्न रुपमा प्रत्येक दिन बिहान ठिक ७ः०० बजे देखि बेलूकी ६ः०० बजेसम्म अटुट एक महिने महासन्धि गगन धर्म पुर्वागत (ङोन्डो) अभ्यास अत्यन्तै सफलतका साथ सम्पन्न भएको छ । परम पुज्य गुरुवर खेनक्षेन रिन्पोछे ज्युको सामिप्यमा एक महिनासम्म अटुट रुपमा परम पुज्यनीय खेन्क्षेन रिन्पोछेको धाराप्रवाह…

Read More

हेर्न जाने होइन बुद्ध दर्शनमा आधारित नाटक गच्छामि ?

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा निर्माणमा नाटक ‘गच्छामि’ को मञ्चन भइरहेको छ । प्राज्ञ तथा नाटक विभाग प्रमुख निशा शर्माको संयोजन, वरिष्ठ नाटक निर्देशक पोखरेलको परिकल्पना तथा निर्देशन तथा वरिष्ठ रङ्गकर्मी बिरेन्द्र हमालको सहनिर्देशनमा नाटक तयार भएको नाटक काठमाडौँको थापागाउँस्थित कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको हो । बुद्धको जीवनी र दर्शनलाई आधारित रहेर नाटक तयार पारिएको हो । पुस १२ गतेदेखि सुरु भएको नाटक पुस २३ गतेसम्म जारी रहनेछ । नाटकमार्फत बुद्ध जीवनी र दर्शन दर्शकमाझ ल्याउन नाटकको रुपमा मञ्चन गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

Read More

बुद्धभूमि लुम्बिनी भारतीय पर्यटकले भरिभराउ

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय केही चहलपहल देखिन थालेको छ । विशेष गरी भारतीय पर्यटकहरुको आगमनले लुम्बिनी भरिभराउ बनेको छ । लुम्बिनी विकास कोषका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि लुम्बिनीको भारतीय पर्यटक आगमनमा वृद्धि भएको हो । सन् २०२१ मा लुम्बिनीमा ७३ हजार ७ सय ३२ जना भारतीयले भ्रमण गरेका थिए । चालु अंग्रेजी बर्षको नोभेम्बर महिनासम्ममा १ लाख ८८ हजार २ सय ९८ जना भारतीयले लुम्बिनी दर्शन गरेको लुम्बिनी विकास कोषले जनाएको छ । सन् २०१९ मा २ लाख ६ हजार १ सय ७१ जना भारतीय पर्यटकले…

Read More

धुम्रपानका असर बुझाउने लामा जोपा रिन्पोछेको पूस्तक

बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित छन् । उनै लामा जोपा रिन्पोछले लेख्नु भएको पुस्तक धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय सार्वजनिक भएको छ । काठमाडौँको कपनस्थित आनी गुम्बामा पुस्तकको विमोचन गरिएको हो । पूस्तकमा बौद्ध धर्मले धुम्रपानलाई कसरी ब्याख्या गरेको छ भन्ने उल्लेख गरिएको छ । विमोचन कार्यक्रममा बोल्दै जोपा रिन्पोछेले पुस्तक अध्ययन पश्चात स्वस्थकर जीवनका लागि धुम्रपान त्याग्नु किन महत्वपूर्ण छ भन्ने थाहा पाउने बताए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री…

Read More