लुम्बिनीमा बुद्ध जयन्ती र लुम्बिनी दिवसको तयारी पुरा

२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा भएको छ । बैशाख २२ गते अर्थात बुद्ध पूर्णिमाका दिन आयोजना हुने मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको छ । निर्धारित कार्यक्रम अनुसार २१ गते साँझ मायादेबी मन्दिरमा दिपप्रज्वलन सहित महापरित्राण हुनेछ भने बैशाख २२ गते बिहान ६ बजे पूर्णिमा पाठ पुजा, ७ बजे ५ नम्बर गेटबाट अन्तर्राष्ट्रिय सभाहलसम्म शोभायात्रा र सम्मेलन केन्द्रमा मूल समारोह हुने छ । बैशाख २२ गते नै पण्डितपुरबाट रामग्रामसम्म बुद्धको अस्थिधातु यात्रा समेत हुने छ । २१ गतेको दिपप्रज्वलन…

Read More

बुद्धका सन्देश किन महत्वपूर्ण ?

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण पनि गौतम बुद्धका सन्देशहरू महत्त्वपूर्ण हुँदै गएको बताएका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनलाई सम्मानित गर्ने विशेष कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू शान्ति स्थापनाका लागि अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएको बताए । ‘गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढ्दो छन्,’ उनले भने विश्वभर बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएका छन् ।’ नेपाल शान्ति…

Read More

बुद्ध पूर्णिमामा मेरिल्याण्डमा विशेष कार्यक्रम, नेपालबाट खेन्पो पेम छिरी सहभागि

आउँदै गरेको बुद्ध पूर्णिमाको अवसरमा देशविदेशमा विविध कार्यक्रम आयोजना हुँदैछ । अमेरिकाको मेरिल्याण्डमा पनि नेपाल एजुकेसन एण्ड कल्चरल सेन्टरले वैशाख २२ गते बुद्ध पूर्णिमामा २५६७ औँ बुद्ध जयन्ती विशेष कार्यक्रम गर्दैछ । जर्मन टाउनस्थित पशुपति बुद्ध मन्दिरमा हुने कार्यक्रममा नेपालबाट खेन्पो पेम छिरि शेर्पाले प्रवचन दिदै हुनुहुन्छ । कार्यक्रममा सहभागि हुन खेन्पो पेम छिरि शुक्रवार अमेरिका पुगिसक्नु भएको छ । कार्यक्रममा साँझ ६ देखि ८ बजेसम्म प्रार्थना धर्म प्रवचनको तालिका राखिएको छ । त्यस्तै ८ बजेदेखि ८ः३० सम्म प्रसाद वितरणको तालिका रहेको छ ।

Read More

बुद्ध पूर्णिमामा नेपाल बौद्ध संघको विशेष कार्यक्रम

वैशाख २२ गते बुद्ध पूर्णिमाको अवसरमा देशभरि नै विभिन्न कार्यक्रमरुको आयोजना हुँदैछ । २५६७ औँ बुद्ध पूर्णिमाको अवसरमा नेपाल बौद्ध संघले पनि विशेष कार्यक्रम आयोजना गर्दैछ । यसपटक बुद्ध पूर्णिमामा हुने कार्यक्रमलाई धार्मिकका साथै बौद्धिकरुपमा प्रस्तुत गरिने नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । काठमाडौँको स्वयम्भूस्थित किमडोलमा हुने कार्यक्रममा पञ्चशिल, चार आर्य सत्य, आर्य अष्टांगिक मार्गको बारेमा विभिन्न बौद्ध गुरुहरुले प्रवचन दिदै हुनुहुन्छ । कार्यक्रममा बुद्ध पूर्णिमाको महत्व र बुद्धको जीवनीमाथि विभिन्न कोणबाट विश्लेषण समेत हुँदैछ । कार्यक्रममा छोग्याल रिन्पोचे, पुण्य पराजुली, टीका शेर्पा, लोपेन नाम्गेल, आचार्य रिन्छेन…

Read More

बुद्धको नजरमा ‘अछुत’

एकपटक एक स्थानमा भगवान् बुद्धको धर्मसभा चलिरहेको थियो । बुद्ध ध्यानमग्न अवस्थामा बसेर चिन्तन गरिरहेका थिए । त्यति नै वेला उनको धर्मसभा भइरहेको स्थानको बाहिर उभिएका एक व्यक्ति आक्रोशपूर्वक निकै जोडले चिच्याइरहेका थिए । आज मलाई यस धर्मसभामा बस्ने अनुमति किन दिइएन ? यो कस्तो धर्मसभा हो ? शान्त सभामा उनको क्रोधमिश्रित चर्को बोलीले सभाभवन नै गुञ्जायमान भयो । तर, बुद्धले यसतर्फ कुनै चासो दिएनन् । उनी उसैगरी ध्यानमग्न नै रहे । ती आगन्तुकले पहिलेभन्दा पनि झनै चर्को स्वरमा आफ्नो प्रश्न दोहो¥याए । शिष्यहरूले सभामा शान्ति कायम राख्न ती आगन्तुकलाई भित्र आउने अनुमति दिन बुद्धसित अनुरोध गरे ।…

Read More

वैशाख १९ गते दोलखामा गुम्बा उद्घाटन हुँदै

दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं. २ स्थित यलुङ गाउँमा गुम्बा निर्माण भइरहेको गुम्बा वैशाख १९ गते उद्घाटन गरिने भएको छ । ङाग्युर यिसे ख्युङजोङलिङ गुम्बा उद्घाटनका लागि दक्षिण भारत नाम्ड्रोलिङ गुम्बाका श्रद्धेय धर्मगुरु खेन्छेन नाम्ड्रोल रिन्पोछेज्यु सहभागि हुने कार्यक्रम रहेको छ । गुम्बा उद्घाटन कार्यक्रमसँगै आयु अभिषेक (छे वाङ) पनि प्रदान गरिदैछ । कार्यक्रममा सहभागि भई अभिषेक (वाङ) ग्रहण गरि पुण्यालाभ प्राप्त गर्न सम्पुर्ण भक्तजनमा आग्रह गरिएको छ ।

Read More

नेपाल बौद्ध अम्बेडकर महासभाले ४० जना विद्यार्थी पढाउने

नेपाल बौद्ध अम्बेडकर महासभाले ४० जना विद्यार्थीलाई पढाउने भएको छ । महासभाले छनोट भएका ४० विद्यार्थीहरुलाई विभिन्न विहारमा राखेर पढाइनेछ । दया, माया, मैत्री, प्रेम, करुणाको पाठ प्रत्येक दिन सिकाइदै विभेदरहित बाताबरणमा अध्ययन गराइने महासभाले जनाएको छ । आफ्ना बालबच्चाहरुलाई उच्च शिक्षासम्म पठन पाठन गराउन चाहने अभिभावकहरुलाई सम्पर्क गर्न भनिएको छ । नेपाल बौद्व अम्बेडकर महासभाले बौद्ध बिहारमा राखेर पढाउने, शिक्षा दिने व्यवस्था मिलाएको छ । बालबच्चा बढाउन चाहनेहरुले वैशाख १५ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । शिक्षा दिइने बौद्ध विहारहरु राजकीय बुद्व बिहार : लुम्बिनी मुनि बिहार : भक्तपुर…

Read More

बुद्धजयन्तीमा लुम्बिनीमा वृक्षरोपण गरिने

बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ । विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिए। विकास कोष परिसरमा आँप, लिचि, अम्बा लगायतका विभिन्न जातका फलफूलका बिरुवा रोपिने विकास कोषले जनाएको छ । लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन् । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य…

Read More

बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी सुरु

बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ । बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ…

Read More

दुई दिने बौद्ध सम्मेलन सम्पन्न, नेपालबाट को को सहभागि ?

भारतमा दुई दिने विश्व बुद्धिस्ट सम्मेलन सम्पन्न भएको छ । भारतको संस्कृति मन्त्रालयको आयोजनामा भएको सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । भारतको पद्मश्री समेत पाएका अमेरिकी प्राध्यापक रोबर्ट थुरमेन, भियतनाम बुद्धिस्ट संघका उपप्रमुख थिक त्रि कुआङ लगायतले सम्मेलनमा सम्बोधन गरेका थिए । भारतलाई बुद्धिस्ट संस्कृति र पर्यटनको विश्व केन्द्र बनाउने उद्देश्यले सम्मेलन आयोजना भएको भारतको युनिभसिर्टटी ग्रान्ट कमिसनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा उल्लेख गरेको छ । ‘समकालिन चुनौतीहरूको सम्बोधनः सिद्धान्तबाट व्यवहारसम्म’ नारा दिइएको सम्मेलनमा चिनियाँ अधिकारीहरू भने अनुपस्थित भएका छन् । भारतको अशोका होटलमा बिहिबार र शुक्रबार…

Read More