बुद्ध कालिन समयको कुरा हो, त्यस समयमा कौशल देशमा प्रसेनजीत नाम गरेको एकजना राजा थिए । एक समय जब प्रसेनजीत समस्या नै समस्यामा परे, राजा समस्याहरुबाट छुटकारा पाउने बाटो भेट्टाउन सकिरहेको थिएनन् । यश समस्याको कारण अजातसत्रुको चिन्ता धेरै बढेको थियो । त्यसै समयमा उसको भेट एक तान्त्रिकसगं भयो । राजाले तान्त्रिकसगं चिन्ताको कारण बताए । तान्त्रिकले राजालाई समस्याबाट छुटकारा पाउनको लागि पसु बलिदिने उपाय बताए । राजाले तान्त्रिकको कुरामा बिश्वास गरेर पशुहरुको बलि दिने निर्णय गरे । यशको लागि एक ठुलो अनुस्ठानको तयारी गरियो र बलिको लागि भैंसीलाई बाधेर…
Read MoreCategory: Featured
बौद्ध भिक्षुले पाउने निःशुल्क भिसा किन रोकियो ?
लुम्बिनीका गुम्बामा बस्न आउने बौद्ध भिक्षुहरूले पाउँदै आएको निःशुल्क भिसा सुविधा रोकिएको छ । लुम्बिनी विकास कोषको सिफारिसमा गुम्बाभित्र बस्न आउने भिक्षुले एक वर्षको लागि निःशुल्क भिसा पाउँदै आएका थिए । यस्तो भिसा दुई सातादेखि रोकिएको भन्दै भिक्षुहरूले गुनासो गरेका कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । शाक्यका अनुसार लुम्बिनीभित्र विभिन्न देशले बनाएका गुम्बामा बस्न आउने भिक्षुहरू १० जनासम्मले निःशुल्क भिसा पाउँदै आएका थिए । यस्तो भिसा पछिल्लो दुई सातादेखि रोकिएको र नयाँ नवीकरणसमेत भएको नभएको शाक्यले बताए । भिसा रोकिएको विषयमा तालुक निकाय हुँदै परराष्ट्र मन्त्रालयसम्मलाई जानकारी गराएको कोषले जनाएको…
Read More‘ॐ मणि पेमे हुङ’ को अर्थ र जप गर्दा हुने लाभहरु
शक्ति र शान्तिको मन्त्र “ॐ मणि पेमे हुङ”को अर्थ ॐ : ॐ ले शिर अर्थात् मन्त्रको शिर जनाउछ तसर्थ ॐ भनेको मन्त्रको शिर वा टाउको हो भनेर बुझ्नुपर्दछ । मणि : मणिले बहुमुल्य अर्थात् बहुमुल्य रत्न जनाउछ |तसर्थ मणि भनेको बहुमुल्य रत्न हो भनेर बुझ्नुपर्दछ । जुन आर्य आवलोकेश्वरको हातमा प्रत्यक्ष देख्न सकिन्छ। पेमे : पेमे ले जगतमा सबै भन्दा राम्रो फुल अर्थात कमलको फुल जनाउछ तसर्थ पेमे भनेको कमलको फुल हो भनेर बुझ्नुपर्दछ। जुन फुल पनि आर्य आवलोकेश्वरको हातमा देख्न सकिन्छ । हुङ : हुङले चित्त बज्र अर्थात आत्मा…
Read Moreचीनमा भेटिए यति पुराना बुद्ध मूर्ति
चीनको पुरानो बजारको भग्नावशेषमा सहस्राब्दी पुराना बुद्ध मूर्तिको अंश फेला परेको छ । सान्सी प्रान्तको सिआन सहरको भग्नावशेषमा ६८० भन्दाबढी मूर्ति र प्यागोडाका मूर्तिकला भेटिएका हु्न् । यी मूर्ति थाङ वंश (६१८–९०७) मा बनाइएका मूर्तिको अवशेष हु्नसक्ने बताइएको छ । मूर्तिहरू माटो र ढुंगाबाट बनेका र धेरैजसो क्षतिग्रस्त रहेका चाइनिज एकेडेमी अफ सोसियल साइन्सअन्तर्गत रहेको पुरातत्व संस्थानका हान जिएनख्वाले जानकारी दिए । धेरै बुद्ध मूर्तिहरू रंगीन रेखाचित्र र सुनले सजिएका छन्।
Read Moreपोखरामा अमिताभ बुद्धको अभिषेक गराउँदै राणा रिन्पोछे
प्रशिद्ध बौद्ध धर्मगुरु विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोचे धार्मिक गतिविधिका क्रममा यतिबेला पोखरामा हुनुहुन्छ । आज उहाँले पोखरा आसपासमा रहेका बौद्धमार्गीहरुलाई अमिताभ बुद्धको अभिषेक गराउने कार्यक्रम रहेको छ । अभिषेकसँगै त्यसका साधना विधिहरु पनि उहाँले आज प्रदान गर्दै हुनुहुन्छ । अभिषेक र साधना विधि नेपाली भाषामै हुने भएकाले त्यसको पुण्यलाभ लिन विशेष आग्रह गरिएको छ । अमिताभ बुद्धको अभिषेक र साधना विधि मृत्युको समय अत्यन्तै उपयोगि मानिन्छ । पोखराको ड्यामसाइडस्थित ड्रागन होटलमा हुने अभिषेक कार्यक्रम दिउँसो १ः३० बजेदेखि सुरु हुँदैछ । २२ वर्षभन्दा बढि समय गुफाबास बसेर बौद्ध धर्म,…
Read Moreबौद्ध धर्ममा ञ्युङने (मौनव्रत) को नियम र महत्व यस्तो छ
ञ्युङने मौनव्रतको महत्वबारे भगवान बुद्धको पवित्र ग्रन्थ काग्युर ग्रन्थमा उहाँको वाणी ञ्युङने फेन छेम्बोमा प्रष्ट रूप बताइएका छन् कि “हे कुलपुत्र कुलपुत्री हो, ञ्युङने मौन व्रत हामी जीवनमा एकपटक पालना गर्नाले ४० कल्पको पाप काटिनेछ, अनि देव र मनुष्यको उत्तम जन्म प्राप्त हुनेछ । आठ ञ्युङने मौनव्रत पालना गर्नाले श्रोतापछि ज्ञान प्राप्ति हुने, अनि मृत्यु पछि देवाचेनको शिङखममा जन्म प्राप्त हुनेछ । करिव २५ ञ्युङने मौनव्रत पालना गर्नाले सकृतणामी ज्ञान बराबर प्राप्त भई ८० कल्पको पाप काटिने छ । ५० ञ्युङने मौनव्रत पालना पालना गर्न सके आनगमी ज्ञान बराबरी प्राप्त…
Read Moreबुद्धकालिन धान लोप हुने अवस्थामा
मिठो बासना र स्वादिलो चामलका रूपमा लिइने बुद्धकालिन कालानमक धान लोप हुने अवस्थामा पुगेको छ । तराईका केही जिल्लामा मात्र पाइने यो धान धेरै औषधी, मलखाद र स्याहारको आवश्यकता पर्ने हुँदा किसानले लगाउनै छोडेका हुन् । कम खर्चमा बढी उत्पादन हुने उन्नतजातका प्रजातिमा कृषकको आकर्षण बढ्दा ऐतिहासिक महत्व बोकेको यो धानको अस्तित्व हराउदै गएको छ । नेपालको तराई भागमा मात्र उत्पादन हुने कालानमक धान मधेशबाट नै हराउन थालेका छन् । तराइका जिल्ला मध्ये कपिलवस्तुको पहिचानको रुपमा परिचत धान हराउदै जाँदा जिल्लाको धान उत्पादनमा समेत कमी आएको छ । खाँदा नरम,…
Read Moreफ्रान्समा लिलामीमा राखिएको दीपंकर बुद्धको मूर्ति फिर्ता हुने
फ्रान्सको पेरिसस्थित अन्तर्राष्ट्रिय कला–सम्पदा लिलामी गृह ‘बोनह्याम्स’ले लिलामीमा राखेको दिपंकर बुद्धको काठले बनेको टाउको प्रतिमा ललितपुर, च्यासलस्थित सप्तपुर महाविहारबाट २५ वर्षअघि चोरिएको प्रमाणित भएको छ । यो प्रतिमा आउँदो बिहीबार (डिसेम्बर १५) लिलामीमा जान लागेकोमा सम्पदाको पहिचान र उत्पत्तिको आधार पुष्टि भएपछि ‘बोनह्याम्स’ले आइतबारबाटै लिलामीको सूचीबाट हटाएको छ । दिपंकर प्रतिमासहित अरु ४ सम्पदा ‘बोनह्याम्स’ लिलामीमा राखिएको बारे सम्पदा खोजबिनको अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ले गत साता जानकारीमा ल्याएको थियो । त्यसपछि सुरु भएको पहिचान प्रक्रियामा महाविहारका गुठियार अमिर शाक्य, राजेन्द्र शाक्य, सुरेन्द्रराज शाक्यसहितले २०५५ साउन २८ गते उक्त दिपंकरको…
Read Moreखेन्पो उपाधि प्राप्त आचार्य कर्मा रिञ्जिङलाई सम्मान
आचार्य कर्मा रिन्जिङ शेर्पा खेन्पो (विद्यावारिधी) उपाधिबाट सम्मानित दिक्षित हुनु भएको छ । आचार्य शेर्पाले नालन्द उच्च बौद्ध विश्वविद्यालय, रुमतेक, सिक्किमबाट आचार्य उपाधि हासिल गर्नु भएको थियो । उहाँलाई १२ औँ अवतारी गोशीर ग्याल्छाव रिन्पोचे ज्यूले खेन्पो उपाधि प्रदान गर्नु भएको हो । शनिवार काठमाडौँको बौद्धस्थित रोयल सेतो गुम्बामा आचार्य शेर्पालाई खेन्पो उपाधिबाट विभुषित हुनु भएको अवसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो । सयौँको संख्यामा उपस्थित भएका धर्मावलम्वीहरुले शुभकामना अर्पण गर्दै खेन्पो कर्मा रिन्जिङलाई श्रद्धा र सम्मान व्यक्त गरेका थिए । भोली सोमवार खेन्पो शेर्पाको गृह जिल्ला सिन्धुपाल्चोकको इन्द्रावती…
Read Moreबौद्धमार्गीले माला जप्नुको कारण ?
लामा सांगे लेग्देन भूपेन बुद्ध धर्मको त्री शिक्षा अन्तरगत विनय पिटकको शील तथा शरणगमनै (मोक्ष) निर्वाण प्राप्तिको पहिलो पाईला हो । यो अति महत्वपूर्ण अमुल्य शिक्षाको सबैले घरायसी अभिभारा सामाजिक दायित्व व्यस्तता आदि कारणले, बुद्ध शिक्षा हुबहु अनुसरण गर्न सक्दैनन् । जसले बुद्ध शिक्षालाई हुबहु अनुशरण गर्न सक्दैनन् तिनीहरुका लागि बुद्धको उत्कृष्ट शिष्य अर्हत बोधिसत्वहरुले प्राणी प्रत्येकको इन्द्रिय क्षमता अनुसार शील हुँदै ध्यान प्रज्ञामा निर्वाण प्राप्तिको अनेक उपायहरु सिकाउनु भएको छ । जसअनुसार माला जप्नु पनि एक उपाय हो । माला जपमा व्यस्त हुनाले शीलको नम्रता अन्तरगत अप्रिय बचन व्यर्थको…
Read More