भक्तपुरको सुर्यविनायकस्थित बौद्ध दर्शन केन्द्रको आयोजनामा वज्रकिलाय फुर्पा र एक दिन आमितायु छेछ्योग पूजा आयोजना गरिने भएको छ । पूजा माघ ६ र ७ गते गरिदैछ । उक्त कार्यक्रममा श्रद्धेय धर्मगुरू ग्याल्शे टुल्कु रिन्पोछेज्यूद्वारा छेवाङ आयुअभिषेक समेत प्रदान गरिदैछ । पूजामा खेन्पो फुर्व तामाङ र दोर्जे लोपोन थुब्तेन छ्योईडक तामाङ सहित लामा गुरुहरु र लोपोनहरु सहभागि हुँदै हुनुहुन्छ । पूजामा सहभागि भई पूण्यलाभ लिन धर्मावलम्वीहरुलाई आयोजक बौद्ध दर्शन केन्द्रले आग्रह गरेको छ । माघ ६ र ७ गते दुई दिन हुने पूजा विहान ७ बजेदेखि सुरु भई अपरान्ह ४ः३० बजे…
Read MoreCategory: Featured
गुम्बा बनाउने २ रोपनी जग्गा निःशूल्क प्रदान
खिजिदेम्बा गाउँपालिका वडा नं. ९ मा फाप्रे छेर्मादिङ खेच्यन छोकुर छोलिङ गुम्बा पुनः निर्माण गरिने भएको छ । वडा नं. ९ को माथिल्लो भेगमा रहेको यस गुम्बा स्थानीयलाई टाढा पर्ने भएकाले पायक पर्ने स्थानको मध्यनजर गर्दै पुतलेपानीमा पुनः निर्माण गर्न लागिएको हो । गुम्बा पुनः निर्माणका लागि स्थानीय जाङ्मु शेर्पाले २ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको वडा अध्यक्ष ङावाङफुरी शेर्पाले जानकारी दिए । स्थानीयहरुले धर्मकर्मका कार्यहरु गुम्बामा गर्ने भएकाले, निर्माण भैसकेको गुम्बा धेरै टाढा पर्ने र पानीको समस्या भएकाले साविकको पातले गाविस वडा नं. ३ मा सबैको पायक पर्ने ठाउँमा…
Read Moreताप्लेजुङमा चौथौ वज्रगुरु जप आयोजना हुँदै
फागुन १५, १६ र १७ गते ताप्लेजुङको सुकेटारमा चौथो वज्रगुरु जप कार्यक्रम आयोजना गरिने भएको छ । महायानी बौद्ध धर्मावलम्वीले विश्व शान्ति र सम्पुर्ण प्राणीको हितार्थ वज्र गुरु जप पूजा गर्ने परम्परा रहेको छ । वज्रगुरु जप कार्यक्रम मुल आयोजक समितिले कार्यक्रम सम्बन्धी छलफल र अन्तरक्रिया गर्न पुस ३० गते काठमाडौँको तीनचुलीमा कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा ताप्लेजुङ जन्मथलो भई काठमाडौंमा बसोबास गरिरहेका उपस्थित हुन आयोजकले आग्रह गरेको छ । वज्रगुरु जप कार्यक्रमको सहजीकरण संस्था वुमकुलुङ शेर्पा किदुक फाउण्डेसन रहेको छ ।
Read Moreध्यान र योग विशेष रेपा कार्यक्रमका लागि आवेदन खुल्ला
श्रद्धेय छोग्याल रिन्पोचेद्वारा संचालन हुदै आएको रेपा कार्यक्रमको तेश्रो भागको लागी आवेदन फारम खुला गरिएको छ । रेपा छोग्याल रिन्पोचेले विकास गर्नु भएको तीन वर्षीय आन्तरिक रुपान्तरण सम्बन्धी विशेष कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत करुणा र आध्यात्मिकतामार्फत् आफैलाई चिन्ने लक्ष्य रहेको छ । यस कार्यक्रममार्फत् छोग्याल रिन्पोचेले जीवनशैली, योग अभ्यास, दया, करुणा लगायतका अभ्यास गराउनु हुन्छ । रेपा अभ्यास अनलाइनका साथै व्यक्तिगत र आवासीय शिविरमार्फत पनि गराइदै आएको छ । पहिलो रेपा कार्यक्रम सन् २०२१ मा आयोजना हुँदा ५५ जना सहभागि भएका थिए । त्यस्तै सन् २०२२ मा भएको…
Read More१० औँ ज्ञानमाला सम्मेलनमा भिक्षु तपस्सि धम्म सम्मानित
काभ्रेको बनेपामा भएको १० औं नेपाल राष्ट्रिय ज्ञानमाला सम्मेलनको अवसरमा काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारका प्रमुख तथा चारुमती बुद्धिस्ट मिसन नेपालका संस्थापक अध्यक्ष श्रद्धेय भिक्षु तपस्सी धम्म महास्थविरलाई सम्मान गरिएको छ । भिक्षु धम्मलाई प्रबजित भएको ४० वर्ष पुरा भएको अवसरमा सम्मानित गरिएको हो । त्यस्तै भिक्षु धम्मले ९ औँ राष्ट्रिय ज्ञानमाला सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन गर्नु भएको योगदानका कारण पनि सम्मानित गरिएको हो । सम्मानित भिक्षु धम्मले दोस्रो जन आन्दोलनका जीवित सहिद मुकेश कायस्थको निवासमा पुगि सुख शान्ति निरोगी जीवनको कामनार्थ परित्राण पाठ गरि आशिर्वाद प्रदान गर्नु भयो ।…
Read Moreकोन्ज्योसोममा त्रिमूर्ति निर्माण अन्तिम चरणमा
आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको कोन्ज्योसोम गाँउपलिकामा निर्माणाधिन कोन्ज्योसोम त्रिमूर्तिका निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीयबासीको मनोभावना र पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यका साथ कोन्ज्योसोम त्रिमुर्ती निर्माण गरिएको हो । सातोदोबाटोबाट करिब ३० किलोमिटर दक्षिण लागेपछि यहाँ पुग्न सकिन्छ । फुल्चोकीबाट नजिकै पर्ने त्रिमूर्ति स्थानीय जनताको मनोभावनालाई ध्यानमा राख्दै गुरु रिन्पोचे, चेङ्ग्रेसी र गौतम बुद्धको मुर्ति निर्माण थालिएको हो । पर्यटन मन्त्रालय र स्थानीय सरकारको सहकार्यमा निर्माण भइरहेको त्रिमूर्तिका लागि मन्त्रालयले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत गरेर जम्मा चाढे चार करोड लगानीमा बनाइएको हो…
Read Moreनेपालबाट चोरिएको बुद्ध मूर्ति अमेरिकी फिल्म निर्माताको संग्रहमा
ललितपुर — बुङमतीको मच्छिन्द्र बहालमा रहेको एक पुरातात्त्विक बुद्ध प्रतिमा चोरी भएको झन्डै आधा शताब्दीपछि अमेरिकी एक जना प्रतिष्ठित फिल्म निर्माता माइकल फिलिप्सको निजी संकलनमा फेला परेको छ । छैटौं शताब्दीको सिर्जना मानिने ‘उभिएका बुद्ध’ २०२५ सालपछि मच्छिन्द्र बहालबाट चोरिएको बारे बुङमतीवासीले प्रहरी–प्रशासनमा जानकारी गराएका थिए । तर, यसबारेमा सोधखोज हुन सकेकै थिएन । हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’ ले पहिल्याएको तथ्यमा बुङमतीको यो सम्पदा अमेरिकी फिल्म निर्माता फिलिप्सको संकलनमा (सप्रमाण) पाइएको हो । सन् १९७३ मा प्रदर्शनमा आएर विभिन्न ७ विधामा ओस्कार पुरस्कार जित्न सफल फिल्म…
Read More१३ औं ञिङ्मा मोन्लाम सम्पन्न
काठमाडौँको बौद्धमा आयोजना गरिएको १३ औँ ञिङ्मा मोन्लाम (प्राणिधान पूजापाठ) शुक्रवार सम्पन्न भएको छ । पूजा पुस १७ गतेदेखि बौद्धस्थित शेर्पा सेवा केन्द्रमा सुरु भएको थियो । नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथ चैत्य परिसरमा यो मोन्लम कार्यक्रम आयोजना गर्दै आएको हो । तर बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गर्नेहरुलाई असहज हुने भएको हुँदा आठौँ मोन्लमदेखि शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा आयोजना गर्न थालिएको थियो । मोन्लाममा विभिन्न गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपेनहरूका साथै उपासक उपासिकाहरुको उल्लेखय सहभागिता थियो । मोन्लम पूजापाठमा…
Read Moreदलाई लामाको आरोप
बौद्ध धर्मगुरु दलाई लामाले चीनले बौद्ध धर्म समाप्त गर्ने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ । तर, चीन यसमा सफल नहुने उहाँको भनाइ छ । भारतको बिहारस्थित बोधगयाको कालचक्र मैदानमा आयोजित एक कार्यक्रममा गत शनिबार लामाले सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । सम्बोधनको क्रममा उहाँले चीनले बौद्ध धर्मलाई जहर मान्ने गरेको आरोप लगाउनु भयो । बौद्ध धर्म समाप्त पार्नका लागि विशेष अभियान चलाइरहेको पनि उहाँको आरोप छ । यस्तो अभियानका बाबजुद पनि बौद्ध धर्मावलम्बीहरूमा कमी नआएको उहाँले बताउनु भयो ।
Read Moreलुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको भ्रमण
लुम्बिनी विकास कोषले कपिलबस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचिन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो । उक्त अवसरमा विश्वसम्पदा सूूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एंव सगरहवालाई बौद्धकालिन पार्कका रुपमा विकास गर्न प्रस्तर राष्ट्रिय कार्यशालामा जुटन पदाधिकारीहरुले निर्देशन दिएका छन् । कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बौद्धकालिन सभ्यताका प्रशस्त अवशेषहरु कपिलबस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमश काम गर्दै अघि बढ्ने बताए । साथै तिलौराकोटलाई विश्व सम्पदा सूूचीमा सुचीकृत गर्ने तयारीका लागि…
Read More