आउँदै गरेको बुद्ध पूर्णिमाको अवसरमा देशविदेशमा विविध कार्यक्रम आयोजना हुँदैछ । अमेरिकाको मेरिल्याण्डमा पनि नेपाल एजुकेसन एण्ड कल्चरल सेन्टरले वैशाख २२ गते बुद्ध पूर्णिमामा २५६७ औँ बुद्ध जयन्ती विशेष कार्यक्रम गर्दैछ । जर्मन टाउनस्थित पशुपति बुद्ध मन्दिरमा हुने कार्यक्रममा नेपालबाट खेन्पो पेम छिरि शेर्पाले प्रवचन दिदै हुनुहुन्छ । कार्यक्रममा सहभागि हुन खेन्पो पेम छिरि शुक्रवार अमेरिका पुगिसक्नु भएको छ ।
कार्यक्रममा साँझ ६ देखि ८ बजेसम्म प्रार्थना धर्म प्रवचनको तालिका राखिएको छ । त्यस्तै ८ बजेदेखि ८ः३० सम्म प्रसाद वितरणको तालिका रहेको छ ।


