प्रदेश ५ को बजेटमा बृहत्तर लुम्बिनी पर्यटन प्रवर्द्धन कार्यक्रम

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बढ्ने पर्यटकलाई दृष्टिगत गरी बुद्ध परिपथका स्थानलाई समेटी बृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न रू दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । प्रदेशका सबै जिल्लामा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न एक जिल्ला एक पर्यटन गन्तव्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

यस्तै प्रदेशका पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनका लागि सञ्चालित प्रादेशिक संग्रहालयका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । नेपाल सरकारबाट प्रदेश सरकारलाई प्राप्त हुने रकममा कमी आएको भएतापनि जनताको नजिकको सरकारलाई स्रोत साधन सम्पन्न बनाउन प्रदेश सरकारबाट स्थानीय तहहरूलाई उपलब्ध गराइने अनुदान रकममा चालु आर्थिक वर्ष २०७६।०७७ को भन्दा १७ प्रतिशतले वृद्धि गरी रू पाँच अर्ब १४ करोड पु¥याइएको जानकारी अर्थमन्त्री पोखरेलले दिनुभयो । उहाँले चालू आवको पहिलो चौमासिकको तुलनामा दोस्रो चौमासिक राम्रो हुँदै गएको बताउँदै पछिल्ला केही महिना भने कोभिड –१९ को महामारीका कारण आर्थिक गतिविधि ठप्प भएकाले आर्थिक वृद्धिमा असर पर्ने स्पष्ट गर्नुभयो ।

Share

Related posts