दशैमा बलि दिइएका हजारौँ पशुपक्षीहरुको आत्माको चीर शान्तिको कामना गर्दै प्रत्येक वर्ष अवलोकितेश्वरको मन्त्र अर्थात् मणि जप पूजा गरिदै आएको छ । सिन्धुपाल्चोक शेर्पा समाजले यो पूजा वर्षेनी गर्दै आएको छ । पूजाको निरन्तरता यो वर्ष पनि दिइएको छ ।

यस वर्ष काठमाडौँको जोरपाटी सुन्दरटोलस्थित कर्मा डुप्छेन छोलिङ रोयल ह्वाइट (सेतो गुम्बा)का प्रमुख गुरु कर्मा तन्पाई ग्याल्छेन रिन्पोछेको नेत्तृत्वमा मणि जप तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरियो । पूजाको आयोजना यही सोमबार र मंगलबार आयोजना गरिएको थियो ।

पूजामा सयौँको संख्यामा बौद्धमार्गी सहभागि भएका थिए । मणि जपमा बलि दिइएका हजारौ निर्दोष पशुपक्षीको आत्माको चीरशान्तिको कामना गर्नुका साथै गुरु कर्मा तन्पाई ग्याल्छेन रिम्पोछेले संक्षिप्त धार्मिक प्रवचन पनि दिनुभएको थियो ।

