नेपाल बौद्ध परियत्ति शिक्षाको २०७७ को परीक्षाको नतिजा सार्वजनिक

अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाको २०७७ को परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा चैत्र ७ गते देखि २०७८ बैशाख १० सम्म संचालित भएको थियो ।

केन्द्रहरूले आफनो केन्द्रहरूको लागि प्राप्त भएका पासवर्ड प्रयोग गरी वेभसाइटमा आफना केन्द्रका विद्यार्थीहरूको नतिजा हेर्न सक्नेछन् । नतिजा प्रकाशन गर्दा गल्ती नहोस् भनि सावधानी अपनाएको महासंघले जनाएको छ । महासंघले नाम, केन्द्र आदिमा गल्ती सच्याउनु परेमा सम्पर्क गर्न हुन पनि अनुरोध गरेको छ ।

परीक्षामा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागि थिए ।

परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुस्

http://www.nbps.org.np/login?ReturnUrl=%2fExamView%3ffbclid%3dIwAR3hoQFjZxwmtrnRV4wZ4tPPhgFottKcQLppf-EYxomn7gh77Uj6W25DcFw

Share

Related posts