विद्यार्थीलाई बुद्ध शिक्षा सम्बन्धी व्यवहारिक ज्ञान दिने उद्देश्यले गरिएको २ दिने समर क्याम्प सकिएको छ । युवा बौद्ध संघ नदीपुर, पोखराले गरेको उक्त क्याम्पमा विभिन्न विद्यालयका ३५ विद्यार्थी सहभागि थिए ।
विद्यालय तहदेखि नै बौद्ध शिक्षा दिदाँ उनीहरुमा सकरात्मक सोचको विकास हुनुका साथै शान्ति र करुणाको भावना समेत विकसित हुने आयोजकको भनाई छ ।

क्याम्पमा सहभागि भएका विद्यार्थीले बौद्ध शिक्षाको व्यवहारिक ज्ञान पाउँदा आफुहरु हर्षित बनेको प्रतिक्रिय दिएका छन् । २ दिने क्याम्पमा लिएको शिक्षाले बौद्ध शिक्षाको विषयमा थप जान्न हौसला मिलेको समेत उनीहरुले बताएका छन् ।

