बिभिन्न गोन्पा, माने, चैत्य आदिमा लेखिने भित्तेचित्र तथा थांकाहरुको संरक्षणका लागि हिमाली कला सम्मेलन २०२५ अर्थात हिमालयन आर्ट सिम्पोजियम आयोजना गरिने भएको छ । सोलुखुम्बुको सल्लेरीस्थित थेग्छेन पेमा छोलिङ गुम्बाको आयोजनामा हुने कला सममेलनलाई अमेरिकास्थित रुविन म्युजियम अफ हिमालयन आटर््सले पनि सहयोग गरेको छ । बौद्ध धर्मसँग सम्बन्धित परम्परागत भित्ते चित्र तथा थांकाहरुको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याउँदै आएका कलाकार (खापा)हरुको सम्मान र योगदानको कदर स्वरुप कला सम्मेलन गरिन लागिएको हो
हिमालय कला सम्मेलन आउँदो वैशाख २९ गतेदेखि एक सातासम्म हुनेछ । २५६९ औँ बुद्ध जयन्तीको अवसरमा शुरुवात गरिने यो सममेलनमा विभिन्न कलाकृतिको प्रदर्शनी, हिमाली कलामा बाल कथा प्रतियोगिता, अन्तरक्रिया लागयतका विभिन्न कार्यक्रमहरु हुने बताइएको छ ।
कसरी भाग लिने ?
वृहत हिमाली कला सम्मेलनमा सहभागि हुन आयोजकले देशव्यापीरुपमै अपिल गरेका छन् । यसमा भाग लिन चाहनेहरुले सम्मेलनको बारेमा विस्तृत जानकारी लिनका लागि ल्हाक्पा शेर्पा भिजेसँग सम्पर्क राख्न सक्नेछन् ।
ल्हाक्पा शेर्पा भिजेको सम्पर्क नंः ९८४१४०४५८८
बाल कला प्रतियोगितामा सहभागी हुन ईच्छुक भाई बहिनीहरुले बिद्यालय कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ भने सम्पुर्ण विद्यालयहरुमा गोन्पाबाट छुट्टै पत्राचार पनि गरिनेछ ।