वैशाख २२ गते बुद्ध पूर्णिमाको अवसरमा देशभरि नै विभिन्न कार्यक्रमरुको आयोजना हुँदैछ । २५६७ औँ बुद्ध पूर्णिमाको अवसरमा नेपाल बौद्ध संघले पनि विशेष कार्यक्रम आयोजना गर्दैछ । यसपटक बुद्ध पूर्णिमामा हुने कार्यक्रमलाई धार्मिकका साथै बौद्धिकरुपमा प्रस्तुत गरिने नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए ।
काठमाडौँको स्वयम्भूस्थित किमडोलमा हुने कार्यक्रममा पञ्चशिल, चार आर्य सत्य, आर्य अष्टांगिक मार्गको बारेमा विभिन्न बौद्ध गुरुहरुले प्रवचन दिदै हुनुहुन्छ । कार्यक्रममा बुद्ध पूर्णिमाको महत्व र बुद्धको जीवनीमाथि विभिन्न कोणबाट विश्लेषण समेत हुँदैछ । कार्यक्रममा छोग्याल रिन्पोचे, पुण्य पराजुली, टीका शेर्पा, लोपेन नाम्गेल, आचार्य रिन्छेन लगायत सहभागि हुँदै हुनुहुन्छ । कार्यक्रम सम्पन्न भइसके पछि धार्मिक शान्ति र्याली गर्दै स्वयम्भूको परिक्रमा पनि गरिने कार्यक्रम संयोजक काइला लामाले बताए ।
विशेष ध्यान साधना पनि हुने
कार्यक्रमको मुख्य आकर्षणको रुपमा छोग्याल रिन्पोचे रहनु भएको छ । उहाँले कार्यक्रममा ध्यानको परिचय र महत्वको बारेमा उल्लेख गर्दै ध्यानको अभ्यास पनि गराउँदै हुनुहुन्छ । ध्यान अभ्यास कार्यक्रममा सहभागि हुनेहरुले करिब ३० मिनेटको ध्यान शिविरबाट ध्यानको महत्व र अभ्यास गर्ने तरिका सिक्ने छोग्याल रिन्पोचेले बताउनु भयो ।
कार्यक्रममा सहभागि हुन तल दिइएको लिंकमा गइ फारम भर्न सक्नु हुनेछ :
यहाँ क्लिक गर्नुस्

