पूर्वमा बौद्ध धर्मको विकासमा डा. हर्क गुरुङको योगदान

विक्रम पच्युं
पाँचथर, रानीटार
तमु राज्य के होला ? शोथरको पतन पछि तमुहरु गोर्खाली सेनामा समावेस भएको र नेपाल एकीकरण अभियानमा आ–आफ्नो पुख्र्यौली थालथलो गण्डक छाडी लम्जुङ गोर्खा भन्दा पूर्वतर्पm लागेको र पूर्वको विभिन्न स्थानहरुमा पुगेको अनुमान गर्न सकिन्छ । साथै थातथलो टाढा भएको कारणले हुनसक्छ आफ्नो पैत्रिक धार्मिक संस्कारका धर्म गुरुहरुको अभावका कारण हिन्दु धर्म संस्कारमा तल्लीन हुन पुगेको हो । पूर्वका तमुहरुले हिन्दु धर्म र संस्कार मान्दै आएका थिए ।

घटना २०४३ साल जेष्ठ ३१ गतेको हो । पाँचथरको रानीटारमा घना बस्तिका माझ श्री भिम बहादुर लामा गुरुङ एक सोझो इमान्दार व्यक्ति थिए । उनको दैनिकी सर–सहयोग आलोपालो गरी चल्दथ्यो । अचानक ब्राम्हण पुरोहितहरुको दिमाग कता घुमेको हो ? यो भगवान बुद्धको आर्शिवाद पुर्बेली तमुहरुमा छाएको हो । काइलो पुरोहितका बुहारी श्रीमति द्रित माया अधिकारी केहि वर्ष अघि देखि विधुवा भई सुख दुःख आफ्नो छोराछोरीहरु पालन पोषण गर्दै थिए । २०४३ साल जेष्ठ ३० गते बेलुका ३१ गतेको राती मध्य रातमा कुनै तमुहरुलाई अत्तोपत्तो बिना भिम बहादुर लामा गुरुङलाई जिम्मा लगाई आज आइन्दा गाँउमा बस्न नपाउने भनी राती नै गाँउ निकाला गरी घरबाट बाटो लगाए । ३१ गते बिहान पुर्व प्रधान पञ्च श्री पदम बहादुर गुरुङ “कोन्मे” घुम्दै लामा गाँउ रानीटारमा पुगे ।

लेखकः विक्रम पच्यु

उक्त खवर सुन्ने वित्तिकै छानविन र मनन गरी गाँउ छोड्नु पर्ने अवस्था मनन गरी लामा गाँउ रानीटारमा घुम्दै आएका रानीटार ४ बरबोटे निवासी श्री कर विर गुरुङ (तोलाङ्गि कान्छा) लाई द्धोय श्री भिम बहादुर लामा गुरुङ र श्रीमति द्रिपमाया अधिकारी गुरुङलाई फर्काउन भनी पठाए । तोलाङ्गि कान्छा हावा तुफान बराबर दौडेर जाँदा इलाम जिल्लाको रक्सेमा भेट्न पुगे र दुवैलाई फर्काएर ल्याए रानीटारमा रानीटार मा.वि.को प्रांगणमा लगियो र ब्राम्हण पुरोहित हरुलाई बोलाई मध्य रातमा जिम्मा लगाउनु र समाजलाई सूचना नदिएकोमा अन्याय भएको भनी बहस र छलफल गर्दा ब्राम्हण पुरोहितहरु र तमुहरुविच झगडा हुँदा पंडित श्री देवीप्रसाद अधिकारी र पूर्व प्रधान पञ्च श्री पदम बहादुर गुरुङबीच हात छोडाछोड भयो ।

एक दिनको छलफल झगडा पस्चात तमुहरु र ब्राम्हणहरु छत्ताछुल्ल दाँया वाँया भए अन्त्यमा केही शिर्ष पुरोहित लगायत पंडित देवीप्रसाद अधिकारी रहेको ब्राम्हण पक्षबाट पुरोहितलाई हातपात गर्नु एक महापाप भएको कारण गुरुङहरुले माफि नमागे गुरुङहरुकोमा पूजापाठ बहिष्कार गर्ने बम्हणहरुको भनाईपछि तमु पक्षबाट पनि पूर्व प्रधान पञ्च श्री पदम बहादुर घोताने गुरुङ्ग (कोन्मे) र श्री डिक बहादुर गुरुङ रहेको र छलफल गर्दा पाँच कन्यादेवी स्थानको प्रांगणमा बसी आज आइन्दा हामीपनि ब्राम्हण पुरोहित लगाउँदैनै आज बाट हामी जर र साधु भयौ जस्ता बहस गरी छुटे र पुर्व प्रधान पञ्च पदम बहादुर गुरुङ तमुले रानीटारका केही अग्रज बुद्धिजीवीहरु श्री भद्र बहादुर तमु श्री लैन बहादुर तमु, श्री गोपाल तमु, केन्द्र प्रसाद तमु र राम प्रसाद तमुहरुसंग वसी भएको भेला र बैठक गरी आषाढ १३ गते सबै तमुहरु रानीटारमा भेला हुने भनी तमुहरु भेला भई सभा गरे । फलस्वरुप २०४३ साल आषाढ १३ गते धर्म–पत्रको निर्माण भयो उत्त धर्मपत्रमा आजको मिति पश्चात सम्पुर्ण तमुहरुले आफ्नै मौलिक धर्मसंस्कार अङ्गिकार गर्ने भनी ब्यहोरा बाचन श्री भद्र बहादुर तमु र श्री लैन बहादुर तमु हस्त लिखत श्री विश्व गुरुङ पंच्युं बाट गरियो साथै उत्त सभाबाट गुरुङको आफ्नै पुरोहित लिन जानको निमित्त पुर्व प्रधान पञ्च श्री पदम बहादुर तमु र श्री राम बहादुर तमु नियुक्त भए र आषाढ १५ गते लिनका निमित्त द्वय श्री पदम बहादुर तमु र श्री राम बहादुर तमु प्रस्थान गरे सञ्चार तथा यातायातको जटिलताका बाबजुद पनि गुरुङ पुरोहित लिन जानेहरु काठमाडौं पुगी पाँचथरको स्थानीय नेता तत्कालिन गृह तथा प्रशाासन मन्त्रि पद्म सुन्दर लावतीसंग घटनाका विवरण सुनाए उक्त घटनाको छानविन गरी मन्त्रि श्री पदम सुन्दर लावतीद्वारा तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रि श्री हर्क बहादुर गुरुङसंग भेटघाट गराउनुभयो र सो घटनाका विवरण मन्त्री गुरुङलाई सुनायो र पूर्वको यथार्थ कुराहरु बुझेपछि मन्त्री गुरुङको मनन, परामर्श अनुसार मन्त्रि गुरुङले बौद्ध लामा लानको निमिक्त दिएको सल्लाह साथै उहाँले पोखराको रामघाट स्थित अर्घौ सदन गुम्बालाई संवोधन गरी एक सिफारिस तयार गरी दिनुभयो सो सिफारिसलाई अनुमोदन गरि अर्घौ सदन रामघाट गुम्बाको तत्कालीन प्रमुख लामा श्री मुसाङ गुरुङ (लामिछाने) लामा र श्री टेक बहादर गुरुङ (पुइकी) लामा पुर्वमा धर्म प्चार प्रसार का लागी द्धोय पदम बहादर गुरुङ र श्री राम बहादुर गुरुङ सहित प्रथम पटक लामाहरु पूर्व प्रस्थान गर्नुभयो ।

२०४३ साल श्रावण ११ गते पाँचथर रानीटार तमुहरुका धर्म लामागुरुहरुले पाइला टेक्नु भयो । तत्कालिन पञ्चायती प्रजातन्त्रका मुलुकी एैन बमोजिम दल, संगठन खोल्न नपाउने साथै धर्म परिवर्तन गर्न नपाउने नियम वमोजिम धर्म परिवर्तन आरोपमा पाँचथर डि.एस.पि. कार्यलयमा ब्राम्हणहरुले तमुहरु विरुद्ध मुद्धा दायर गरेका थिए । सो तामेलिका लागि २ वर्षको नानी बोकेर श्री पदम बहादर गुरुङको वारेशमा श्रीमति टेकमाया गुरुङ, गोपाल गुरुङ, भद्र बहादुर गुरुङ केन्द्र प्रसाद गुरुङ र डिक बहादुर गुरुङहरुले डि.एस.पि. कार्यलय पाँचथर पुगी हाजिरी बहस गरी जसमा बुद्धिजीवी तथा नेता श्री दिपक प्रसाद बांस्कोटाले थप बहस गरिदिनु भयो र ब्राम्हणहरुलाई तपाईहरुको मुद्धा फिर्ता लिनु राम्रो हो गुरुङहरुले मान्दै आएको धर्म बौद्ध धर्म हो नभए पश्चिम गुरुङ समाजमा गएर बुझ्नुहोस भने पछि रानीटार का पुरोहित ब्राम्हणहरु पछि हटे र पुर्वको गुरुङ गाँउमा बुद्ध धर्मले छाएको तथ्य हो ।

बौद्ध धर्म परम्परा अनुसार प्रथम मृत्य संस्कार धर्म गुरु मुसाङ लामाद्वारा श्री नर ध्वज गुरुङ तलैचाको गरिएको थियो । र द्वोय धर्म गुरु २०४३ साल कार्तिकमा पुनः पोखरा फर्किनु भयो ।

धर्म प्रचार प्रसार पुन निरन्तरताका लागि फेरी धर्म गुरु लिनु जानुपर्ने भयो र २०४३ साल पौष मा धर्म गुरुहरु लिनको लागि अध्यक्ष श्री पदम बहादर गुरुङ सदस्य श्री श्याम कुमार गुरुङ श्री शिद्ध बहादुर गुरुङ अर्घौ सदन रामघाट पोखरा पग्नुभयो र उक्त संस्थाबाट रानीटारमा धर्म प्रचार प्रसारका लागी संस्थाका तत्कालीन अध्यक्ष संस्थाका प्रमुख लामा श्री उमर लामा श्री धन प्रसाद लामा श्री लाल बहादुर लामा पूनः २०४३ साल फाल्गुणमा पाँचथर रानीटार आई पुग्नु भयो र धर्म प्रचार प्रसारमा अघि बडे । साथै २०४३ साल चैत्रमा (गुरुङ टुल्कु) ङिमा ह्होसेर रिन्पोछेसँग रानीटारमा भेट भयो र २०४३ साल चैत्र शुक्ल दशमीको दिन रिन्पोछे सहित धर्मगुरुहरुले गोन्पाको नाम गुरुङ टुल्कुद्धारा गुरु पंद्यसंभव धर्म चैत्य नामकरण गरी शिलान्यास गर्नुभयो ।

गुरुङ टुल्कु लगायत उमर लामा धन बहादुर लामा, लाल बहादुर लामा गुरुङहरुले पाँचथर रानीटार तमु गाँउमा धेरै स्थानहरुमा पाठ पूजा तथा धर्म प्रचार प्रसार गर्न भयो र २०४४ साल बैसाखको मध्यतिर गुरुदेव गुरुङ टुल्कु बहाँको निवास तकवर दार्जिलिङ फर्किनुभयो ३ जना गुरुहरुले गुरुङ गाँउमा जिनसेक पूजा सकाई २०४४ जेष्ठ मा द्धोय श्री उमर लामा र श्री लाल बहादुर लामा पोखरा फर्किनु भयो भने लामा श्री धन प्रसाद लामा धार्मिक सहयोगको लागी २०४५ साल कार्तिक सम्म पाँचथर रानीटार ओर्गेन द्देछेन छोलिङ गोन्पामा रहेर धार्मिक सेवा गर्नुभयो र सहयोग गर्नुभयो साथै लामाहरु, नेता पद्म सुन्दर लावती र डा.हर्क गुरुङको सल्लाह सहयोगको लागी पूर्वको तमुहरुले सदैव सम्मान तथा स्मरण गर्दछ । पाँचथर रानीटारबाट सुरु भएको बौद्ध शिक्षा हाल शंखुवासभा सुनसरी, मोरङ, झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम र सिक्किम बंगालसम्म नै बौद्ध शिक्षा परम्परालाई हर्षउल्लास तथा गर्वको साथ अङ्गिकार गरेको छ ।
सर्व मङ्गलम

Share

Related posts

One Thought to “पूर्वमा बौद्ध धर्मको विकासमा डा. हर्क गुरुङको योगदान”

  1. रानिटारे ठुले

    हिन्दु ब्राहमणहरु नसुध्रिने बुझेर नै तिलौराकोटका राजा शुद्दोधन शाक्यका छोरा सिद्दार्थ शाक्यले आफ्नो गद्दी त्यागेर बौद्ध धर्मको प्रचार प्रसार गर्ने निधो गरे तर तिनै ब्राहमण भनौदाहरुले शाक्य (नेवार) जात हटाएर सिद्दार्थ नामको पछाडी गौतम (बाहुनको थर) थपी यिनी पनि हिन्दु (बाहुन) कै सन्तान हुन भन्ने भ्रम छर्न लागे फलत सफल पनि भए आज पनि सिद्दार्थ शाक्यालाई गौतम बुद्द वा सिद्दार्थ गौतम नै भनेर धेरैले गलत रुपमा चिन्ने मात्र होइन तिनै बाहुनका षडयन्त्र सफल हुदा आज शाक्य (नेवार) को छोरा (गौतम) बाहुन हुन पुगे ।