बौद्धमार्गीका लागि विजयादशमी के हो ?

विजयादशमी बौद्ध धर्मावलम्बीका लागि पनि महत्वपुर्ण रहेको छ । यस दिनलाई बौद्ध धर्मावलम्बीले शस्त्र परित्याग दिवसको रुपमा मनाउने गरेका छन् । कलिंगको युद्धमा लाखौ सर्वसाधारणको हत्या गरेपछि विक्षिप्त बनेका सम्राट अशोकले विजयादशमीकै दिन आफ्नो तरबार दुई टुक्रा पारी फ्याकी दिएका थिए । अशोकले शस्त्रअस्त्र फ्याकी बौद्ध धर्मको अनुयायी भएको यो दिनलाई बौद्ध धर्ममा दोस्रो ऐतिहासिक धम्मचक्र परिवर्तन दिवसका रुपमा लिइन्छ ।

विजयादशमीको आश्विन शुक्ल पक्षको दशौ दिन नै अशोकले आफ्नो सम्पुर्ण क्लेशमाथि विजय हासिल गरेका थिए । हत्या हिंशाको मार्ग छोडी शान्तिको पथमा सम्राट अशोक लागेका कारण बौद्धमार्गीले यस दिनलाई अशोक विजयादशमी समेत भन्ने गर्छन् । बौद्ध धर्मगुरु अनागरिका धम्मपालको मतअनुसार सम्राट अशोकले ९६ करोड सुनको मुद्रा खर्च गरी ८४ हजार स्तुप, चैत्य र यति नै संख्यामा बौद्ध विहारहरु निर्माण गर्न लगाएर इशापूर्व २६५ मा विजयादशमीकै दिन एक भव्य धम्म महोत्सवको आयोजना गरी लोकसँग बौद्ध धम्मको पालनाको प्रतिज्ञा र धम्म सेवाका लागि दान दिएका थिए ।

Share

Related posts