काठमाडौं, १४ असोज । बौद्ध आध्यात्मिक सम्पदा, प्रकृतिसँगको सामञ्जस्य र आर्थिक समृद्धिलाई जोड्ने उद्देश्यसहित भुटानले गेलेफु माइन्डफुलनेस सिटीको विकास अघि बढाइरहेको छ। यसै योजनाको आध्यात्मिक पहल ‘प्रोजेक्ट १०८’ अन्तर्गत आगामी १ नोभेम्बर २०२६ मा १०८ वटा बोधि स्तूप एकसाथ सम्पन्न गर्ने तयारी भइरहेको छ। भुटानका राजा जिग्मे खेसर नामग्येल वाङ्चुकको परिकल्पनामा अघि बढाइएको गेलेफु माइन्डफुलनेस सिटी भारतको असम राज्यसँग सीमा जोडिएको दक्षिणी भुटानमा अवस्थित छ। आधिकारिक वेबसाइटअनुसार यसको क्षेत्रफल ४,०४६ वर्गकिलोमिटरभन्दा बढी छ, जुन भुटानको कुल भूभागको करिब १० प्रतिशत हो। फेब्रुअरी २०२४ मा राजकीय अधिकारपत्रमार्फत स्थापना गरिएको यस विशेष…
Read MoreAuthor: rinpoche
राहत कोषमा डोल्पो समाजको २० लाख सहयोग, दिगो पर्यटन विकासको प्रस्ताव पेस
काठमाडौं । डोल्पो समाजले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । सोही अवसरमा समाजले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माथिल्लो डोल्पाको दिगो पर्यटन विकाससम्बन्धी प्रस्तावसमेत पेस गरेको छ । समाजका अनुसार संस्थापक तथा प्रमुख सल्लाहकार न्यिमा रिन्पोछे र अध्यक्ष दावा डाडुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलमार्फत उक्त सहयोग हस्तान्तरण गरेको हो । समाजले राहत सहयोगमा साथ दिनुहुने शाक्य रिन्पोछेलगायत सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ । माथिल्लो डोल्पाका डोल्पो बुद्ध,…
Read Moreभोटेकोशी बाढीपीडितका लागि कपन गुम्बाद्वारा ३० लाख सहयोग
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल बौद्ध महायान केन्द्र, कपन गुम्बाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ। कपन गुम्बाका प्रतिनिधिहरूले उक्त रकमको सहयोग अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको गुम्बाले जनाएको छ। सहयोग हस्तान्तरणका क्रममा कपन गुम्बाले राहत सहयोगका लागि आवश्यक सहजीकरण तथा समन्वय गरेकोमा अर्थमन्त्रीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ। नेपाल बौद्ध महायान केन्द्रअन्तर्गतको कपन गुम्बाले बौद्ध अध्ययन, साधना तथा शिक्षाका साथै विभिन्न…
Read Moreबाढी पीडितलाई छोक्नी रिन्पोछेको ५० लाख रुपैयाँ सहयोग
काठमाडौं, — गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि चोभारस्थित छोक्नी गेछाक लिङ गुम्बाका प्रमुख श्रद्धेय छोक्नी रिन्पोछे तथा छोक्नी नन्स वेलफेयर फाउन्डेसनको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५०,००,००० (पचास लाख रुपैयाँ) सहयोग प्रदान गरिएको छ। बौद्ध दर्शन र बुद्धधर्मलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्दै नेपाल भूमिमा करुणा, सेवा र मानव कल्याणको उदाहरण प्रस्तुत गर्नुहुने श्रद्धेय छोक्नी रिन्पोछेज्यूलाई हार्दिक नमन तथा कृतज्ञता व्यक्त गरिएको छ । यस सहयोगले रसुवाका प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको…
Read Moreबाढीपहिरो प्रभावितका लागि छोग्याल रिन्पोछेद्वारा १० लाख सहयोग
काठमाडौँ, २ असोज २०८३। बीआईए फाउन्डेसन तथा रेपा नेपालका संस्थापक पुजनीय छोग्याल रिन्पोछेले बाढी–पहिरोपीडित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्नुभएको छ। रिन्पोछेले शुक्रबार काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राहत कोषका लागि उक्त रकम हस्तान्तरण गर्नुभएको हो। परराष्ट्रमन्त्रीसँगको भेटमा उहाँले रसुवा र नुवाकोटलगायत बाढी–पहिरो प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त बस्तीको पुनर्निर्माण र विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनामा पनि सहयोग गर्न आफू प्रतिबद्ध रहेको रिन्पोछेले बताउनुभएको छ। बीआईए फाउन्डेसन र रेपा…
Read Moreबौद्ध स्तूप परिसरमा विश्व शान्ति पूजा कार्यक्रम सम्पन्न
भोटेकोशीमा आएको बाढीका कारण केरुङ, रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न स्थानमा भएको विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मानव तथा प्राणीहरूको चित्तविज्ञान मुक्तिको कामना गर्दै आयोजित विश्व शान्ति पूजा कार्यक्रम बिहिवार सम्पन्न भएको छ । विपत्तिको २१औँ दिनको पुण्यतिथिको अवसर पारेर बौद्ध स्तूपा परिसरमा आयोजित कार्यक्रममा मोन्लाम पूजा, दीप प्रज्वलन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। प्राकृतिक विपत्तिबाट प्रभावित परिवार तथा समुदायको शान्ति, साहस र कल्याणको कामनासहित विश्वमा शान्ति र करुणाको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा परम पूजनीय ख्याब्जे श्याल्पा रिन्पोछे ज्यू प्रमुख गुरुका रूपमा सहभागी हुनुभएको…
Read Moreबाढीपीडितलाई योङ्गे मिग्युर रिन्पोछेद्वारा डेढ करोड रुपैयाँ सहयोग
काठमाडौँ, १ असोज— विश्वप्रसिद्ध बौद्ध ध्यानगुरु योङ्गे मिग्युर रिन्पोछेले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ। बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा रिन्पोछेले शिक्षामन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो। सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा बाढीले पुर्याएको ठूलो जनधनको क्षतिपछि प्रभावित परिवारको राहत र पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको रिन्पोछेले बताउनुभएको छ। रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र…
Read Moreलुम्बिनीमा दोस्रो वार्षिक बहुभाषिक बुद्धवचन वाचन तथा ४६औँ वार्षिक ध्यान शिविर हुने
लुम्बिनी— भगवान् शाक्यमुनि बुद्धको जन्मभूमि लुम्बिनीमा आगामी २०८३ कात्तिक १५ देखि २४ गतेसम्म दोस्रो वार्षिक बहुभाषिक बुद्धवचन वाचन तथा ४६औँ वार्षिक ध्यान शिविर आयोजना हुने भएको छ। बुद्ध शाक्यमुनि दिवसका रूपमा मनाइने पावन औँसीको अवसरमा उक्त कार्यक्रमको घोषणा गरिएको हो। ल्हाबाब दुछेनका दिन अर्थात् कात्तिक १५ गते (नोभेम्बर १ तारिख) देखि लुम्बिनीस्थित थुब्तेन शेडुब लिङ (Thousand Buddha Temple) गुम्बामा बुद्धवचन वाचन प्रारम्भ हुनेछ। कार्यक्रममा बौद्ध धर्मका विभिन्न परम्पराका भिक्षु, भिक्षुणी, उपासक तथा उपासिकाहरू एकत्रित भई भगवान् शाक्यमुनि बुद्धले प्रदान गर्नुभएका अमूल्य शिक्षाहरूको सामूहिक वाचन गर्नेछन्। एकता र सद्भावको भावनासहित बुद्धवचनलाई…
Read Moreबौद्ध विद्वानहरूद्वारा जीवन, मृत्यु र पुनर्जन्मबारे विभिन्न धारणा प्रस्तुत
काठमाडौँ । बौद्ध विद्वानहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा विभिन्न तर्क प्रस्तुत गरेका छन् । नेपाल समाज मिडिया प्रालिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बौद्ध विद्वानहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा विभिन्न तर्क प्रस्तुत गरेका हुन् । कार्यक्रममा विशेष अतिथि टुल्कु लाेसाङ नामग्याल रिन्पोछेले भगवान बुद्धले दिएको मार्ग भनेको ध्यान गरेर मनलाई शान्त र शुद्ध पार्ने माध्यम नै धर्म भएको बताए । उनले मानिसको मनलाई शान्ति बनाउनु नै धर्म भएको बताए । उनले अहिलेको जीवनलाई हेरेर मात्र काम गरेमा धर्म नहुने भन्दै आफूले पछिको जीवनलाई हेरेर…
Read Moreभेन्छेन फुन्छोक धार्ग्येलिङ गुम्बाको ‘दाम-ङाग-जो’ अभिषेक तथा आगम कार्यक्रम सन् २०२७ सम्म स्थगित
काठमाडौं। स्वयम्भूस्थित भेन्छेन फुन्छोक धार्ग्येलिङ गुम्बामा आयोजना हुने तय भएको ‘दाम-ङाग-जो’सम्बन्धी वाङ (अभिषेक) तथा लुङ (आगम) कार्यक्रम विभिन्न अप्रत्याशित परिस्थितिका कारण सन् २०२७ सम्मका लागि स्थगित भएको छ। यसअघि परमपूज्य क्याब्जे तेङ्गा रिन्पोक्षेसहित भेन्छेन गोन्पाका समस्त संघ तथा श्रद्धालु शिष्यहरूको अनुरोध स्वीकार गर्दै परमपूज्य क्याब्जे डुब्वाङ साङ्ग्ये न्येन्पा रिन्पोक्षेले उक्त अभिषेक तथा आगम प्रदान गर्ने कार्यक्रम तय भएको थियो। कार्यक्रम वि.सं. २०८३ भदौ २७ देखि कार्तिक ९ गतेसम्म अर्थात् सन् २०२६ सेप्टेम्बर १२ देखि अक्टोबर २६ सम्म सञ्चालन गर्ने तयारी थियो। गुम्बाले जारी गरेको पछिल्लो सूचनामा कार्यक्रम सन् २०२७ सम्मका…
Read More